पाकिस्तानविरुद्धको तेस्रो एकदिवसीय खेलमा इंग्ल्याण्ड ६ विकेटले विजयी

बुधबार, जेष्ठ १, २०७६ | ०८:२४:४७ am मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं । पाकिस्तानविरुद्धको तेस्रो एकदिवसीय खेलमा इंग्ल्याण्डले ६ विकेटको शानदार जित निकालेको छ । जितसँगै इंग्ल्याण्डले ५ खेलको सिरीजमा दुई शुन्यको अग्रता बनाएको छ ।

पहिले ब्याटिङ गरेको पाकिस्तानले ५० ओभरमा नौ विकेट गुमाउँदै तीन सय ५८ रन बनाएको थियो । उसका लागि इमाम उल हकले एक सय ५१ रनको पारी खेल्दा आसिफ अलीले ५२ रन बनाए ।

बलिङमा इंग्ल्याण्डमा वक्सले चार विकेट लिए । जवाफमा जोनी बेस्ट्रोको विस्फोटक एक सय २८ रनको पारीमा इंग्ल्याण्डले ४४ ओभर ५ बलमा चार विकेट गुमाउदै लक्ष्य पुरा गर्यो ।

उसका उसका लागि बेस्ट्रो बाहेक जेसोन रोयले ७६ तथा मोलयन अलीले अविजित ४६ रन बनाए । पहिलो खेल वर्षाले विथोलिएको थियो भने दोस्रो खेलमा इंग्ल्याण्ड विजयी भएको थियो ।

प्रतिकृया