स्थानीय तहमा ९ हजार कर्मचारीका लागि लोकसेवाको विज्ञापन

बुधबार, जेष्ठ १५, २०७६ | ०१:२६:०३ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं । लोकसेवा आयोगले बुधबार झण्डै ९ हजार कर्मचारीका लागि विज्ञापन गरेको छ ।

स्थानीय तहमा कर्मचारी अपुग भइरहेका बेला आयोगले झण्डै ९ हजार कर्मचारीको पदपूर्तिका लागि खुला विज्ञापन गरेको हो । आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले खुलातर्फ ९ हजार र बढुवातर्फ ६ हजार कर्मचारीको पदपूर्तिका लागि विज्ञापन गरिएको बताए ।

लोकसेवाले असार तीन गतेसम्मको म्याद दिएर दरखास्त माग गरेको छ । प्रतियोगितात्मक परीक्षाबाट छनौट भएका उम्मेदवारहरुको रोजाई प्राथमिकता क्रम अनुसार स्थानीय तह तोकी सिफारिस गरिनेछ । यसरी सिफारिस भएका उम्मेदवारलाई सम्बन्धित स्थानीय तहले नै स्थायी नियुक्ति दिनेछन् ।

सेवाका शर्त र तलब तथा अन्य सुविधा सम्बन्धित स्थानीय तहको कानून बमोजिम हुने विज्ञापनमा जनाइएको छ ।

प्रतिकृया