रुकुममा जीप दुर्घटना, नौ महिने बालिकाको ज्यान गयो , ५ जना घाइते

आइतवार, जेष्ठ १२, २०७६ | ०९:४१:०९ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

रुकुम । रुकुम पूर्वको सिस्ने गाउँपालिका-८, झिमखोलामा शुक्रबार जीप दुर्घटना हुँदा ९ महिने बालिकाको ज्यान गएको छ ।

रुकुम पश्चिमको मुसीकोटबाट रुकुम पूर्वको सिस्ने गाउँपालिका ७, सिस्नेरीतर्फ जाँदै गरेको लु १ ज १७८१ नम्बरको जीप दुर्घटना हुँदा सिस्ने-८ भुरुंगाकी ९ महिने निर्जला रावलको ज्यान गएको तथा अन्य ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ ।

प्रहरीका अनुसार घाइते हुनेहरुमा मृतक निर्जलाकी आमा २४ वर्षीया रमिता रावल, चालक सिस्ने-८ का २५ वर्षीय राजन बोहरा, सिस्ने-८ का १७ वर्षयि मोहन चन्द, सिस्ने-७ की १७ वर्षयिा ज्ञानु रेउले र त्यसै ठाउँकी १६ वर्षीया इश्वरी गौतम रहेका छन् ।

जीप सडकबाट झण्डै ३ सय मिटर तल खसेको, चालक गम्भीर घाइते भएकाले दुर्घटनाको कारण खुल्न नसकेको र अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया