सरकारको नीति तथा कार्यक्रमः शुक्रबारदेखि प्रि–बजेटमाथी छलफल हुने

बुधबार, बैशाख २५, २०७६ | १०:३४:४६ am मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं । सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम मंगलबार बहुमतले पारित भएसँगै आर्थिक वर्ष २०७६/०७७ को प्रि–बजेट माथि शुक्रबारदेखि संसद्‌मा छलफल सुरु हुने भएको छ ।

प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा सभामुख कृष्णबहादुर महराले २७ गतेदेखि पूर्वबजेट (प्रि–बजेट) का सिद्धान्त र प्राथमिकतामाथिको छलफल प्रारम्भ हुन जानकारी दिए। छलफल दलीय प्रतिनिधित्वका आधारमा छलफल हुनेछ । शुक्रबारको बैठक प्रारम्भ हुनुभन्दा एक घण्टा अगावै आ–आफ्ना दलका वक्ता प्रतिनिधिको नाम सचिवालयमा टिपाउनसमेत सभामुख महराले अनुरोध समेत गरेका छन् ।

हरेक वर्षको जेठ १५ गते सरकारले विनियोजन विधेयक संसद्‌मा प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ। त्यसको १५ दिन अगावै बजेटका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) सदनमा छलफल भइसक्नु पर्ने भएको व्यवस्था रहेकोले प्रि–बजेटमाथिको छलफलको समय निर्धारण गरिएको हो।

यसअघि पहिलो प्रि–बजेटमाथि छलफल गएर नीति तथा कार्यक्रम ल्याउने प्रचलन थियो । तर यो पटक सरकारले पहिला नीति तथा कार्यक्रम ल्याएर पछि प्रि–बजेटमाथि छलफल गराउन लागेको हो ।

प्रतिकृया