लोकसेवा आयोगले ११ हजार ४ सय ९२ पदमा विज्ञापन निकाल्ने

शुक्रबार, बैशाख २७, २०७६ | ११:५७:०३ am मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं । लोकसेवा आयोगले स्थानीय तहमा रिक्त रहेका विभिन्न पदमध्ये ११ हजार ४ सय ९२ पदमा विज्ञापन गर्ने निश्चित भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ती पदमा पदपूर्तिको आग्रह गर्दै लोकसेवा आयोगमा लिखित पत्र पठाएपछि आयोगलाई विज्ञापन गर्ने बाटो खुला भएको हो ।

लोकसेवा आयोगले विज्ञापन गर्दा स्थानीय तहकै लागि भन्दै विज्ञापन गर्नेछ र उत्तीर्ण भएका सबै स्थानीय तहकै कर्मचारीका रूपमा रूपान्तरण हुने आयोगले जनाएको छ ।

प्रतिकृया