Author Archives: डिजिटल दैनिक

कुन उमेरको मानिस कति घण्टा सुत्नु राम्रो

NF34_sleeping-woman-070724
FacebookTwitterGoogle+PrintEmailShare

NF34_sleeping-woman-070724काठमाडौं, चैत ३ : संयुक्त राज्य अमेरिकाको राष्ट्रिय निद्रा फाउण्डेशनले गरेको अनुसन्धानमा जनाए अनुसार विभिन्न उमेरका मानिसहरुको निद्राको आवश्यकता पनि फरक हुने गर्छ ।

हामीहरु प्रायले आफूलाई पर्याप्त निद्रा पुगेको नपुगेको सहजै थाहा पाउछौं तर पर्याप्त निद्रा कति हो भन्ने कुरा अमेरिकामा हालै गरिएको एक अनुसन्धानले भनेको छ । त्यो पनि मानिसको उमेरमा भर पर्छ ।

निद्रा विषयमा अनुसन्धान गर्ने एउटा संस्था न्याशनल स्लीप फाउण्डेशनका अनुसार व्यक्तिको निद्राको आवश्यकता उस्को जीवनशैलीमा आधारित हुने गर्छ । नवजात शिशुहरुलाई अरु उमेरका मानिसभन्दा बढी निन्द्राको आवश्यकता पर्छ, तिनीहरुका लागि १९ घण्टासम्म सुत्नु सामान्य हो ।

उमेरले पनि मानिसको निन्द्राको आवश्यकतामा महत्वपूर्ण भूमिका निर्धारण गर्ने गर्छ ।

नवजात (०-३) महिना :  भर्खर जन्मेका बच्चाहरुले सामान्यतया दैनिक १४ देखि १७ सुत्नु पर्दछ । ११ देखि १३ घण्टा सुत्दा पनि तिनीहरुलाई निद्रा पुग्छ, तर १९ घण्टाभन्दा बढी सुत्न दिनु हुदैन ।

शिशु (४-११) महिना :  यिनीहरुका लागि उपयुक्त १२ देखि १५ घण्टाको निद्रा हो। कम्तीमा १० घण्टा सुत्दा पनि निद्रा पुग्न सक्छ तर शिशुहरुलाई १८ घण्टाभन्दा बढी कहिल्यै सुत्न दिनु हुदैन।

वामे सर्नेहरु (१-२) बर्ष : यो उमेरका बच्चाहरुले ११ देखि १४ घण्टा सुत्नु पर्छ। यिनीहरुका लागि स्वीकार्य ९ देखि १६ घण्टाको निद्रा हो ।

विद्यालय जानु अघिका (३-५) बर्ष : विशेषज्ञहरु यो उमेर समूहका बच्चाहरुले १० देखि १३ घण्टा सुत्नु पर्ने बताएका छन्। तर ८ घण्टाभन्दा कम र १४ घण्टा भन्दा बढी निद्रा यिनीहरुलाई उपयुक्त हुदैन।

स्कुले उमेरका (६-१३) बर्ष : अमेरिकी निद्रा फाउण्डेशनका अनुसार यो उमेरकाहरुले ९ देखि ११ घण्टा सुत्नुपर्छ। ७ घण्टा भन्दा कम र १२ घण्टा भन्दा बढीको निद्रा यिनीहरुका लागि स्वस्थ मानिएको छैन।

किशोरकिशोरी (१४-१७) बर्ष : किशोरकिशोरीहरुका लागि सुझाइएको निद्राको अवधि ८ देखि १० घण्टा हो। तर यिनीहरुले ११ घण्टाभन्दा बढी र ७ घण्टाभन्दा कम सुत्नु उपयुक्त नहुने अमेरिकी निद्रा फाउण्डेशनले जनाएको छ।

युवा (१८-२५) बर्ष : युवा उमेर समूहकाहरुले ७ देखि ९ घण्टा सुत्नु उपयुक्त हो। तर यिनीहरुले ६ घण्टा भन्दा कम र ११ घण्टा भन्दा बढी सुत्नु हुदैन।

वयस्क (२६-६४) : बर्ष  यो उमेर समूहका लागि निद्राको अवधि युवाहरुको लागि जस्तै छ।

बृद्ध ६५ बर्ष भन्दा माथि : यो उमेर समूहका मानिसहरुका लागि दैनिक ७-८ घण्टाको निद्रा स्वस्थ मानिएको छ। तर यिनीहरुले ५ घण्टाभन्दा कम र ९ घण्टाभन्दा बढी सुत्नु स्वस्थ होइन।

निद्रा अपुग हुदा मानिसको स्वास्थ्य र सक्रियतामा नकारात्मक प्रभाव पर्छ । एजेन्सीको सहायता

आमिर खान कुस्ती सिक्दै

amir-talaash1

काठमाडौं, चैत ३ : बलिउड अभिनेता आमिर खान यतिबेला कुस्ती सिक्दै छन् । आफूले अभिनय गर्ने फिल्म ‘दंगल’ को लागि उनले कुस्ती सिकेका हुन् ।
amir-talaash1

हरियाणाका पहलमान तथा कुस्तीबाज महावीर फोगटको संघर्षसँग मिल्दोजल्दो कथामा आधारित रहेर फिल्म दंगल निर्माण हुँदै छ । तर,यो फिल्म महावीरको बायोपिक नभएको अभिनेता खानले बताएका छन् ।

यो फिल्मका लागि आफूले हरियाणबी भाषा पनि सिकिरहेको उनको भनाई छ । यो फिल्ममा खान किशोर,युवा हुँदै पौढसम्मको भूमिकामा देखिने भएका छन् ।

 

विश्वकप क्रिकेटमा कुन-कुन देश भिड्दै छन् क्वार्टरफाइनमा

criketttt2

criketttt2काठमाडौं, चैत्र २ : अष्ट्रेलिया र न्यूजिल्यान्डको संयुक्त आयोजनामा जारी विश्वकप क्रिकेटको क्वार्टरफाइनल समीकरण पूरा भएको छ ।

समूह ‘ए’ बाट न्यूजिल्यान्ड, अष्ट्रेलिया, श्रीलंका र बंगलादेश तथा समूह ‘बी’बाट भारत, दक्षिण अफ्रिका, पाकिस्तान र वेस्ट इन्डिजअन्तिम आठमा पुगेका हुन् ।

क्वार्टरफाइनलका खेलहरु बुधबारदेखि शुरु हुनेछन् । पहिलो क्वाटरफाईनलमा श्रीलंका र दक्षिण अफ्रिका भिड्नेछन् भने त्यसपछि क्रमशः बंगलादेश र भारत, अष्ट्रेलिया र पाकिस्तान तथा न्यूजिल्यान्ड र वेस्ट इन्डिज भिड्नेछन् ।

यसपटक इंग्ल्यान्ड, अफगानिस्तान, स्कटल्यान्ड, जिम्बावे, आयरल्यान्ड र युएई भने विश्वकपको समूह चरणबाटै बाहिरिएका छन् ।

हुन्डाईको एक्सचेन्ज क्याम्प सञ्चालन

Hyundai Logo 3

Hyundai Logo 3काठमाडौं, चैत २ : हुन्डाई गाडीको नेपालका लागि अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले सोमबारदेखि शनिबारसम्म एक्सचेन्ज क्याम्प सञ्चालन गर्ने भएको छ ।

नेपालभरका हुन्डाईका सबै मोडलहरुमा लागू हुने गरी यो क्याम्प सुरु गरेको कम्पनीले जनाएको छ । बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन हुने क्याम्पमा कम्पनीले ग्राहकहरुलाई एक्सचेन्ज मूल्यांकन ,विमा,फाइनान्स र नगद छुटसमेट प्रदान गर्नेछ ।

ग्राहकलाई विभिन्न सुविधा दिने प्रयासस्वरुप यो एकहप्ते एक्सचेन्ज क्याम्प सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ ।

दुई घण्टा लोडसेडिङ घट्यो (तालिकासहित)

Loadsheeding_new

काठमाडौं, चैत २ : एसएलसी परीक्षालाई मध्यनजर गर्दै नेपाल विद्युत प्राधिकरणले सोमबारदेखि दुई घण्टा लोडसेडिङ घटाएको छ ।

विद्यार्थीहरुलाई पढ्नका लागि समस्या नहोस् भनेर दैनिक दुई घण्टा लोडसेडिङ घटाएको प्राधिकरणले जनाएको छ ।
दैनिक ११ घण्टा लोडसेडिङ हुँदै आएकोमा आजदेखि ९ घण्टा मात्र लोडसेडिङ हुनेछ ।

प्राधिकरणका अनुसार विद्युत चुहावट नियन्त्रणमा अहिले केही सुधार आएको छ । मध्य मर्स्याङ्दीलगायतका विद्युत आयोजनामा गरिएको सुधार भएपछि लोडसेडिङ घटाइएको हो।

Loadsheeding_new

रानीबारी हत्याकाण्डका अभियुक्तद्वय गुरुङ र चौहान पक्राऊ

rani

raniकाठमाडौं, चैत १ : रानीबारी हत्याकाण्डको बाह्र बर्षपछि प्रहरीले रानीबारी हत्याकाण्डका दुई अभियुक्तलाई पक्राउ गरेको छ ।

आईतबार नेपाल प्रहरीको केन्द्रीय अनसन्धान ब्युरोले पत्रकार सम्मेल गर्दै मनराज गुरुङ र प्रमेश चौहान ले उक्त हत्याकाण्ड गरेको सार्वजनिक गरेको हो ।

दोलखा खारे गाविस घर भई काठमाडौंको सामाखुसी टाउन प्लानिङमा बस्दै आएका ३० वर्षीय गुरुङ सामाखुसी चोकबाट र रामेछापको फुलासी गाविस ३ घर भई जोरपाटी बस्दै आएका ३२ बर्षीय चौहान जोरपाटी चोकबाट पक्राउ परेका थिए ।

काठमाडौंका रानीबारीमा डेरागरी बस्ने इन्जिनियर हेमन्त श्रेष्ठ र उनीक पत्नी अञ्जलीको रहस्यमय हत्या भएको थियो । २०५९ असार ३१ गते उनीहरुको कोठामै हत्या भएको थियो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पत्रकार सम्मेलनमा जनाएअनुसार घरबेटी गीता खड्कालाई मार्ने योजनाअनुसार गएका उनीहरूले इन्जिनियर दम्पतीको हत्या गरेका हुन्।

अहिलेसम्मको अनुसन्धानबाट इन्जिनियर दम्पतीको कोठा हुँदै माथि जानु पर्ने भएकाले अभियुक्तद्वयले सुरुमा उनीहरूको हत्या गरेका थिए। त्यसपछि उनीहरू गीत खड्कालाई खोज्दै माथि गएका थिए । तर खड्का बाथरुममा लुकेकी हुनाले उनीहरूले भेटेनन् र बाहिर होहल्लासमेत भएकाले उनीहरू भागे ।

हत्यामा संलग्नहरुको स्केच सार्वजनिक गरेपनि लामो समयसम्म पक्राउ नपर्दा प्रहरीको चर्को आलोचना भएको थियो ।

आयरल्यान्डलाई हराउँदै पाकिस्तान क्वाटर फाइनलमा

Pakistan v Ireland - 2015 ICC Cricket World Cup

Pakistan v Ireland - 2015 ICC Cricket World Cupकाठमाडौं, चैत १ : विश्वकप क्रिकेट २०१५ को क्वाटरफाइनल समिकरण पूरा भएको छ । आइतबार वेष्टइण्डिज र पाकिस्तानले अन्तिम आठमा स्थान पक्का गरेपछि क्वाटरफाइनल समिकरण पूरा भएको हो ।

आयरल्याडसँगको खेलमा जितका लागि पाएको २ सय ३८ रनको लक्ष्य पाकिस्तानले ४६.१ ओभरमा ३ विकेट गुमाएर पुरा गर्‍यो ।

पाकिस्तानलाई जिताउन शरफराज अहमदले नट आउट शतक पुरा गरे । यस्तै अहमद सेहजादले ६३ र कप्तान मिसवाह उल हकले ३९ रन बनाए ।

क्वाटरफाइनलमा समूह ‘ए’को विजेता न्यूजिल्याण्डले ‘बी’ को चौंथो टोली वेष्टइण्डिज, उप–विजेता अष्ट्रेलियाले समूह ‘बी’ बाट तेस्रो भएको पकिस्तान तथा समूह ‘बी’ को विजेता भारतले ‘ए’ को चौंथो टोली बंगलादेश तथा उप–विजेता दक्षिण अफ्रिकाले ‘ए’को तेस्रो टोली श्रीलंका प्रतिद्वन्द्वी पाएका छन् ।

भारत समूह ‘बी’ को विजेता, पाकिस्तान तेस्रो तथा श्रीलंका समूह ‘ए’ को तेस्रो तथा बंगलादेश चौंथो हुँदै क्वाटरफाइनलमा पुगेका हुन् । अन्तिम आठका खेलहरु बुधबारबाट सुरु हुनेछन् । एजेन्सी

भारतमा हराएको फुटबल खेलाडीको एक्रिडेशन कार्ड भेटियो

ANFA_919136335_835693586

ANFA_919136335_835693586काठमाडौं, चैत १ : विश्वकप फुटबलको छनौट खेल्न भारत गएका नेपाली खेलाडीको हराएको एक्रिडेशन कार्ड फेला परेको छ ।

मंगलबार दशरथ रंगशालमा हुने भारतसँगको खेलको तयारीबारे जानकारी दिन भएको पत्रकार सम्मेलनमा एन्फाका कार्यवाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठले एक्रिडेशन कार्ड फेला परेको जानकारी दिनुभयो । सबै खेलाडी र अफिसियलको कार्ड फेला परेको भन्दै श्रेष्ठले अब कुनै अप्ठ्यारो नपर्ने स्पष्ट पार्नुभयो ।

भारतमा भएको पहिलो खेल २–० ले हारेको नेपालले मंगलबार दशरथ रंगशालामा दोश्रो लेग खेल्ने छ । नेपालले अघिल्लो चरणमा पुग्न मंगलबार हुने भारतसँगको खेल ३ भन्दा बढी गोलको अन्तरले जित्नु पर्ने दवाव छ ।

झरना बज्रचार्यले गरिन् बिहे (फोटो फिचर)

gharana-and-rahulकाठमाडौं, चैत १ : नेपाली पूर्व मिस नेपाल एवं अभिनेत्री झरना बज्राचार्य विवाह बन्धनमा बाँधिएकी छिन्। भारतीय मूलका मलेसियन व्यापारी राहुल अग्रवालसँग उनको विवाह बिहीबार आफ्नै निवास सीतापाइलामा सम्पन्न भएको हो।

विवाहमा झरनाका परिवार सदस्य र नजिकका साथीहरु मात्र उपस्थित थिए। विवाहको औपचारिक कार्यक्रम सम्पन्न भएपछि झरना र राहुलका आफन्त एवं साथीहरुलाई सोल्टी होटलमा पार्टी दिइएको थियो।

झरना-राहुल सेफ ल्यान्डिङ चलचित्र निर्माणका क्रममा साढे तीन वर्षअघि भेट भएका थिए। त्यसयता मलेसियामा रेष्टुराँ व्यापार गर्दै आएका राहुलको काठमाडौं आउजाउ बाक्लिएको थियो।

jharana-bajracharya-bihe-1

jharana-bihe

 

 

 

 

लापरबाहीको कारण खेलाडीको एक्रिडिएसन कार्ड हरायो

ANFA_919136335_835693586

ANFA_919136335_835693586काठमाडौं, चैत १ : भारतसँगको खेल खेलेर शनिबार स्वदेश फर्कने क्रममा लापरबाहीका कारण नेपाली राष्ट्रिय टोलीका खेलाडीको एक्रिडिएसन कार्ड हराएको छ ।

कार्ड भारतको कोलकोत्तामा ट्याक्सीमा छुटेको थियो । ट्याक्सी नम्बर पत्ता लगाईसकेको र हराएको एक्रिडिएसन कार्ड खोज्न त्यहाँका स्थानिय प्रहरीलाई ट्याक्सी नम्बर उपलब्ध गराएको अखिल नेपाल फुटबल संघले जनाएको छ ।

कार्ड फेला नपरे मंगलबार भारतविरुद्ध दशरथ रंगशालामा हुने खेल नेपालले खेल्न पाउँदैन ।

यो कार्ड फेरि बनाउन एक खेलाडीको एक हजार अमेरिकी डलर एसियाली फुटबल महसंघलाई तिर्नुपर्छ ।

1 1,101 1,102 1,103 1,104 1,105 1,116