राजिव जैनले जिते १ करोड

सोमवार, बैशाख ३०, २०७६ | ०३:२९:११ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं । ‘को बन्छ करोडपति’ टेलिभिजन शो मा राजिव जैनले १ करोड रुपैयाँ जितेका छन् । आइतबार शोमा उनले १ करोड रुपैयाँ जितेका हुन् ।

को बन्छ करोडपतिमा १ करोड जित्ने उनी पहिलो सहभागि समेत भएका छन् ।

२००७ साल प्रजातान्त्रिकपछिको पहिलो ऐतिहासिक चुनाव कहिले घोषणा गरिएको थियो भन्ने प्रश्नको सही उत्तर २०१४ माघ १९ गते दिएर उनले १ करोड जितेका हुन्।

जैनलाई १ करोडको चेक कार्यक्रम प्रस्तोता राजेश हमालले प्रदान गरे। शो कार्यक्रम एपी वान एचडि टेलिभिजनमा प्रशारण हुदैँ आएको छ।

प्रतिकृया