बेलायती प्रधानमन्त्री मेद्वारा राजीनामा दिने घोषणा

शुक्रबार, जेष्ठ १०, २०७६ | ०५:०३:१४ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

एजेन्सी । बेलायती प्रधानमन्त्री टरिजा मेले आफ्नो पदबाट राजीनामा दिने घोषणा गरेकी छिन् । उनले आगामी जुन ७ मा कन्जर्भेटिभ पार्टीको नेतृबाट राजीनामा दिने बताईन् ।

तर नयाँ प्रधानमन्त्री नचुनिएसम्मका लागि उनले प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्ने छिन प्रधानमन्त्री मेले अघि सारेको ब्रेक्जिट रणनीतिलाई लिएर संसद र कन्जर्भेटिभ पार्टीभित्र नै विद्रोह चलिरहँदा उनले राजीनामा घोषणा गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

डाउनिंग स्ट्रिटमा भावुक शैलीमा आफ्ना कुरा राख्दै प्रधानमन्त्री मेले सन् २०१६ मा यूरोपियन संघको जनमत संग्रहको परिणामको सम्मान गर्नका लागि सक्दो र ‘सर्वश्रेष्ठ प्रयास’ गरेको बताईन् ।

प्रधानमन्त्री मेले ब्रेक्जिट पारित गर्न नसकेकोमा आफूले निकै अफसोच गरेको प्रतिक्रिया दिनुभयो । ‘तर एक नयाँ प्रधानमन्त्री देशको हितमा थियो,’ उनले भनिन् । कन्जर्भेटिभ पार्टीले नयाँ नेतृत्व नचुनेसम्म आफूले प्रधानमन्त्रीको रुपमा काम गर्ने उनले बताईन् । यही हप्ताबाट नै नयाँ नेतृत्वका लागि प्रक्रिया सुरु हुने बताइएको छ ।

प्रतिकृया