बम आतंक फैलाएर मात्रै राजनीतिक उद्देश्य प्राप्त हुन्न : प्रचण्ड

सोमवार, जेष्ठ १३, २०७६ | १२:५५:५४ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

विराटनगर । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक दुई वटा बम विस्फोट हुँदैमा राजनीतिक स्थिरता छैन भनेर सोच्न नहुने दाबी गरेका छन् ।

सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले बम आतंक फैलाएर मात्रै राजनीतिक उद्देश्य प्राप्त नहुने बताएका हुन् । ‘अहिले राजनीति रुपले स्थिरता आएकै छ । एक दुईवटा बम विष्फोट हुँदैमा राजनीतिक स्थिरता छैन भनेर सोच्नु हुँदैन ।

बम आतङ्क फैलाएर मात्र राजनीतिक उद्देश्य प्राप्त हुन्छ भन्ने कुरा ठान्नु विल्कुल सही छैन,’ प्रचण्डले भने । सरकारले प्रतिवन्ध लगाएको नेक्रवित्रम चन्द विप्लव समूहको पछिल्ला गतिविधि तर्फ केन्द्रीत गर्दे प्रचण्डले भने, ‘मलाई लाग्छ यो अन्तिम–अन्तिम हुनुपर्छ ।

प्रचण्डले भनेका छन्, ‘बन्द इत्यादि जुन उहाँहरुले गरिरहनु भएको छ, सायद प्रकारान्तरले यो वार्ताको वातावरण बनाउनकै लागि गरिरहेको हो भन्ने मलाई लागिरहेको छ ।’

प्रतिकृया