वैवाहिक जीवन सफल भएन् ? अपनाउनुस् यी तरिका, जीवनभरी खुसी भइन्छ !

आइतवार, जेष्ठ ५, २०७६ | ०९:५४:०७ am मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

एजेन्सी । कोही वर्षौंसम्म साथीको सम्बन्धमा रहेर त कोही एकदम अपरिचित अनुहारसँग, जब सम्बन्धको अटुट बन्धनमा बाँधिन्छन् तब उनीहरुको संसार पहिलेको भन्दा निकै परिवर्तन हुनेगर्छ । थुप्रै कुरा पछि छुट्छन् त थुप्रै नयाँ गाँसिन्छन् ।

एक–अर्काप्रति जिम्मेवारी र इमान्दारीता वैवाहिक सम्बन्धको सबैभन्दा महत्वपूर्ण शर्त हुन् । यो पवित्र सम्बन्धमा बाँधिनका लागि उमेरसँगै आपसी समझदारी पनि अत्यावश्यक छ । साथै, एक–अर्काको कुरा सुन्ने र बुझ्ने पनि गर्नुपर्छ । त्यसकारण आफ्ना आवश्यकता र त्यसको महत्वलाई बुझ्नुहोस् र एक खुसी वैवाहिक जीवन बाँच्नुहोस् । हामीले देख्ने गर्छौं कि विवाहित जोडी विभिन्न कुराका लागि सम्झौता गर्दैनन् तर तपाईंले बुझ्नुपर्छ कि सम्बन्धमा स–साना कुरामा सम्झौता गर्नु कमजोरीको निशानी होइन । यसले तपाईं आफ्नो सम्बन्धलाई निकै महत्व दिनुहुन्छ भनेर दर्साउँछ । यो सम्बन्धलाई धेरै मिठो र धेरै नुनिलो नबनाउनुहोस्, थोरै अमिलो र थोरै गुलियो बनाउनुहोस् ।

scUgkipemb

केही भन्नुहोस्, केही सुन्नुहोस्ः
एक सफल वैवाहिक जीवनका लागि मानिसहरुले विभिन्न सल्लाह दिन्छन् । नदिउन् पनि कसरी, विवाह एउटा यस्तो सम्बन्ध हो जसले दुई व्यक्ति र दुई परिवारलाई एक–आपसमा जोड्ने काम गर्छ । विवाहबारे हामी धेरैजसो ती पुराना पारम्परिक धारणाबारे सोच्ने गर्छौं जुन साथीहरु र आफन्तमार्फत एक पीढिबाट अर्को पीढिमा सुम्पिइन्छ । समयमा विवाह गर्नु, समयमै बच्चा जन्माउनु । यी सबै कुरामा थुप्रै पटक तपाईंको आफ्नो सपना गुमिरहेको हुन्छ । ४० वर्षे रेनू जैन भनिन्छन्, ‘रोमान्टिक सम्बन्धमा आउनुअघि म र मेरा श्रीमान् २० वर्षसम्म राम्रा साथी थियौं ।’

मनोवैज्ञानिक डा. प्राजक्ता भन्छिन्, ‘दोस्ती जब प्रेममा परिणत हुन्छ तब केही समस्या निम्तिन सक्छ । जब तपाईं साथी हुनुहुन्छ, सँगै समय बिताउनुहुन्छ भने एक–अर्कालाई राम्रो तरिकाले बुझ्नुहुन्छ । अर्कोतर्फ विवाह गरेपछि आ–आफ्नो विचार, उद्देश्य, पैसा र कामलगायतका विभिन्न कुरामा समान विचार राख्नुपर्छ । स–साना कुरालाई आफ्नो इच्छा वा इच्छा बेगर गर्दा कुनै नियममा बाँधिनु पनि सम्बन्धमा तनावको कारण हुनसक्छ ।’

मनोचिकित्सक र थेरापिस्ट डाक्टर सुरेश देशमुख भन्छन्, ‘प्रसन्नता, दुःख, रिस, ईष्र्या र अपराधबोध सामान्य मनोभाव हो । आफ्नो पार्टनरलाई यस्ता भाव नदेखाउनु लामो सम्बन्धको लागि राम्रो होइन । बहस आवश्यक छ, झगडा हुनु पनि ठिक हो तर त्यतिबेला जब तपाईं जित्नका लागि नभई ‘कमन ग्राउन्ड’ मा पुग्नका लागि झगडा गरिरहनुभएको छ । आफ्नो पार्टनरलाई आफ्नो रिस देखाउनुहोस्, तर आफ्नो मनोभावलाई प्रकट गर्ने सही तरिका पनि सिक्नुहोस् ।

प्रतिकृया