मिडिया काउन्सिलसम्बधी विधेयकको काँग्रेसद्वारा विरोध

मङ्लबार, बैशाख ३१, २०७६ | ०४:४७:५६ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने मनसायका साथ सरकारले मिडिया काउन्सिल सम्बधी विधेयक ल्याएको भन्दै गम्भीर आपत्ति जनाएको छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले सिद्धान्तमा मौलिक अधिकार प्रत्याभुति गर्छु भन्ने सरकारले विधेयक ल्याउदा मौलिक अधिकारलाई नै कुण्ठित गर्ने खालको ल्याएको बताएका हुन् । मौलिक हक प्रत्याभूतिका लागि बनेका कानुनको स्मरण गराउदै उनले सरकार संविधानमा उल्लेखित व्यवस्था विपरित सरकारले मिडिया काउन्सिल विधेयक ल्याएको टिप्पणी गरे ।

संविधानको धारा १७ को १ क मा विचार, अभिव्यक्ति तथा प्रेस स्वतन्त्रता र संचारको हक पनि राखिएको उल्लेख गर्दै उनले सरकार त्यसविरुद्ध गएको आरोप लगाए । मानवअधिकारको स्वायत्तता र स्वतन्त्रता खण्डित गर्ने खालको मानवअधिकार विधेयकलाई पनि फिर्ता लैजान उनले माग गरे ।

उनले बजेट बनाउँदा संविधानले गरेको व्यवस्थालाई कार्यान्वयनमा लैजाने गरि ल्याउन पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए । नेकपाका सांसद अग्निप्रसाद सापकोटाले सैद्धान्तिक र दिशानिर्देश गर्ने किसिमको वस्तुवादी ढंगले प्राथमिकता र सिद्धान्त निर्धारण भएको भन्दै समर्थन गरे । उनले सम्मृद्धिको बाधक नै भ्रष्टाचार भएको भन्दै भ्रष्टाचार नियन्त्रणका लागि राज्यसंयन्त्रमा आमुल परिर्वतन गर्नुपर्ने आवश्यकता औल्याए ।

प्रतिकृया