Author Archives: डिजिटल दैनिक

बलपूर्वक संविधान ल्याए मुलुक दुर्घटित हुने: मधेसी मोर्चा

dhanusa_district1
FacebookTwitterGoogle+PrintEmailShare

जनकपुरधाम, साउन ११: बलपूर्वक संविधान ल्याउने दुत्साहस गरिए मुलुकमा नयाँ द्वन्द्व सिर्जना हुने चेतावनी संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका घटकहरुले दिएका छन् ।

जनकपुरमा मोर्चाद्वारा आयोजित प्रारम्भिक मस्यौदाको विरोधसभामा बोल्दै मोर्चाका नेताहरुले मधेसीको अधिकारलाई कुण्ठित पार्ने, अलोकतान्त्रिक पद्दतिलाई बढावा दिने र असंवैधानिक प्रावधानलाई महत्व दिने संविधानको प्रारम्भिक मस्यौदालाई मधेसी जनताले कहिल्यै स्वीकार नगर्ने बताए ।

प्रारम्भिक मस्यौदामा लैङ्गिक असमानता र विभेद्, नागरिकतासम्बन्धी विभेद्कारी व्यवस्था, नश्लवादी चिन्तन, विभेद्कारी भाषिक नीति, सर्वोच्च अदालतको आदेशको अबहेलना, विभेद्कारी प्रस्तावना, गैरसमावेशी चरित्र, एकल जातीय र एकात्मक न्याय प्रणाली, पहिचानको सङ्कट, सङ्घीयताको खोलभित्र एकात्मकताको प्रयोग, सुरक्षा निकायको असमावेशी संरचना, प्रेस स्वतन्त्रतामाथि अङ्कुश लगाउनेजस्ता प्रावधान रहेकाले मस्यौदाले मुलुकलाई प्रतिगमनतर्फ धकेल्न सक्ने धारणा पनि नेताहरुले राखे ।

तराई-मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रारम्भिक मस्यौदा अधुरो, अपूर्ण, असंवैधानिक र अन्तरिम संविधानले व्यवस्था गरेका महत्वपूर्ण अधिकारको कटौती र सङ्घीयता र पहिचानलाई धरापमा पारेका कारण मधेसी जनताले नयाँ संविधान २०७२ स्वीकार नगर्ने बताए ।

मस्यौदामा समावेशी लोकतन्त्रलाई कुण्ठित र प्रदेशलाई अधिकारबिहीन बनाइएकाले मस्यौदा द्वन्द्वलाई समाप्त नगरी बिद्रोहको अवस्था सिर्जना गर्ने खालको भएको उनले बताए ।

सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रारम्भिक मस्यौदा मधेसवादी दलसँग विभिन्न समयमा भएको सम्झौताको उलङ्घन तथा विपरीत, समानुपातिक समावेशीकरण, समावेशी लोकतन्त्र, स्वशासन र स्वायत्तता, पहिचानसहितको सङ्घीयता र लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीको बिपरीत रहेको छ, भने ।

सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो बन्दुकको बलले संविधान ल्याउने प्रयास गरिएमा मधेसी जनताले त्यसको प्रतिकार गर्ने बताए ।

तराई-मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले सेना र प्रहरीको आडमा संविधान घोषणा गरिएमा मुलुकमा जातीय द्वन्द्व उत्पन्न हुने बताए ।

तराई-मधेस लोकतान्त्रिक पाटीका उपाध्यक्ष बृषेशचन्द्र लालले द्रुत गतिमा संविधान ल्याउने चलखेलले मुलुकमा नयाँ द्वन्द्व आउने सम्भावना देखाए ।

तराई-मधेस लोकतान्त्रिक पार्टीका जिल्ला अध्यक्ष परमेश्वर साहको अध्यक्षतामा भएको सो सभामा पूर्वमन्त्री हरिनारायण यादव र सद्भावना पार्टीका लालकिशोर साहले कसैलाई राष्ट्रपति, कसैलाई प्रधानमन्त्री र कसैलाई मन्त्री बनाउने अश्वासनको पोकोका रुपमा मस्यौदा ल्याइएको टिप्पणी गरे । रासस

आन्दोलनका कार्यक्रम फिर्ता लिएपछि आइतबार दुई हजारभन्दा बढी कामदारले श्रम स्वीकृति लिए

Foreign_Employment_Department

Foreign_Employment_Departmentकाठमाडौं, साउन ११ : आन्दोलनरत वैदेशिक रोजगार व्यवसायी सङ्घले १९ दिनपछि शनिबार राति आन्दोलनका कार्यक्रम फिर्ता लिएपछि आइतबार ठूलो सङ्ख्यामा वैदेशिक रोजगारीका लागि कामदारको श्रम स्वीकृति लिएका छन् ।

वैदेशिक रोजगार विभाग काठमाडौं कार्यालयका प्रमुख विश्वप्रकाश सुवेदीका अनुसार आइतबार दुई हजारभन्दा बढी कामदारले श्रम स्वीकृति लिएका छन् । आइतबार संस्थागततर्फ एक हजार ४३८ ले अन्तिम श्रम स्वीकृति, एक हजारले व्यक्तिगत श्रम स्वीकृति र ७७ जनाले पूर्व श्रम स्वीकृति लिएका छन् । यसअघि आन्दोलनको क्रममा व्यक्तिगत श्रम स्वीकृति लिनेको सङ्ख्या बढी भएपनि संस्थागत स्वीकृति लिनेको सङ्ख्या न्यून थियो ।

वैदेशिक रोजगार व्यवसायी सङ्घले श्रम आन्दोलनको अवधिभर श्रम स्वीकृति नलिन आफ्ना सदस्यलाई निर्देशन दिनुका साथै स्वीकृति लिए कारबाही गर्ने सम्मको धम्की दिएकाले केही व्यवसायीले लुकीछिपी मात्रै श्रम स्वीकृति लिएका थिए ।

गत असार २१ गतेदेखि मलेसिया र खाडीका छ मुलुकमा नि:शुल्क हवाई टिकट र प्रवेशाज्ञा व्यवस्था गरिएपछि आफ्ना कार्यालय नै बन्द गरी आन्दोलनमा उत्रिएका व्यवसायी र सरकारबीचको पटकपटकको वार्ता शनिबार ३१ बुँदे सहमतिमा पुगी टुङ्गिएको थियो ।

श्रम तथा रोजगार मन्त्रालयका निमित्त सचिव सूर्यप्रसाद श्रेष्ठको संयोजकत्वमा व्यवसायी र मन्त्रालयका प्रतिनिधि सम्मिलित कार्यदल गठन गरी कार्यदलले दुई महिनाभित्र प्रतिवेदन तयार पारी त्यसले दिएका सुझावका आधारमा नि:शुल्क हवाई टिकट र प्रवेशाज्ञा विषय टुङ्ग्याउनेलगायत ३१ बुँदामा सहमति भएको थियो ।

कार्यदलको प्रतिवेदन नआउँदासम्म मन्त्रालयले गरेको निस्शुल्कको निर्णय यथावत् रहने र प्रतिवेदन आएपछि आवश्यकतानुसार परिमार्जन गर्न सकिने सहमति दुबै पक्षबीच भएको छ ।

यसअघि, मलेसियामा रु ८० हजार, खाडीका दुबई, साउदी अरब, बहराइन, ओमन, कुवेतमा रु ७० हजारसम्म र कतारमा रु २० हजार शुल्क उठाउन पाउने सरकारी निर्णय रहेकोमा नि:शुल्कको निर्णयपछि ती सात देशमा बढीमा रु आठ हजारदेखि रु १८ हजारसम्म मात्रै व्यवसायीले कामदारबाट लिन पाउनेछन् । रासस

सक्षम र सुयोग्य न्यायाधीश नभए नियुक्ति नै गर्दिन: प्रधानन्यायाधीश श्रेष्ठ

CJshrestha

CJshresthaकाठमाडौं, साउन ११ : प्रधानन्यायाधीश कल्याण श्रेष्ठले सक्षम र सुयोग्य न्यायाधीश नपाए नियुक्ति नै नगर्ने बताएका छन् ।

सर्वोच्च अदालत बार एसोसिएसनद्वारा नवनियुक्त प्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई बधाई तथा तथा शुभकामना दिन आइतबार आयोजना गरिएको कार्यक्रममा बोल्दै प्रधानन्यायाधीश श्रेष्ठले न्यायपालिकामा योग्य, अनुभवी र क्षमतावान् न्यायाधीश मात्र नियुक्ति गर्ने बताए ।

उनले बार एसोसिएसन र बेञ्च प्रतिस्पर्धात्मक अङ्ग नभएकाले एक-अर्कासँग सहकार्य गरेर न्यायपालिका प्रति जनविश्वास बढाउन सक्रिय रुपमा काम गर्नुपर्ने आवश्यकता औँल्याए ।

संविधानमा लेखिएको कुरा फितलो हुन नहुने भन्दै प्रधानन्यायाधीश श्रेष्ठले भने, ‘संविधानको प्रारम्भिक मस्यौदाको मौलिक हक मात्र ३० वटा छन्, लेख्नु ठूलो कुरा होइन, त्यसलाई पूरा गर्ने कार्ययोजना बलियो हुनुपर्छ ।’

उनले सर्वोच्चमा प्रधानन्यायाधीश सहित ११ न्यायाधीश रहेको तर मुद्दा भने २२ हजार भएकाले जतिसक्दो छिटो न्याय दिन जटिल भएको बताए ।

सलमान विरुद्ध सडकमा उत्रिए मानिसहरु

salmankhan-smoking

salmankhan-smokingकाठमाडौं, साउन १० : बलिउड सुपरस्टार सलमान खान मुम्बई धमाकाका दोषी याकूब मेननको फाँसीको सजाय सुनाइएको बिषयमा शनिबार बेलुकी ट्विटमार्फत याकुब मेमनलाई फाँसी दिनु हुँदैन भन्दै ट्विट गरेपछि बिवादमा आएका छन् ।

भारतीय सञ्चार माध्यमले जनाएअनुसार सलमानको सो ट्विटपछि मानिसहरु सडकमा उत्रिएर सलमान विरुद्ध विरोध प्रदर्शन गरेका छन् । रिसाएका मानिसहरुले भारतको सतारामा सलमानको फिल्मी पोष्टरमा कालो पोतिदिएको पनि भारतीय समाचारमा उल्लेख छ ।

भारतीय अदालतले बम बिस्फोटमा आफ्ना दाजू टाइगर मेमन र दाउन इब्राहिमलाई आर्थिक रुपमा सहयोग गरेको भन्दै याकूब मेननलाई दोषी ठहर गरेको छ । अदालतले याकुबलाई मुख्य योजनाकार अन्तरर्गत राखेको छ ।

सलमानले भने एक निर्दोषलाई फाँसी दिनु मानवियताको हत्या गर्नु रहेको ट्विटमार्फत बताएका थिए । याकूब मेननलाई सन् २००७ सालमा विशेष अदालतले फाँसीको सजाँय सुनाएको थियो । एजेन्सी

उपत्यकालाई प्लास्टिक झोलामुक्त बनाउन पुन: अनुगमन गरिने

plastic-bag--------340__819446532

ललितपुर, साउन १० : सरकारले काठमाडौं उपत्यकालाई प्लास्टिक झोलामुक्त क्षेत्र बनाउने अभियानलाई पुन: सुरु गर्ने भएको छ ।

विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालय अन्तर्गतको वातावरण विभागले आज पत्रकार सम्मेलनमार्फत उक्त कुराको जानकारी गराएको हो ।

राजधानीलाई स्वच्छ सहरको रुपमा स्थापित गराउन सरकारले थालेको सो अभियान वैशाख १२ गतेको विनाशकारी भूकम्पका कारण रोकिएको थियो ।

विभागले वैशाख एकदेखि ११ गतेसम्म विभिन्न ठाउँमा गरिएको अनुगमनमा सरकारको निर्देशन बिपरित प्लास्टिक झोला बिक्री गर्ने १२ जना व्यापारीलाई नियन्त्रणमा लिई कारबाही अगाडि बढाएको विभागका महानिर्देशक सुरज पोखरेलले बताए ।

सो अवधिमा विभागले छ सय व्यवसायीको पसलमा अनुगमन गरेको थियो । उनले सरकारको निर्देशनअनुसार प्लास्टिक झोला प्रयोग नगर्न व्यवसायीलाई सुझाव दिने गरेको बताए ।

अनुगमनको क्रममा विभागले करिव ३० क्वीन्टल प्लास्टिक झोला नियन्त्रणमा लिएर राखेको र त्यसलाई प्रक्रिया पुर्‍याएर लिलामीको तयारी भइरहेको जानकारी दिए ।

विभागको संयोजकत्वमा नागरिक समाज, सञ्चारकर्मी, सुरक्षाकर्मी, स्थानीय निकायका प्रतिनिधि, कलाकारलगायत आठवटा टोली निर्माण गरी अनुगमनमा परिचालन गरिने जनाइएको छ। रासस

डोल्पाबाट तीन सय बत्तिस किलो यार्सागुम्बा निकासी

Yarsa-1

डोल्पा, साउन १० : यो वर्षको यार्सागुम्बा याममा डोल्पाबाट ३३२ किलो यार्सागुम्बा जिल्लाबाहिर निकासी गरिएको छ ।जिल्ला वन कार्यालयबाट ३२३ किलो यार्सागुम्बा निकासी पुर्जी लगिएको छ भने से फोक्सुन्डो राष्ट्रिय निकुञ्जबाट नौ किलोको मात्रै निकासी पुर्जी लगिएको छ ।Yarsa-1जम्मा ८७५ जनाले यार्सागुम्बा सङ्कलन पुर्जी लिए तापनि ३३२ किलोयार्सा यार्सागुम्बा मात्रै निकासी भएको जिल्ला वन कार्यालयले जनाएको छ । गत वर्षको तुलनामा यो वर्ष झन्डै ३३४ किलोग्राम यार्सागुम्बा कम निकासी भएको जिल्ला वन अधिकृत प्रेमशङ्कर चौधरीले जानकारी दिए ।

प्रतिनिकासी पुर्जीको रु १० हजारका दरले रु ३३ लाख २० हजार राजस्व सङ्कलन गरिएको छ । गत वर्ष यार्सागुम्बा निकासी पुर्जीबाटै रु ६६ लाख ३४ हजार ७०० बराबरको राजस्व सङ्कलन भएको थियो । गत वर्षभन्दा यस वर्ष ३५१ किलोग्राम धेरै यार्सागुम्बा निकासी भएको जिल्ला वन कार्यालयले जनाएको छ ।

यस वर्ष तुलनात्मक रुपमा कम भेटिएकाले यार्सागुम्बा बजारभाउ पनि कम भएकाले कम यार्सागुम्बा निकासी तथा सङ्कलन भएको कार्यालयले जनाएको छ । डोल्पाको यार्सागुम्बा छिमेकी राष्ट्र चीन, भारत, हङकङ, अमेरिका, सिङ्गापुर लगायतका राष्ट्रमा निर्यात गरिने गरिन्छ।

वैधानिक रुपमा हरेक वर्ष नगण्य मात्रामा व्यवसायीले निकासी पुर्जी जिल्ला वन तथा निकुञ्ज कार्यालयबाट लिने गरे तापनि अवैधानिक रुपमा हरेक वर्ष सयौँ किलोग्राम बराबरको यार्सागुम्बा निकासी हुने र त्यसबाट लाखौँ राजस्व छली हुँदै आएको अधिकांश सरोकारवालाको बुझाइ छ ।

यस्तो कार्य रोकथामका लागि सम्बन्धित निकायले यार्सागुम्बा जिल्लाबाहिर निकासी हुने सडक तथा हवाई नाकामा कडाइ गर्न जरुरी छ । रासस

संविधान भन्दा गाँस र बासको चिन्ता छ, चेपाङलाई

chepangs

chepangsचितवन, साउन १० : टन्टलापुर घाममा सुक्खा डाँडोमा फुको माटोको आली लगाउँछन् शक्तिखोर नयाँ टाँडीका ३४ वर्षीय लालबहादुर चेपाङ । आकासे पानीको भर भएकाले पानी पर्ने बित्तिकै रोपाइँ छोप्नु छ ।

बेलैमा काम नगरे हिउँदमा पेट भर्न सकिँदैन । छिमेकका दाजुभाइले यस्तै गरी भएको एक गरोमा रोपाइँ गरिसके । तर उनकोमा आली लागेको छैन । उनले दुखेसो गरे-‘के हुनु र सर ! चेपाङ जाति यस्तै हो । छ महिना अनिकाल छ महिना सहकाल, अहिले नगरे खान पाइँदैन ।’ जिन्सको पाइन्ट काटेर बनाइएको कट्टु लगाएका छन् ।

घामले डढेको शरीर नाङ्गै छ । घामले पसिनाको धारा छुटेपछि नजिकै एउटा घरको टाँडमा शीतल ताप्न आइपुगे । टाँडमा माइलो दाइ सोमबहादुर पनि छन् । पल्लो पाखामा प्रगति सामुदायिक वनको हलमा संविधानको प्रारम्भिक मस्यौदा माथि छलफल चलिरहेको थियो ।

प्रहरीको बाक्लै उपस्थिति सिधै देखिन्छ । कार्यक्रममा भए गरेका कुरा सुनिन्छ र प्रस्टै बुझिन्छ । नयाँटाँडीको तीन परिवारका कोही पनि सुझाव दिन गएनन् । तीन परिवारका तीनै जना पुरुष कट्टुको भरमा छन् । ‘के भइरहेको हो त्यहाँ,’ मैले अनभिज्ञता प्रकट गर्दै सोधेँ । ‘कार्यक्रम छ होला सर’ लालबहादुरले जवाफ दिए ।

महिलाका विषयमा खुलेरै कुरा गरिन् तिनले । ‘तपाईं त जानुपर्ने नी कार्यक्रममा’ मेरो कुरो खस्न नपाउँदै हीराले भनिन् -‘केलाई बुझ्ने हाम्रो लागि ‘हात्ती आयो हात्ती आयो फुस्सा’ हाम्रो कुरा सुन्दै सुन्दैन, महिलाको कुरा लेखिँदैन, भए पनि हाम्रो लागि लेखिँदैन ।’

किन नगएको त रु अर्का चेपाङ सोमबहादुरले भने, ‘खै सर हामी गएर के काम, ठूला मान्छे जाने थाममा ।’ बीचैमा कुरा काट्दै हीरा चेपाङले भने- ‘संविधान बनाउन लाग्या, सुन्थेँ मैले त ।’ शक्तिखोरको बेँसीमा बसेकीले होला बोल्नमा फरासिली देखिन्थिन् हीरा ।

महिलाका विषयमा खुलेरै कुरा गरिन् तिनले । ‘तपाईं त जानुपर्ने नी कार्यक्रममा’ मेरो कुरो खस्न नपाउँदै हीराले भनिन् -‘केलाई बुझ्ने हाम्रो लागि ‘हात्ती आयो हात्ती आयो फुस्सा’ हाम्रो कुरा सुन्दै सुन्दैन, महिलाको कुरा लेखिँदैन, भए पनि हाम्रो लागि लेखिँदैन ।’

‘अब अधिकार लेखेको छ, केही जानी श्रीमान् श्रीमती छुट्यो भने सात वर्षसम्म बच्चा पालेर फेरि बूढालाई फर्काउनुपर्ने रे, यत्रो हुर्कायो बढायो, जिन्दगीभर बच्चा श्रीमतीले राख्न पाउनुपर्‍यो, मायाँ त हामीलाई बढी हुन्छ नि’ काखमा बच्चा खेलाउँदै हीराले मनको कुरा खोलिन् ।

सँगै नजिकमा श्रीमान् नरबहादुर चेपाङ पनि बसिरहेका थिए । तपार्ईंलाई श्रीमतीको कुरा मन पर्‍यो ? नरबहादुरले भने, ‘हैन, बच्चा त हाम्ले नै राख्नुपर्छ, उ अर्कोमा गए त फेरि पाई हाल्छ नि,’ श्रीमान् श्रीमतीकै मत बाँझियो । यो कुरा उनीहरुले आफ्नै घर परिवारबाट थाहा पाएका रहेछन् ।

सुरुमा कुरा खुस्किन्छ कि भनेर सचेत हुँदै थिए उनीहरु । विस्तारै कुरा खुल्दै गयो । परिवारमा यो एउटा सत्य कथा नै बन्न पुगेछ । हीरा र नरबहादुर श्रीमान् श्रीमती । हीराका मामा पर्दा रहेछन् बमबहादुर, सोमबहादुर र लालबहादुर । उनीहरु क्रमश: जेठा, माइला र साइला दाजुभाइ हुन् । सोमबहादुरकी श्रीमती शान्ति पाँच वर्षअघि श्रीमान् छाडेर अर्कैसँग गइन् ।

‘अब अधिकार लेखेको छ, केही जानी श्रीमान् श्रीमती छुट्यो भने सात वर्षसम्म बच्चा पालेर फेरि बूढालाई फर्काउनुपर्ने रे, यत्रो हुर्कायो बढायो, जिन्दगीभर बच्चा श्रीमतीले राख्न पाउनुपर्‍यो, मायाँ त हामीलाई बढी हुन्छ निु काखमा बच्चा खेलाउँदै हीराले मनको कुरा खोलिन् ।

एक छोरा र एक छोरी गरी दुई बच्चा अहिले सोमबहादुरसँगै छन् । छाडेर गएकी शान्तिले ती बच्चा हुर्काएपछि फिर्ता गरेकी रहिछन् । हीराले भनिन् – ‘माइजूले पालेर हुर्केपछि छाडेर जानुभएको ।’ यही जानेर उनले आमासँगै बच्चा हुनुपर्छ भनेकी हुन् । घरमा बढी रक्सी खाएर बस्ने गरेकाले उनी गएकी भनेर उनीहरुले नै भने । ‘खै सर ! रक्सी नखाई मनले मान्दैन, छाडौँ भनेको हो, जाँगरै आउँदैन, ‘रक्सी नखान गरेको आग्रहमा लालबहादुरले जवाफ दिए । रक्सीकै कारण जेठा बमबहादुरकी श्रीमती पनि अर्कैसँग गएकी रहिछन् ।’

यी बालबच्चा पाल्न पढाउन धौधौ हुन्छ, चेपाङलाई राहत आउँछ, उही लेकमा लान्छ, हामी तलका चेपाङ हेरेको हेर्‍यै, अनि कसले गर्ने हाम्लाई सहयोग’- हीराले भनिन् । चुनाव हुँदा नेता आएर यस्तो गर्छु र उस्तो गर्छु भनेको उनीहरुलाई ताजै छ । ‘अहिले खै ?’ घाम लाग्यौँ अस्तायो, हीराले भनिन् ।

उनीहरुसँग यसरी कुरा गरिरहँदा मङ्गलबार शक्तिखोरको उक्त सामुदायिक वनभित्र सुझाव सङ्कलनपछि कार्यक्रम समापनका क्रममा सभासद् शेषनाथ अधिकारी बोल्दै थिए ।

पीडित सीमान्तकृत जनताका लागि सरकारले सहयोग गर्ने अधिकारीले बताइरहँदा ती चेपाङ हात्ती आयो, हात्ती आयो फुस्सा भनेर उडाइरहेका थिए । सुझाव सङ्कलन केन्द्रमा ती परिवारमध्येका वृद्ध बुबा जीतबहादुर गएका थिए । सुझाव दिन नभई के भएको रहेछ भनेर हेर्न गएका हुन् उनी ।

तर उनले खासै कुरो बुझेनछन् । ‘उही दलित, चेपाङको कुरो आयो, नागरिकताको कुरो आयो, बाउ (बाबु) आमा भए नागरिकता हुन्छ रे, अलिपछि आको कुरोको मेसै भएन न पो सर ।’

पीडित सीमान्तकृत जनताका लागि सरकारले सहयोग गर्ने अधिकारीले बताइरहँदा ती चेपाङ हात्ती आयो, हात्ती आयो फुस्सा भनेर उडाइरहेका थिए । सुझाव सङ्कलन केन्द्रमा ती परिवारमध्येका वृद्ध बुबा जीतबहादुर गएका थिए । सुझाव दिन नभई के भएको रहेछ भनेर हेर्न गएका हुन् उनी ।

तपार्इंहरुलाई के भए राम्रो हुन्थ्योभन्दा जीतबहादुरले भने- ‘खान लाउन पाइँदैन, पाए त हुन्थ्यो ।’ नाम छुट्छ कि भन्ने चिन्तामा थिए उनी । ‘नाम चाहीँ जीतबहादुर लेख्नु है सर’ अन्त्यमा उनले आग्रह गर्दै भने ।

भित्तामा मात्रै चेपाङ -

शक्तिखोरको प्रगति सामुदायिक वनको जुन हलमा सुझाव सङ्कलन हुँदै थियो, त्यहाँको भित्तामा २५ भन्दा बढी चेपाङका नाम लेखिएका छन् । उनीहरु सबै सामुदायिक वनका सदस्य छन् ।

राजबहादुर, जयबहादुर, दिलबहादुर, मानबहादुर, साुनमायाँ, हरिमायाँ, पार्वतीलगायत छन् । सभासद् बसेको पछाडि ब्यानरसँगै उनीहरुका नाम छन् । तर भित्तामा लेखिएका चेपाङसमेत सुझाव दिन आएनन् ।

सामुदायिक वनका कार्यालय सचिव विकास श्रेष्ठ २२ घर चेपाङ सदस्य रहेको र दुई जनामध्ये सुकमायाँ प्रजा कार्यसमिति सदस्य तथा दिलबहादुर चेपाङ सल्लाहकार रहेको बताउँछन् ।

सुझाव सङ्कलन केन्द्रमा रहेका करिब २०० प्रतिनिधिमध्ये जम्मा तीन जना चेपाङले बोले । एकजना अर्कै जातिका केपीकिरण शर्माले चेपाङका कुरा उठाउँदै एकीकृत बस्ती व्यवस्थापनमा जोड दिए ।

चेपाङका अनुसार एक लाखभन्दा बढी चेपाङ नेपालमा छन् । नेपालमा सरकारी तथ्याङ्कमा ६८ हजार चेपाङ रहेका छन् । सभासद् काशीनाथ अधिकारीले सुझाव जस्ताको तस्तै संविधानसभामा पुर्‍याउने बताए ।

केही चेपाङ बाहिर झ्यालबाट रमिता हेरिरहेका थिए । बोल्ने चेपाङ कुनै राजनीतिक दल र सङ्घसंस्थामा काम गरेका अगुवा थिए । चेपाङ गाउँमै भएको सुझाव सङ्कलनमा उनीहरुको न्यून उपस्थिति हुनु विडम्बना थियो । चितवनमा करिब ३२ हजार भन्दा चेपाङको बसोबास छ ।

शक्तिखोरका स्थानीय दलबहादुर चेपाङले चेतनाको र जानकारीको अभावमा चेपाङको सहभागिता कम भएको बताए । उनले खान लगाउन पर्याप्त भए भने चेपाङ खुसी हुने अनुभव सुनाए ।

त्यसका लागि सीप, शिक्षा र रोजगारी दिनुपर्ने अर्का चेपाङ दामरामले बताए । सुझाव दिने क्रममा बोलेका तीन जना महेन्द्र चेपाङ, दलबहादुर चेपाङ र डिल्लीराज चेपाङले करिब करिब एउटै कुरा भने । उनीहरुले लिखितरुपमै सुझाव दिए।

उनीहरुको माग यस्तो छ -

१. तीनसाले खोरियाको पुर्जा उपलब्ध हुनुपर्ने ।
२. चेपाङका बालबालिकालाई निःशुल्क बस्ने बाससहितको उच्च शिक्षा हुनुपर्ने ।
३. हरेक दल तथा संस्थामा चेपाङ चेपाङबीच प्रतिस्पर्धा गराएर सहभागी सुनिश्चित गर्नुपर्ने ।
४. समावेशी रुपमा राज्यको अङ्गमा सहभागी गराइनुपर्ने ।
५. प्राविधिक र व्यावसायिक सीप विकासको ग्यारेन्टी हुनुपर्ने ।
६. स्वास्थ्यमा सहयोग र राउटेलाई जस्तै सामाजिक सुरक्षा भत्ता हुनुपर्ने ।
७. परम्परागत पेसा र ज्ञान सीपको संरक्षण गर्नुपर्ने ।
८. भूमिहीन चेपाङलाई भूमि र आवास नभएकालाई आवास उपलब्ध गराइनुपर्ने ।
९. शिक्षाअनुसारको रोजगारी दिनुपर्ने ।

चेपाङका अनुसार एक लाखभन्दा बढी चेपाङ नेपालमा छन् । नेपालमा सरकारी तथ्याङ्कमा ६८ हजार चेपाङ रहेका छन्। सभासद् काशीनाथ अधिकारीले सुझाव जस्ताको तस्तै संविधानसभामा पुर्‍याउने बताए ।

चेपाङहरु छ महिना अनिकाल र छ महिना सहकालमा बस्छन् । खाद्यान्न सकिएपछि जङ्गली गिठ्ठा र भ्याकुरमा उनीहरुको जीवन निर्भर रहन्छ । रासस

मुटुमा समस्या देखिएपछि पूर्व युवराज पारस अस्पतालमा भर्ना

ANG_8220

ANG_8220काठमाडौं, साउन १० : मुटुमा समस्या देखिएपछि पूर्व युवराज पारस शाह नर्भिक अस्पतालमा भर्ना भएका छन् ।

मुटुको परीक्षणपछि चिकित्सकहरुले पेस मेकर राख्न सल्लाह दिएपछि उनी अस्पताल भर्ना भएका हुन् । उनको आइतबार राति मुटुमा पेस मेकर राखिने अस्पताल स्रोतले जानकारी दिएको छ ।

आइतबार मध्यान्ह १२ बजे पारस छोरा हृदयेन्द्रलाई लिएर अस्पताल पुगेका थिए । तीन वर्ष थाइल्याण्ड बस्दा पनि उनको मुटुमा समस्या देखा परेपछि उनी लामो समय अस्पताल बसेका थिए ।

संविधान जारी हुन ढिलो भए संविधानसभा खारेज हुने: महासचिव महरा

Krishna_Bdr_Mahara

काठमाडौं, साउन १०: एनेकपा (माओवादी) का महासचिव कृष्णबहादुर महराले जतिसक्दो छिटो संविधान जारी गर्नुपर्ने धारणा व्यक्त गरेका छन् ।

Krishna_Bdr_Mahara

राष्ट्रिय ख्रीष्टियन महासङ्घ, नेपालले राजधानीमा आयोजना गरेको वृहत सभालाई सम्बोधन गर्दै उनले संविधान जारी हुन ढिलो भए संविधानसभा खारेज हुन सक्ने चेतावनी दिए । ‘नयाँ संविधान, २०७२ मा धर्मनिरपेक्षता र पूर्ण धार्मिक स्वतन्त्रता’ विषयक सभामा महासचिव महराले धार्मिक सापेक्षतावाद विरुद्ध लड्ने पहिलो पार्टी एनेकपा (माओवादी) भएको ठोकुवा गरे ।

उनले राज्यको कुनै धर्म हुन नहुने बताउँदै धार्मिक स्वतन्त्रता र धर्म निरपेक्षताबाट मात्र सबै धर्मको अस्तित्व कायम हुने बताए ।

उनले राजतन्त्रको अन्त्य, धार्मिक सापेक्षतावाद, लोकतान्त्रिक गणतन्त्र र सङ्घीयताको मुद्दालाई तार्किक निष्कर्षमा पुर्‍याउने पार्टी एनेकपा माओवादी भएको उल्लेख गरे ।

पूर्वसभासद् कुसवाहालाई सार्वजनिक अपराधमा १५ दिने म्याद थप

shiwachandra_kushwaha_18247

कलैया, साउन १० : जिल्ला प्रहरी कार्यालयले पूर्वसभासद् शिवचन्द्र कुसवाहालाई सार्वजनिक अपराधमा हिरासतमा लिई थप अनुसन्धानका लागि आज जिल्ला प्रशासन कार्यालयबाट १५ दिन म्याद थप गराएको छ ।

shiwachandra_kushwaha_18247

यही साउन ३ गते जग्गा सम्बन्धमा वरियारपुर गाउँमा दुवै पक्षबीच झैँझगडा, मारपिट, तोडफोड भएको घटनाको विषयमा छलफलका लागि पूर्वसभासद् कुसवाहालाई यही साउन ८ गते जिल्ला प्रहरी कार्यालयमा बोलाइएको थियो ।

छलफल गरिरहेको अवस्थामा कुसवाहाले प्रहरी उपरीक्षक लोकेन्द्रबहादुर मल्ल र प्रहरी नायब उपरीक्षक रवीन्द्र रेग्मीसमेतलाई अपशब्द, दुव्र्यवहार गरेपछि प्रहरीले निजलाई हिरासतमा लिई सार्वजनिक अपराधमा कारवाही चलाएको थियो ।

पूर्वसभासद् कुसवाहा पहिलो संविधानसभाको निर्वाचनमा निर्वाचन क्षेत्र २ बाट एमाओवादीबाट निर्वाचित भएका थिए ।रासस

1 1,140 1,141 1,142 1,143 1,144 1,242