आफैले बोकेको बम विस्फोट हुँदा नागढुङ्गामा विप्लवका कार्यकर्ता घाइते

आइतवार, जेष्ठ १२, २०७६ | ०९:५०:१७ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौँ । काठमाडौँको चन्द्रगिरी नगरपालिकास्थित नागढुंगामा आफैले बोकेको बम विस्फोट हुँदा विप्लवका कार्यकर्ता घाइते भएका छन् ।

मोटरसाइकलमा बम बोकेर लैजाने क्रममा विस्फोट भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार बा २८ प ८१४५ नम्बर मोटरसाइकलमा आकाश लामा र बुद्ध लामाले बम बोकेर हिँडिरहेको बेला बम विस्फोट भएको थियो ।

घटनामा आकाश लामा गम्भीर घाइते भएका छन् । लामा विप्लवका कार्यकर्ता भएको खुलेको छ । बुद्ध लामा भने फरार छन् ।

प्रतिकृया