मोदीको सपथग्रहणमा सहभागी हुन प्रधानमन्त्री ओली दिल्ली जाने

मङ्लबार, जेष्ठ १४, २०७६ | १२:३२:०१ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहण समारोहमा सहभागी हुने भएका छन् । भारतबाट सोमबार औपचारिक निम्ता आएपछि प्रधानमन्त्री ओली सपथग्रहण समारोहमा सहभागी हुन बिहीबार दिल्ली जान लागेका हुन् ।

प्रधानमन्त्री ओली र प्रधानमन्त्री मोदीबीच जेठ १७ गते शुक्रबार द्विपक्षीय वार्ता हुनेछ । प्रधानमन्त्री ओली शुक्रबार नै स्वदेश फर्कने कार्यक्रम रहेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा बिमस्टेक सदस्य राष्ट्रलगायत अन्य देशको सरकार प्रमुखको सहभागिता रहने भएको छ ।

मे ३० ९जेठ १६० मा प्रधानमन्त्री मोदीले भारतीय प्रधानमन्त्रीको रुपमा दोस्रो कार्यकालका लागि सपथ लिँदैछन् । बिमस्टेकमा भारत लगायत दक्षिण एसिया र दक्षिण पूर्वी एसियाका देशहरु सहभागी रहेका छन् । यस संगठनमा ७ देशको प्रतिनिधित्व रहेको छ ।

जसमा भारत, नेपाल, बंगलादेश, म्यानमार, श्रीलंका, थाइल्यान्ड, भुटान रहेका छन् । मोदीको सपथग्रहण समारोहमा सार्क मुलुकभित्रै पर्ने पाकिस्तान, अफगानिस्तान र माल्दिभ्सका सरकार प्रमुखलाई भने निम्ता नदिइएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रतिकृया