प्रतिपक्षले पनि यो सरकारलाई ‘मेरो सरकार’ भन्दा हुन्छ : प्रधानमन्त्री

मङ्लबार, बैशाख २४, २०७६ | ०४:५०:५८ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले वर्तमान सरकारलाई प्रतिपक्षलाई पनि मेरो सरकार भन्न सुझाव दिएका छन् ।

संघीय संसदमा मङ्गलबार नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले राष्ट्रपतिले मेरो सरकार भन्दा कसैले अल्मलिनु र आत्तिनुपर्ने अवस्था नरहेको भन्दै लोकतन्त्रलाई आशिंक रुपमा बुझ्ने गल्ती नगर्न आग्रह पनि गरे ।

प्रधानमन्त्रीले लोकतन्त्रप्रति नै गम्भिर प्रश्न उठेको भन्ने प्रश्नको जवाफ दिँदैँ भने, ‘लोकतन्त्रलाई राजनीतिक स्वतन्त्रताको अर्थमा मात्रै बुझ्ने गल्ती नगर्ने, लोक भनेको जनता र तन्त्र भनेको व्यवस्था शासन हो।

जनताको शासनले जनताका सम्पूर्ण पक्षहरु, जनताका आवश्यकता, अधिकार जनताले प्राप्त गर्नुपर्ने सुविधा, सहुलियत, अवसर, सुरक्षा र सम्मान, सामाजिक न्याय लगायत समुचित न्यायलाई समेटेर, भविष्यको निम्ति सबै मानवजाति र धर्तीको निम्ति लोकतन्त्रलाई पूर्ण प्रयोग गरेको छ ।’

प्रधानमन्त्री ओलीले रेल र पानी जहाजबारे उठेका प्रश्नहरुको पनि ठट्यौली शैलीमा जवाफ दिए ।

प्रतिकृया