रौतहटमा घर भत्किँदा ४ महिने बालकको मृत्यु, बुवा आमा घाइते

शुक्रबार, बैशाख २७, २०७६ | १२:००:३४ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

धनुषा । रौतहटमा घर भत्किँदा ४ महिने बालकको ज्यान गएको छ भने बालकको बुवा आमा घाइते भएका छन् ।

राजपुर नगरपालिका–८ बलुवागोठका रामलोचन रामको माटो र इँट्टाको गारोबाट बनेको १ तल्ले फुसको छानो भएको घर बिहीबार भत्किएको हो । घर भत्किँदा परिएर रामलोचनका ४ महिने छोरा सन्तलाल रामको ज्यान गएको छ ।

रामलोचन र उनकी श्रीमती मरछियादेवी घाइते भएको प्रहरीले जनाएको छ । बिहीबार राति झण्डै ११ बजेर २० मिनेटमा घर भत्किँदा पुरिएर घाइते भएका तीनैजनाको इलाका प्रहरी कार्यालय राजपुरले स्थानीयको सहयोगमा उद्दार गरी उपचारको लागि गौर अस्पताल पठाएको थियो ।

उपचारको क्रममा ४ महिने बालकको ज्यान गएको र बालकको बुवाआमाको उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रतिकृया