चोरलाई पक्रन प्रहरीले चलायो टोखामा गोली चल्यो

सोमवार, जेष्ठ ६, २०७६ | ११:५३:३७ am मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं । काठमाण्डौको टोखामा प्रहरीले गोली हानेर एक जनालाई नियन्त्रणमा लिएको छ ।

डाँकाजनी र चोरी काण्डमा संलग्न प्रहरीको खोजी सूचीमा रहेका सिन्धुपाल्चोक मेलम्ची घर भएका काले भन्ने ३३ वर्षीय विष्णु तामाङलाई प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको हो ।

तामाङको योजनामा पछिल्लो समय ७ वटा ठूला चोरी काण्ड भएको र उनी टोखामा रहेको जानकारी पाएपछि नियन्त्रण गर्न पुगेको प्रहरीमाथि नै आक्रमण हुन लागेपछि प्रहरीले गोली हानेर नियन्त्रणमा लिनु परेको अपराध महाशाखाले जनाएको छ ।

तामाङ पूर्व एआईजी जयबहादुर चन्द र पूर्व डिआईजी विश्वराज सिंह साहीको घरमा लुटपाट गरेको आरोपमा ६ वर्ष जेल सजाय भोगी २०७२ सालमा छुटेका थिए ।

प्रतिकृया