हावाहुरी पीडितका लागि प्रदेश १ ले दियो एक करोड

सोमवार, बैशाख ३०, २०७६ | ०३:३२:३९ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

धनुषा । बारा र पर्साको हावाहुरी पीडितका लागि प्रदेश १ सरकारले घोषणा गरेको एक करोड सहयोगको चेक सोमबार हस्तान्तरण गरेको छ ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मुख्यमन्त्री लालबाबु राउतलाई चेक हस्तान्तरण गरे । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सोमबार आयोजना गरेको कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री राईले हावाहुरीले निम्त्याएको विपदमा सानो सहयोग गरेको बताए । उनले विपतका समयमा हामी सबै एकजुट रहेको सन्देश दिन खोजेको मुख्यमन्त्री राइको भनाइ छ ।

चेक ग्रहण गर्दै प्रदेश २ का मुख्यमन्त्री राउतले प्रदेश १ को सहयोग प्रति आभार प्रकट गर्दै देश संघीय संरचनामा गएपछि प्रदेश-प्रदेश बीचको सहकार्य र सम्बन्धमा मजबुत बनाउने आधार प्रारम्भ गरेको बताए । चैत्र १७ गते बारा पर्सामा भएको भीषण हावाहुरीमा २९ जनाको ज्यान गएको थियो भने सयौं मान्छे घाइते भएका थिए । यस्तै करोडौँ रुपैयाँ बराबर धनमालको क्षति भएको थियो ।

प्रतिकृया