राजधानीका ठाउँठाउँमा विस्फोट, मृतकको संख्या चार पुग्यो

आइतवार, जेष्ठ १२, २०७६ | ०९:३५:२९ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं । आइतबार दिउँसो राजधानीका घट्टेकुलो र सुकेधारामा भएका दुई विस्फोटमा परी मृत्यु हुनेको संख्या चार पुगेको छ ।

सुकेधारामा घाइते भएका एक जनाको उपचारको क्रममा आइतबार साँझ निधन भएपछि मृतकको संख्या चार पुगेको हो ।
यसअघि घट्टेकुलो र सुकेधारामा दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो।

सुकेधारा विस्फोटमा घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो। घाइते पाँच जनाको उपचार भइरहेको छ।

प्रतिकृया