सर्वेक्षण भन्छ, ‘भारतमा फेरि मोदी गठबन्धनलाई बहुमत’

सोमवार, जेष्ठ ६, २०७६ | ११:५९:२४ am मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

एजेन्सी । भारतीय संसदको तल्लो सदन लोकसभाका लागि भएको मतदानमा फेरि पनि नरेन्द्र मोदी नेतृत्वको एनडीएले बहुमत हासिल गर्ने मत सर्वेक्षणले देखाको छ ।

आइतबार सातौं चरणको मतदान सम्पन्न भएलगत्तै सार्वजनिक भएको मत सर्वेक्षणले भाजपा र एनडीए पुनः सत्तामा पुग्ने देखाएको हो । एग्जिट पोलअन्तर्गत रिपब्लिकरसी भोटरका अनुसार भाजपा नेतृत्वको एनडीएले २ सय ८७, कांग्रेस नेतृत्वको यूपीएले १ सय २८ र अन्य गठबन्धनले १ सय २७ स्थानमा जित हासिल गर्न सक्ने देखिएको छ ।

यस्तै, टाइम्स नाउ भीएमआरका अनुसार एनडीएले ३ सय ६ सिट, यूपीएले १ सय ३२ सिट र अन्यले १ सय ४ सिटमा जित हासिल गर्न सक्छन् । रिपब्लिकरजनका अनुसार एनडीएले ३ सय ५, यूपीएले १ सय २४ र अन्यले १ सय १३ ल्याउने देखिएको छ ।

न्युज नेसनलको अर्को सर्वेक्षणअनुसार एनडीएले २ सय ८२ देखि २ सय ९० सम्म, यूपीएले १ सय १८ देखि १ सय २६ सम्म र अन्यले १ सय ३० देखि १ सय ३८ सम्म सिट जित्न सक्नेछन् ।

प्रतिकृया