भारतमा अन्तिम चरणको मतदान जारी, प्रधानमन्त्री मोदीको भाग्य कस्तो छ ?

आइतवार, जेष्ठ ५, २०७६ | ०९:४०:०० am मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

बीबीसी । भारतको लोकसभा निर्वाचनको सातौं तथा अन्तिम चरणको मतदान सुरु भएको छ । अन्तिम चरणको मतदानमा उत्तर प्रदेश, विहार, पश्चिम बंगालसहित सात राज्य र एक केन्द्र शासित राज्यका ५९ सिटकालागि मदातान जारी छ ।

अन्तिम चरणको निर्वाचनमा उत्तर प्रदेश र पंजाबका १३ सिटमा, बिहार र मध्य प्रदेशका ८्८ सिटमा, पश्चिम बंगालको ना, हिमाचल प्रदेशको आठ, झारखण्डको तीन र केन्द्र शासित राज्य चण्डीगढको एक सिटका लागि मतदान भइरहेको छ । अन्तिम चरणको निर्वाचनको प्रचार निकै नाटकीय रह्यो। कोलकातामा बिजेपी अध्यक्ष अमित शाहको रोड शोका क्रममा भएको हिंसापछि निर्वाचन आयोगले अनुच्छेद ३२४ को प्रयोग गर्नुपर्यो। र पश्चिम बंगालका नौ सिटमा १६ मे राति दश बजेसम्म अर्थात १९ घण्टा पहिला नै चुनाव प्रचारमा रोक लगाइयो।

अन्तिम चरणमा करिव १० करोड भन्दा धेरै मतदाताले ९०९ उम्मेद्वारको भाग्यको फैसला गर्दैछन्। अन्तिम चरणको निर्वाचनमा सबैभन्दा भिआईपी सिटका रुपमा चर्चित वारणसीबाट प्रधानमन्त्री नरेन्द्र मोदी बिजेपीका उम्मेद्वार बनेका छन्। मोदीसँग समाजवादी दलकी उम्मेद्वार शालिनी यादव र कांग्रेसका अजय राय प्रतिश्पर्धा गर्दैछन्। उत्तर प्रदेशको गाजीपुर लोकसभा सिटबाट केन्द्रीय मन्त्री मनोज सिन्हा चुनावी मैदानमा छन् भने उनीसँग महागठबन्धनका उम्मेद्वार अफजाल अन्सारीले प्रतिश्पर्धा गरिरहेका छन्।

गोरखपुरबाट बिजेपी उम्मेद्वार रवि किशन शुक्ला चुनावी मैदानमा छन् भने उनलाई गठबन्धनका उम्मेद्वार रामभुआल निषाद र कांग्रेसका मधुसूदन तिवारीले टक्कर दिएका छन्। बिहारको पटना साहिब सिटमा बिजेपीबाट केन्द्रीय मन्त्री रविशंकर प्रसादलाई कांग्रेस उम्मेद्वार शत्रुध्न सिन्हाले चुनौती दिएका छन्। उता कांग्रेसका वरिष्ठ नेता एवं पूर्व लोकसभा अध्यक्ष मीरा कुमार बिहारको सासारामबाट कांग्रेस उम्मेद्वार छन्।

पंजाबमा केन्द्रीय मन्त्री हरदीप सिंह पुरी अमृतसरबाट चुनावी मैदानमा उत्रिएका छन्। गुरदासपुर निर्वाचन क्षेत्रबाट अभिनेता सनी देओल र चण्डिगढीबाट बिजेपी उम्मेद्वार किरण खेर चुनावी मैदानमा छन्। झारखडको मुख्य निर्वाचन क्षेत्र दुमका सिटमा झारखण्ड मोर्चाका अध्यक्ष शिबू सोरेन चुनावी मैदानमा उत्रिएका छन्।

प्रतिकृया