आईसीसी बरियतामा नेपाल ११ औ स्थानमा उक्लियो

शनिबार, बैशाख २१, २०७६ | ११:३६:१४ am मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं । नेपाली क्रिकेट टोली आईसीसी विश्व बरियतामा पहिलो पटक ११औं स्थानमा उक्लिएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले लागु हुने गरी सार्वजनिक गरेको टी–२० विश्व बरियतामा तीन स्थान सुधार गरी नेपाल ११औं स्थानमा पुगेको हो ।

आईसीसीमा यसअघि नेपाल १४औं स्थानमा थियो । नेपालले अहिले २१२ नम्वर पाएको छ ।

प्रतिकृया