सगरमाथाको चुचुरोमा पुगे ८ नेपाली

मङ्लबार, बैशाख ३१, २०७६ | ०४:४६:०५ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं । सगरमाथाको चुचुरोमा आठ जना नेपालीको टोली पुगेको छ।

दोलखाका सिद्धिबहादुर तामाङ नेतृत्वको नेपाली टोली मंगलबार दिउँसो १ बजेर ४५ मिनेटमा चुचुरोमा पुगेको हो। पर्यटन विभागले सगरमाथा आरोहीका लागि बाटो बनाउँदै गएको तामाङ नेतृत्वको टोली चुचुरोमा पुगेको पुष्टि गरेको छ।

सगरमाथाको चुचुरोमा पुग्नेमा तामाङसहित संखुवासभाका पसदावा शेर्पा, सोलुखुम्बुका दोर्जी ग्याल्जेन शेर्पा, सोलुखुम्बुकै पासाङ दावा शेर्पा, संखुवासभाका दावा नुर्वु शेर्पा, मिङ दोर्जे शेर्पा, आङफुर्वा शेर्पा र साङ्बु भोटे लामा रहेको पर्यटन विभागले जनाएको छ।

प्रतिकृया