गृहमन्त्रीसहित प्रहरी प्रमुखको बैठक सिंहदरबारमा जारी

आइतवार, जेष्ठ १२, २०७६ | ०९:४३:२२ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं । राजधानीको सुकेधारा र अनामनगर घट्टेकुलोमा सिलिण्डर बम पड्किएर तीन जनाको मृत्यु भएपछि गृहमन्त्री रामबहादुर थापासहित सुरक्षा निकायका प्रमुखहरुको बैठक सिंहदरबारमा बसेको छ।

गृहमन्त्री थापाले बम विस्फोटपछि आकस्मिक सुरक्षा बैठक डाकेका हुन्। बैठकमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धानका प्रमुखहरु सहभागी छन्।

सरकारले प्रतिवन्ध लगाएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सोमबार नेपाल वन्द आव्हान गरेको र वम विस्फोटबाट मानिसहरुको मृत्यु भएपछि सुरक्षा बैठक बसेको हो।

प्रतिकृया