पुर्वी र मध्य भु-भागमा मेघगर्जनसहित वर्षा हुने

बुधबार, जेष्ठ १, २०७६ | ०८:२८:२७ am मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं । तीन दिनदेखि निरन्तर भईरहेको मौषम परिवर्तन र मेघ गर्जन सहितको वर्षा आज पनि हुने भएको छ।

आज देशको पुर्वी र मध्य भु–भागका थोरै स्थानहरुमा र पश्चिमी पहाडी भु–भागका केही स्थानमा आंशिकदेखि सामान्य बदली रहि मेघ गर्जन सहितको वर्षा हुने तथा बाँकी भु–भागमा मौसम सफा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

पूर्वानुमान महाशाखाका अनुसार रातिको समयमा देशका पहाडी भु–भागमा आंशिकदेखि सामान्य बदलिली रही बांकी भु–भागमा मौसम सफा हुने देखिन्छ ।

प्रतिकृया