विकासको नयाँ मोडल अघि नबढाए मुलुक संकटमा फस्ने प्रचण्डको चेतावनी

मङ्लबार, बैशाख ३१, २०७६ | ०४:५९:०६ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विकासका नयाँ मोडलको खोजी गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।

अध्यक्ष दाहालले संघीय लोकतान्त्रिक गणतन्त्र अनुकूलको विकासको नयाँ मोडल अघि नबढाए मुलुक संकटमा फस्ने चेतावनी दिए । मंगलबार ललितपुरमा सुरु भएको ‘अन्तराष्ट्रिय प्राङगारिक कृषि सम्मेलन’लाई सम्बोधन गर्दै उनले संविधानको मर्म र भावना अनुकूल विकासको नयाँ मोडल खोजी गर्न सम्बन्धित सबै पक्षलाई आह्वान गरे ।

नयाँ राजनीतिक प्रणालीलाई स्थापित गराउने गरी हाम्रा कार्यशैलीहरुमा परिवर्तन नभए त्यो प्रत्यूत्पादक हुने अध्यक्ष दाहालको भनाई छ ।

अध्यक्ष दाहालले सम्मेलनले मानव स्वास्थ्यलाई प्रतिकूल हुने कुनै पनि खालको कृषि उत्पादनलाई निष्तेज पारेर अर्गानिक कृषिबाली उत्पादनमा जोड दिन ठोस योजना तय गर्ने विश्वास पनि व्यक्त गरे ।

२ दिनसम्म चल्ने सो सम्मेलनमा भारत, भुटान, क्युवालगायतका मुलुकहरु सहभागी भएका छन ।

प्रतिकृया