डीभी चिट्ठाको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ नतिजा

बुधबार, बैशाख २५, २०७६ | १०:२०:४२ am मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं । अमेरिकी डाइभर्सिटी भिसा अर्थात् ईडीभी २०२० को नतिजा सार्वजनिक भएको छ । गएको असोज १७ गतेदेखि कात्तिक २० गतेसम्म ईडीभीका लागि आवेदन खुलाइएको थियो ।

ईडीभी को नतिजा नेपाली समय अनुसार मंगलबार बेलुका ९ बजेर ४५ मिनेटमा सार्वजनिक भएको थियो । नतिजा https://www.dvlottery.state.gov/  मा गएर हेर्न सकिन्छ । डीभी भर्दा दिइएको कन्फरमेसन नम्बरका आधारमा आफूलाई डिभी परेको वा नपरेको जानकारी लिन सकिन्छ ।

ईडीभी आवेदन भरेका अधिकांशले वेबसाइट खोलिरहेकाले अहिले भने खुल्न सकिरहेको छैन । ईडीभीका विजेताहरुले सन् २०१९ को अक्टोबर १ देखि अमेरिकाको भिसा प्राप्त गर्न सुरू गर्नेछन् ।

प्रतिकृया