२३ वर्षीया अनुष्काले जितिन् मिस नेपालको उपाधि

शुक्रबार, बैशाख २७, २०७६ | १२:०५:३६ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं । यस वर्षकी मिस नेपालको उपाधि अनुष्का श्रेष्ठले जितेकी छिन् । उनलाई गत वर्षकी विजेता शृंखला खतिवडाले आफ्नो ताज निकालेर लगाइदिएकी थिइन् ।

20190509232501_382944

अनुष्काले मिस नेपाल वर्ल्ड मिस फासिनो टाइटल समेत जितिन् । २३ वर्षीया अनुष्काले अष्ट्रेलियन क्याथोलिक युनिभर्सिटीबाट स्नातक गरेकी छिन् ।

Miss_Nepal_3

 

कीर्तिपुरको ल्यावोरेटोरी स्कुलको प्रांगणमा आयोजित कार्यक्रममा प्रदिप्ता अधिकारी मिस नेपाल युनिभर्स, रिया बस्नेत मिस नेपाल अर्थ, मिरा कक्षपति मिस नेपाल इन्टरनेसनल र रोज लामा मिस नेपाल सुप्रानेसनल बनिन् ।

प्रतिकृया