घरको छाना खस्दा ३ जनाको मृत्यु

मङ्लबार, बैशाख ३१, २०७६ | ०४:५५:११ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

एजेन्सी । राजस्थान राज्यको जोधपुर जिल्लाको प्रिथभिपुरा क्षेत्रमा निर्माणाधीन एक भवनको छाना खस्दा सोमबार कम्तीमा तीन व्यक्तिको मृत्यु हुनको साथै एकजना घाइते भएका छन् ।

स्थानीय समयाअनुसार सोमबार राति ११ बजे उक्त घरको छाना खसेको थियो । सो घरभित्र चार व्यक्ति बसिरहेका थिए । उनीहरुलाई खसेको छानाले थिचेको थियो ।

सो घटनामा घाइते भएका व्यक्तिहरुलाई तत्काल अस्पताल लगिएको प्रहरीले बताएको छ । घाइतेमध्ये तीन जनाको तत्काल मृत्यु भएको र एकको अस्पतालमा उपचार भइरहेको जोधपुर जिल्ला प्रमुख प्रकाश राजपुरोहितले एएनआइलाई बताएका छन् ।

प्रतिकृया