चीनबाट नेपालमा रेल आउने कुरा अब सपनाको विषय रहेनः प्रचण्ड

सोमवार, बैशाख ३०, २०७६ | ०३:१६:११ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले केही वर्षभित्र चीनको ल्हासाबाट काठमाडौंमा रेल आउने दावी गरेका छन् ।

अध्यक्ष दाहालले चीनबाट नेपालमा रेल आउने कुरा अब सपनाको विषय नरहेको पनि स्पष्ट पारे । विभूति सीता जन्मजयन्तिको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले तपाईरहामी जीवित रहँदारहँदै काठमाडौंमा रेल ल्याउने कामको सुरुवात भईसकेको उल्लेख गर्दै त्यसलाई लुम्बिनीसम्म लैजाने योजना तय गरिएको पनि बताए । अध्यक्ष दाहालले लुम्बिनी–पशुपति–जनकपुरलाई जोड्ने एउटा सर्किट देशभित्रै बन्न जरुरी रहेको पनि बताए ।

‘दुवै देशका नागरिकको आर्थिक जीवनमा गुणात्मक ढंगले समृद्धि ल्याउने गरी दुवै देशका शक्तिपीठहरुलाई जोडेर एउटै शक्ति पीठ सर्किट बनाउने योजनाका साथ दुवै देशका विद्धानहरुलाई सम्भाव्यता अध्ययन गर्ने कामको जिम्मेवारी दिइएको छ,’ अध्यक्ष दाहालले भने,‘यसलाई सम्भव बनाउन सके नेपालको धार्मिक पर्यटन क्षेत्रको विकासमा एउटा क्रान्ति नै आउने र दुवै देशका जनताको आर्थिक जीवनमा गुणात्मक ढंगले समृद्धि छाउनेछ ।’

प्रतिकृया