१०० वर्ष लागे सत्यमोहन, ललितपुर महानगरपालिकामा सार्वजनिक बिदा

सोमवार, बैशाख ३०, २०७६ | ०३:२४:०४ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशी सोमबारदेखि ९९ वर्ष पूरा भएर १०० लागेका छन् । उनको सम्मानमा सोमबार ललितपुर उपमहानगरपालिकाले रथारोहण गरेको छ। satya_mohan_joshi_100_8_cnwpRE1ibO

ललितपुरको मंगलबजारबाट पाटन, जावलाखेल हुँदै उनलाई बग्गीमा राखेर काठमाडौं महानगरपालिकामा राखेर विशेष सम्मान गरिएको थियो । उनको सम्मानमा आजै ललितपुर महानगरपालिका र गोदावरी नगरपालिकाले सार्वजनिक बिदा समेत दिएको छ ।

यसैबीच राष्ट्रपति विद्या भण्डारीले संस्कृतिविद् सत्यमोहन जोशीको दीर्घायू र सुश्वास्थ्यको कामना गरेकी छिन् । राष्ट्रपति भण्डारीले संस्कृतिविद् जोशी सय वर्ष प्रवेश गरेको अवसर पारेर सोमबार उनकै निवास पाटनमा पठएको शुभकामना सन्देशमा नेपाली साहित्य र सांस्कृतिक भण्डारलाई समृद्ध बनाउन पु¥याएको योगदानको पनि उच्च प्रशंशा गरिएको छ ।

प्रतिकृया