Author Archives: डिजिटल दैनिक

छोराको निधनपछि माओवादी अध्यक्ष दाहालले थाले चुनावी अभियान

maoist-centre-meeting-8-prachanda_crxe9YP4Qa
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं, मंसिर ५ः छोरा प्रकाशको निधन भएको तेस्रो दिन माओवादी अध्यक्ष पुष्पकमल दाहाल चुनावी अभियानमा निस्केका छन्।

छोराको निधन पश्चात दुई दिन काठमाडौं बसेका दाहाल मंगलबार बिहान गृहजिल्ला चितवन गएका हुन्। माओवादीले आज देशभरका सबै निर्वाचन क्षेत्रमा शोक सभा गर्ने निर्णय गरेको छ।

चितवन–३ मा उम्मेदवार समेत रहेका दाहालले चुनावी सभालाई सम्बोधन गर्ने नगर्ने भन्ने टुंगो अझै लागिसकेको छैन। आइतबार छोरा प्रकाशको निधनपछि दाहाल झापाको चुनावी अभियान छोडेर काठमाडौं फर्किएका थिए।

यसअघि दाहालले सोही दिन प्रकाशको निधनमा चुनावी कार्यक्रम नरोक्न कार्यकर्तालाई निर्देशन दिएका थिए।

राप्रपा र नयाँ शक्तिबीच भयो यस्तो सहमति ?

baburam-kamal-thapa

काठमाडौं, मंसिर ५ः राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा गोरखा क्षेत्र नं २ मा नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईलाई सहयोग गर्ने समझदारी भएको छ ।

दुवै पार्टीका शीर्ष नेतृत्वकाबीच पटकपटक छलफल भई सोमबार भएको समझदारीमा मकवानपुर क्षेत्र नं १ मा राप्रपाका अध्यक्ष कमल थापालाई नयाँ शक्ति पार्टीले सहयोग गर्ने समझदारी भएको राप्रपाका प्रवक्ता भुवन पाठकले जानकारी दिए ।

नयाँ शक्ति पार्टीले मकवानपुर क्षेत्र नं १ मा प्रह्लाद लामिछानेलाई उम्मेदवार बनाएको भए पनि दुई पार्टीकाबीचमा भएको समझदारीबाट उनको उम्मेदवारीलाई स्थगित गरिएको छ ।

गोरखा क्षेत्र नं २ मा राप्रपाकातर्फबाट उम्मेदवारी दिइएको थिएन ।

राज्यमन्त्री खड्काको घरमा बम विस्फोट

Champa

वाग्लुङ, मंसिर ५ः सहकारी तथा गरिबी निवारण राज्यमन्त्री चम्पादेवी खड्काको बागलुङ नगरपालिका–२ स्थित घरमा गएराति बम विस्फोट भएको छ । Champa

राति ११ बजे भएको विस्फोटनबाट कुनै मानवीय क्षति भएको छैन । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ का उम्मेदवारसमेत रहेकी राज्यमन्त्री खड्का घरमै रहेको समयमा एक्कासि ठूलो आवाजसहित बम विस्फोट भएको थियो ।

घटनाबारे प्रहरीले अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । विस्फोटन गराउने समूहको पहिचान नभए पनि चुनाव बहिष्कारमा लागेको नेपाल कम्युनिस्ट पार्टीले गराएको हुनसक्ने आशंका गरिएको छ ।

मध्यरातमा एक्कासि ठूलो आवाजसहित बम विस्फोट भएपछि बजारवासी त्रस्त थिए । विस्फोटनलगत्तै प्रहरीले घटनास्थललाई घेराउ गरेर राखेको छ । बम विस्फोटनबाट घरअघि आँगनमा रहेको पर्खालमा सामान्य क्षति पुगेको छ ।

बाबुरामले जित्नु भनेको कांग्रेसले जित्नु होः गगन थापा

gagan thapa(1)

गोरखा, मंसिर ४ः नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले डाक्टर बाबुराम भट्टराइले जित्नु भनेको कांग्रेसले जिते सरह हुने बताएका छन् । gagan thapa(1)

राजनीतिक रुपमा भट्टराईसँग थुप्रै असहमति भए पनि राजनीतिज्ञका रुपमा देशलाई भट्टराई जस्ता नेता चाहिने उनले बताए ।

कांग्रेससँगको सहकार्यमा भट्टराईले चुनावी प्रतिस्पर्धा गरेको गोरखाको क्षेत्र नम्बर –२, अन्तर्गत भच्चेकमा आयोजित कार्यक्रममा थापाले भने, ‘कांग्रेसले भोट हालेर डाक्टर भट्टराईलाई जिताउदै गर्दा कांग्रेस बलियो हुन्छ, कांग्रेसको विचारले बल प्राप्त गर्छ ।’

नेपालीहरुको जीवन बदल्ने विषयमा भट्टराईले हिजो पनि र आज पनि सोचिरहेको भन्दै कांग्रेस केन्द्रीय सदस्य थापाले त्यसको सबैले प्रसंशा गर्नुपर्ने बताए ।

महतलाई लक्षित गरेर बम पड्काउने एक जना पक्राउ

prakew

नुवाकोट, मंसिर ४ः नुवाकोटका प्रतिनिधिसभा सदस्य क्षेत्र नं १ का काँग्रेस उम्मेदवार डा रामशरण महत र प्रदेश नंं २ का उम्मेदवार रमेशकुमार महतलाई लक्षित गर्दै बम विस्फोटन गराउने मध्येका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उक्त घटनामा संलग्न भएको अभियोगमा दुप्चेश्वर गाउँपालिका–६ समुन्द्रटारका अनन्त धिताललाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वीरेन्द्र बस्यालले जानकारी दिए । शुक्रबार काँग्रेसका उम्मेदवार महतद्वयलाई लक्षित गरी प्रेसरकुकर बम विस्फोटन गराएर फरार भएका २८ वर्षका धिताललाई आइतबार घरबाटै नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

धिताल नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) का जिल्ला सदस्य भएको र उनीमाथि गएको भदौ ३० गते दुप्चेश्वर गाउँपालिका–१ स्थित इन्द्रेणी प्राविका शिक्षक रामकृष्ण श्रेष्ठलाई मोसो दलेर दुव्र्यबहार गरेको अभियोग समेत प्रहरीले लगाएको छ ।

धितालमाथि जिल्ला प्रशासन कार्यालयमा ‘सार्वजनिक अपराध ऐन’ अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान शुरु गरिएको र थप प्रमाण जुटेपछि अन्य मुद्दा आकर्षित हुनसक्ने जनाइएको छ ।

सुरक्षा प्रवन्ध मिलाउन सुरक्षा निकायलाई प्रधानमन्त्रीको निर्देशन

1511170935010_RoS_Ktm_112017_IMG_2126

काठमाडौँ, मंसिर ४ः प्रधानमन्त्री शेरबहादुर देउवाले अगामी निर्वाचनमा जनताले भयरहित वातावरणमा आफूले रोजेको दल र तिनका उम्मेदवारलाई मतदान गर्न सक्ने गरी सुरक्षा प्रवन्ध मिलाउन निर्देशन सुरक्षा निकायलाई दिएका छन् ।

गृहमन्त्रालयद्वारा आज राजधानीमाा आयोजित प्रतिनिधिसभा र प्रदेश सदस्य निर्वाचन–२०७४ अन्तर्गत प्रदेश नं ३ स्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले मतदान बिथोल्न खोज्ने समूहलाई असफल बनाइ जनतालाई सुरक्षाको प्रत्याभूति दिएर निर्धक्क रुपमा मतदान गर्ने वातावरण बनाउन निर्देशन दिए । उनले भने, “ सरकार निर्वाचनका लागि आवश्यक सबै सुरक्षाको प्रवन्ध मिलाउन प्रतिवद्ध छ , यस कार्यमा कसैसित सम्झौता हुँदैन । ”  1511170935010_RoS_Ktm_112017_IMG_2126

“आम मतदातालाई भड्काउने, मतदानस्थल कब्जा गर्ने मनसाय पनि सुरक्षाको चुनौती बन्नसक्छ, सबै सुरक्षा निकायले सुरक्षा प्रणालीमा तहगत निर्देशनलाई उचित रुपमा परिपालना गरेर काम गर्नुस्” देउवाले भने । गोष्ठीमा गृह सचिव मोहनकृष्ण सापकोटाले निष्पक्ष, भयरहित र स्वतन्त्र निर्वाचन सम्पन्न गर्न निर्वाचन अघि, निर्वाचनमा र निर्वाचनपछिका तिनै चरणमा सुरक्षा दिनका लागि सुरक्षा योजना कार्यान्वयनमा ध्यान केन्द्रित गर्न निर्देशन दिए ।

कार्यक्रममा मध्यमाञ्चलन क्षेत्रीय प्रशासक रेश्मीराज पाण्डेले यस क्षेत्रका सबै जिल्लाको सुरक्षा व्यवस्थाको अवस्था र निर्वाचनको सुरक्षाका लागि तयार गरेका योजनाका बारेमा जानकारी गराउनुभएको थियो । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न बनाइएको सुरक्षा योजनाको प्रभावकारी कार्यान्वयन गर्ने, निर्वाचन सुरक्षामा देखिएको चुनौती, समस्या र समाधानको उपाय खोज्ने सन्दर्भमा छिमेकी जिल्लाको कार्यनीति र व्यवस्थापनको बारेमा अनुभव आदानप्रदान समेत भएको थियो ।

गोष्ठीमा गृहमन्त्रालयका सचिव सापकोटा, नेपाली सेनाका बलाधिकृतरथी पूर्णचन्द्र थापा, नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्याल, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, राष्ट्रिय अनुसन्धान विभागका मुख्य निर्देशक दिलीप रेग्मी, प्रदेश नं ३ का प्रमुख जिल्ला अधिकारी तथा रक्षा र गृहमन्त्रालयका उच्च अधिकृत सहभागी थिए ।

माओवादीका पोलिटव्यूरो सदस्यसहित १५ सय कार्यकर्ता कांग्रेसमा प्रवेश

ddd

काठमाडौं, मंसिर ४ः माओवादी केन्द्रका पोलिटव्युरो सदस्य तथा प्रतिनिधिसभाका समानुपातिक उम्मेदवार जगत पार्की सहित १५ सय माओवादी कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

डडेल्धुराको अलितालमा आयोजित कांग्रेसको चुनावी सभामा पार्की सहित माओवादी केन्द्रका पूर्व डडेल्धुरा इन्जार्च एवं केन्द्रीय सदस्यहरु जनक कलौनी, लक्ष्मि उप्रेती सहित १५ सय जना माओवादी कार्यकर्ता आफ्नो पार्टीमा प्रवेश गरेको कांग्रेसले जनाएको छ।

प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले उनीहरुलाई टिका लगाएर कांग्रेसमा स्वागत गरेको देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले बताए ।

माओवादी केन्द्रले जनअधिकारलाई छोडेर एमालेसंग एकीकरण गर्ने निर्णय गरेकाले आफु कांग्रेस प्रवेश गरेको पार्कीले बताएका छन्।

एमाले तराई/मधेश विरोधि पार्टी होइन : अध्यक्ष ओली

1511160863765_MD_Brt_112017_5

विराटनगर, मंसिर ४ः नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी तराई /मधेश विरोधि पार्टी नभएको स्पष्ट पारेका छन् ।

विराटनगर महानगरापलिका–१० मा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले आफू प्रम भएको सयममा मधेशको विकासका लागि गरिब जनताको आवासका लागि २० हजार घर निर्माण, हुलाकी राजमार्ग, चक्रपथ निर्माण र आधुनिक कृषि उत्पादनमा वृद्धि लगायतका कार्यक्रममा वजेट विनियो गरिएको जानकारी दिए । 1511160863765_MD_Brt_112017_5

उनले केही राजनीतिक दलका कारणले मधेशमा शिक्षा, स्वास्थ्य क्षेत्रमा पिछडिएको चर्चा गर्दै दाइजो र बोक्सी कुप्रथा अन्त्य गर्न मधेशवादी दललाई कुनै चिन्ता नभएको आरोप समेत लगाए ।

अध्यक्ष ओलीले पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज मोरङको गाठगाउँमा सञ्चालनमा आउने, काँकरण्भिट्टादेखि सुनसरीको कोशी पुलसम्मको छ लेनको सडक विस्तार, जोगबनी– कटहरी रेलमार्गको निर्माण , विराटनगरको विमानस्थलको विस्तार र विराटनगरको चक्रपथ कालोपत्रे हुने जानकारी दिए ।

डडेलधुरामा देउवाको आश्वासन, अब विध्वंसात्मक गतिविधि पूर्ण निस्तेज

23561354_10156115692008836_2746650294700762523_n

काठमाडौं, मंसिर ४ः प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन बिथोल्ने गरी भइरहेका आक्रमण र विध्वंसात्मक क्रियाकलाप पूर्ण निस्तेज पार्ने बताएका छन ।

उनले सुरक्षा ब्यवस्था कडा पार्दै आक्रमण तथा बिध्वंसात्मक गतिबिधिमा संलग्न ब्यक्ति, समूहलाई कडा कार्वाहीको दायरामा ल्याउने प्रतिबद्धता पनि व्यक्त गरे ।

‘चुनाव प्रभावित पार्ने गरी भएका आक्रमण घटनाको घोर भत्र्सना गर्छु,’ प्रेस युनियन डडेलधुराले आइतबार गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘यस्ता गतिबिधिमा संलग्नलाई कडाभन्दा कडा कारबाहीको दायरामा ल्याउने छु ।’

प्रधानमन्त्री देउवाले निर्वाचन भयरहित वातावरणमा सम्पन्न हुने गरी शान्ति सुरक्षाको ब्यवस्था गरिने बताए । ‘म तुरुन्तै राजधानी फर्कदै छु, काठमाडौं पुग्नेबित्तिकै सुरक्षा बैठक बोलाउँछु,’ उनले भने, ‘निर्वाचन शान्तिपूर्ण ढंगले सम्पन्न गर्न कडा सुरक्षा ब्यवस्थाको प्रवन्ध मिलाउन निर्देशन दिनेछु ।’

चुनावको बेला चार दिन विद्यालय बन्द

matadan 19 (3)

काठमाडौं, मंसिर ४ः आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि चार दिन विद्यालय बन्द हुने भएका छन्।

निर्वाचन आयोगले गृह मन्त्रालयलाई गरेको सिफारिस अनुसार पहिलो र दोस्रो चरणका निर्वाचनका क्रममा सम्बद्ध क्षेत्रका विद्यार्थीलाई चार दिन बिदा दिइनेछ। पहिलो चरणको चुनाव हुने क्षेत्रमा मंसिर ७ देखि १० सम्म र दोस्रो चरणको निर्वाचन हुने क्षेत्रमा मंसिर १८ देखि २१ सम्म बिदा हुनेछ।

विद्यालयमै मतदान केन्द्र हुने र शिक्षकलाई तयारीमा खटाइने भएकाले पठनपाठन प्रभावित हुने भएको हो। निर्वाचन प्रयोजनका निम्ति अन्य भौतिक पूर्वाधार नभउकाले विद्यालय र शिक्षकलाई प्रयोग गर्नु परेको प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले बताए। यो खबर आजको कान्तिपुरमा छ ।

1 2 3 1,141