संसदबाट गृहमन्त्री बादलले भने,‘विस्फोटनमा मर्ने नागरिक हैनन्’

सोमवार, जेष्ठ १३, २०७६ | १२:५८:०६ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं । गएराति काठमाडौंमा भएका विस्फोटमा नागरिकको मृत्यु नभएको गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले बताएका छन्।

आज संसद् बैठकमा विस्फोटबारे जानकारी दिँदै गृहमन्त्री थापाले विस्फोटमा नागरिकको मृत्यु नभएको बताएका हुन्। ‘बिस्फोटमा चार जनाको मृत्यु भएको छ। झन्डै आधादर्जन घाइते भएका छन्,’ गृहमन्त्री थापाले भने, ‘कुनै नागरिकको मृत्यु भएको छैन। त्यो (विप्लव) समूहसँग सम्बद्ध कार्यकर्ताहरूको मृत्यु भएको छ।’20190527121425_356224

त्यस्तै घाइते पनि अधिकांश विप्लवसँगै सम्बद्ध रहेको गृहमन्त्री थापाले जानकारी दिएका छन्। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताले बम विस्फोट गराउँदा गएराति चार जनाको मृत्यु भएको थियो। विस्फोटमा आठ जना घाइते भएका थिए। प्रतिनिधिसभाको बैठकमा जानकारी दिँदै गृहमन्त्री थापाले विप्लवलाई वार्तामा ल्याउन प्रयास भइरहेको बताए।

विप्लवले गरेको गतिविधि संविधानविपरीत भएको जिकिर गर्दै त्यसलाई नियन्त्रण गरिने उनको भनाइ थियो। विप्लवको आन्दोलन राजधानी केन्द्रित रहेकाले बताउँदै भने, ‘संविधानविपरितका गतिविधि राज्यको नियन्त्रण गर्छ, यसका लागि सरकार प्रतिवद्ध रहेको छ।’

प्रतिकृया