Author Archives: डिजिटल दैनिक

पाकिस्तानमा १ सय ७ स्कुलको नाम फेरियो

Pakistan-mourns-Peshawar-school-massacre-armypublicschool-warsak-kp-tears_12-17-2014_168917_l
FacebookTwitterGoogle+PrintEmailShare

Pakistan-mourns-Peshawar-school-massacre-armypublicschool-warsak-kp-tears_12-17-2014_168917_lकाठमाडौं, फाल्गुन २३ : पाकिस्तानले १ सय ७ स्कूलको नाम बदलेर गत वर्ष पेशावरमा मारिएका व्यक्तिको नाममा राखेको छ ।

पेशावरकै रहेको ६० भन्दा बढी स्कूलको नाम मारिएका स्कूले बालबालिकाको नाममा राखिएको हो । गतवर्षको डिसेम्बर १६ मा तालिबान आतंकवादीले पेशावरको सैनिक विद्यालयमा आक्रमण गरी १५० जनाको हत्या गरेका थिए ।

मारिनेमा धेरैजसो बालबालिका थिए । मृतकको सम्झना र आतंकवादी क्रियाकलापविरुद्ध सन्देश दिन स्कुलको नाम फेरेर मृतकको नाममा राखिएको त्यहाँको सरकारले जनाएको छ । एजेन्सीको सहायता

पाकिस्तानद्वारा दक्षिण अफ्रिकालाई २२३ रनको चुनौति

timthumb (1)

timthumb (1)काठमाडौं, फाल्गुन २३ : विश्वकप क्रिकेटमा पाकिस्तानले दक्षिण अफ्रिकालाई २ सय २३ रनको चुनौती दिएको छ ।
वर्षाका कारण खेल केहीबेर रोकिएपछि ४७ ओभरमा छोट्ट्याईएको थियो ।

पाकिस्तानले निर्धारित ४७ ओभरमध्ये ४६.४ ओभरमा अलआउट हुँदै २२२ रन बनाएको हो । पाकिस्तानका लागि कप्तान मिसवाहउलहकले सर्वाधिक ५६ रनको योगदान दिए । यस्तै युनिस खान ३७,सर्फराज अहमदले ४९, सहिद अफ्रिदीले २२ रनको योगदान दिए।

अफ्रिकाका लागि ड्याल स्टेफेनले ३ विकेट लिए । एजेन्सी

वेस्टइन्डिजले भारतसमक्ष १ सय ८२ रनको विजय लक्ष्‍य प्रस्तुत, गेल भारतविरुद्ध भने चल्न सकेनन्

westindies_734422376

westindies_734422376काठमाडौं, फागुन २२ : विश्‍वकपमा क्रिकेटमा वेस्टइन्डिजले भारतसमक्ष १ सय ८२ रनको विजय लक्ष्‍य प्रस्तुत गरेको छ । टस जितेर ब्‍याटिङ गरेको वेस्टइन्डिजले निर्धारित ५० ओभरको खेलमा ४४.२ ओभरमै सबै विकेट गुमाउँदै १ सय ८२ रन बनायो ।

वेस्टइन्डिजका ज्‍यासन होल्‍डरले ६४ बलमा ४ चौका र ३ छक्‍का प्रहार गर्दै सर्वाधिक ५७ रन जोडे भने  डारेन समीले  ५५ बलमा २ चौकाको मद्दतले २६ रन  बनाए ।

gris_gyleयस्तै ग्रिस गेल र जोन्‍नाथन कार्टरले समान २१/२१ रन बनाए । गेलले २७ बलमा २ चौका र एक छक्‍का प्रहार गरे भने कार्टरले ४३ बलमा ३ चौका मात्रै बनाए ।

भारतका लागि विस्फोटक मानिएका ब्याट्समयान ग्रिस गेल क्‍याच आउट भएपछि वेस्टइन्डिजको प्रदर्शन फितलो रह्‍यो । यस्तै जेरोम टेलररले ११ रन, लेन्डल सिमोन्‍सले ९ रन बनाए भने ड्‍वाइन स्मिथले ६ रन बनाए ।

भारतका मोहमद समिले सर्वाधिक ३ विकेट लिए भने उमेश यादव र रबिन्द्र जडेजाले समान २/२ विकेट लिए । यस्तै  रबिचन्द्रन आश्‍विन र मोहित शर्माले समान १/१ विकेट लिए । एजेन्सी

 

 

 

एक हप्तासम्म नुन नखाँदा तपाईंको शरीरमा हुने आश्चर्यजनक परिवर्तन

Salt_293454a

Salt_293454aकाठमाडौं, फागुन २२ : एक हप्तासम्म नुन नखाँदा तपाईंको शरीरमा आश्चर्यजनक परिवर्तन हुने बताइएको छ । नुन नखाँदा तपाईं लामो समयसम्म बाँच्न सक्नुहुन्छ ।

धेरै नुन खाँदा ब्लडप्रेसर बढ्ने गर्दछ जुन बढिरहेको उमेरका लागि राम्रो होइन । त्यसकारण एक हप्तासम्म नुन नखाँदा तपाईं स्वस्थ जीवनशैलीतर्फ उन्मुख हुनु हुनेछ । तपार्ईंको खानामा नुनको मात्रा कम गर्दा हुने फाइदाहरु यसप्रकार रहेका छन् ।

१. यसले शरीरलाई सन्तुलित राख्ने गर्दछ :

अत्यधिक नुनको प्रयोगले शरीरको सन्तुलन बिग्रने गर्दछ । त्यसकारण एक हप्तासम्म खानामा नुनको मात्रा हटाउँदा तपाईंको स्वास्थ्यमा निकै धेरै परिवर्तन आउने गर्दछ जसले तपाईंको शरीरलाई स्वस्थ राख्ने गर्दछ ।

२. शरीरलाई हाइड्रेट राख्ने गर्दछ : खानामा नुनको प्रयोगले शरीरलाई डिहाइड्रेसन गराउँदछ । यदि तपाईं गर्मी मौसममा आफ्नो शरीरलाई हाइड्रेट राख्न चाहनुहुन्छ भने तपाईंले आफ्नो भोजनमा यसको मात्रा घटाउनु पर्ने हुन्छ ।

३. तौल कम हुनु : नुन नखानुको अर्को फाइदा भनेको यसले तपाईंको शरीरमा रहेको बोसोलाई कम गर्नमा मद्वत गर्ने गर्दछ । जो व्यक्तिहरु नुन खाँदैनन् उनीहरुको तौल निकै कम हुने गर्दछ ।

४. अत्यधिक उर्जा : यो सुन्दा तपाईंलाई अचम्म लाग्ला तर नुन नखाँदा तपाईं अझ बढि सक्रिय र उर्जावान् हुनुहुनेछ ।

५. रक्तचापलाई कम गर्दछ : नुन कम खाँदा वा नखाँदा तपाईंको शरीरमा रक्तचापको मात्रा कम हुने गर्दछ ।

६. रोगहरुबाट राख्छ टाढा : खानामा नुनको मात्रा कम गर्ने व्यक्तिहरुलाई गम्भीर प्रकारको रोग जस्तै क्यान्सरबाट बचाउने गर्दछ । खानामा नुनको मात्रा अत्यधिक हुँदा यसले पेटको क्यान्सर, मृगौलासँग सम्बन्धित रोग तथा पेट र अन्य किसिमका रोगहरु लाग्दछ ।

८. हृदयघातबाट टाढा राख्ने गर्दछ :  हृदयघातको एक प्रमुख कारण नुन हो । यदि तपाईं आफ्नो खानामा नुनको मात्रा कम गर्नुहुन्छ भने तपाईंको रगतको स्तर सामान्य हुने गर्दछ । यसले तपाईंको दिमाग सक्रिय रहन मद्दत गर्दछ जसका कारण हृदयघातको सम्भावना निकै कम हुने गर्दछ ।

९. हड्डीहरुलाई स्वस्थ राख्नमा मद्वत : जब तपाईं अत्यधिक नुन खानुहुन्छ तब तपाईंको हड्डीमा भएको क्याल्सियमको मात्रा नष्ट हुने गर्दछ । यसका कारण ओस्टियोपोरोसिस हुने गर्दछ जुन स्वास्थ्यका लागि पक्कै राम्रो होइन । त्यसकारण खानामा नुन कम खाँदा तपाईं लामो समयसम्म बाँच्नु हुनेछ । वृद्ध मानिसहरुका लागि यसको सेवन पूर्ण रुपमा बन्द गर्नुपर्ने हुन्छ ।

१०. मधुमेह : नुनका कारण रक्तचाप बढ्ने गर्दछ जसका कारण मधुमेह हुनसक्छ ।

११. सुन्निने समस्या कम गर्नमा सहायक : जब तपाईंको पूरै शरीर सुन्निने गर्दछ । यसको प्रमुख कारण भनेको नुनको सेवन नै हो । नुनको प्रयोग बन्द गरेर एकपटक हेर्नुहोस्, तपाईंको शरीर सुन्निँदैन ।

१२. मृगौलाको समस्या : जब तपाईं अत्यधिक मात्रामा नुनको सेवन गर्नुहुन्छ तब त्यसको दबाब बढ्ने गर्दछ जसको परिणामस्वरुप मृगौलाबाट निकै धेरै क्याल्सियम उत्सर्जित हुने गर्दछ जसले पत्थरी हुने गर्दछ । एजेन्सीको सहायता

इन्टरनेट प्रयोग कर्ताका लागी खुशीको खबर, नेपाललाई सित्तैमा इन्टरनेट सेवा दिने तयारी

FB Said -Outage Was Not Caused By Anonymous

FB Said -Outage Was Not Caused By Anonymousकाठमाडौं, फागुन २२ : नेपालमा हाल ४० लाखको हाराहारीमा रहेका फेसबुक लगायत इन्टरनेट प्रयोग कर्ताका लागी खुशीको खबर छ । फेसबुकले छिट्टै नै नेपाललाई सित्तैमा इन्टरनेट सेवा दिने तयारी गरिरहेको छ ।

फेसबुकको अगुवाईमा सुरु भइरहेको इन्टरनेट डट ओआरजी अभियान अन्र्तगत यसै बर्षभित्र नेपाल लगायत विश्वका झण्डै एक सय मुलुकका गरिव जनतालाई यस्तो सेवा दिन लागेको फेसबुकले जनाएको छ । बिहिबार आयोजीत एक कार्यक्रममा फेसबुकका प्रवक्ताले यो महत्वकांक्षी योजना यो यही बर्ष भित्रमा नै विस्तार गर्ने बताए।

फेसबुकले अहिले भारत, जाम्बिया, तान्जानिया, केन्या, घाना र कोलम्बियामा त्यहाँका मोबाइल सेवा प्रदायकहरुसँग मिलेर इन्टरनेटसँग नजोडिएका जनतालाई सित्तैमा इन्टरनेट विस्तार गरिरहेको छ । यो परिक्षणबाट उत्साहित फेसबुकले सन् २०१५ को अन्त सम्ममा करिव एक सय मुलुकमा यो सेवा बिस्तार गर्ने तयारी गरिरहेको प्रवक्ता ड्यानिलले जानकारी दिए ।

फेसबुकले यस्तो सुबिधा सित्तैमा दिने भएपछि नेपाली लगायत अन्य विकासोन्मुख मुलुकका जनताले राहत पाउने इन्टरनेट डट ओरजीका उपाध्यक्ष ड्यानियलले बताए । एजेन्सीको सहयोगमा

 

अष्ट्रेलियाको विश्वकप इतिहासकै सबैभन्दा उच्च स्कोर, अफगानिस्तानलाई ४ सय १८ रनको चुनौती

Glenn+Maxwell+England+v+Australia+2015+ICC+7ok-uOrmaAjl

Glenn+Maxwell+England+v+Australia+2015+ICC+7ok-uOrmaAjlकाठमाडौं, फागुन २० : अष्ट्रेलियाले विश्वकप इतिहासकै सबैभन्दा उच्च स्कोरको रेकर्ड बनाएको छ । बुधबार भएको खेलमा अष्ट्रेलियाले भारतको नाममा रहेको ४ सय १३ रनको रेकर्ड तोड्ने क्रममा ४ सय १७ रन जोड्यो ।

भारतले बर्मुडाका खिलाफ विश्वकपमा यो रेकर्ड बनाएको थियो । जारी विश्वकपमा भने ४ सय रन पार भएको यो तेस्रो अवसर हो ।

यअसघि दक्षिण अफ्रिकाले वेस्ट इण्डिज र आयरल्याण्डका लागि ४ सय रन पार गरेको थियो । विश्वकपको उच्च स्कोरको रेकर्ड तोड्ने क्रममा डेविड वार्नरले १ सय ७८ रनको सानदार पारी खेले ।

यस्तै स्टेभन स्मिथले ९५ र गेलेन म्याक्सवेलले ८८ रनको योगदान गरे ।

अफगानिस्तानका लागि सपूर जद्रान र दौलत जद्रानले समान २ तथा हमिद हसनले १ विकेट लिए ।

दिल्लीका मुख्यमन्त्री, केजरिवालले राजीनामा दिए

arvind-kejriwal

arvind-kejriwalकाठमाडौं, फागुन २० : दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आम आदमी पार्टीको संयोजक पदबाट राजीनामा दिएका छन् ।

केजरिवालले मुख्य मन्त्री भएपछि प्रशासकीय कार्यमा आफ्नो व्यस्तता बढेको र आफू पुरै समय दिल्लीबासीका लागि दिनुपर्ने भएकाले पार्टी संयोजक पदबाट राजीनामा दिएको बताएका छन् ।

 

विश्वकप क्रिकेट प्रतियोगितामा पाकिस्तानको दोस्रो जित

327410-pakistan-odi-celeb2-700

327410-pakistan-odi-celeb2-700काठमाडौं, फागनु २० : विश्वकप क्रिकेट प्रतियोगितामा पाकिस्तानले दोस्रो जित दर्ता गरेको छ । पहिलो दुई खेलमा पराजित भएको पाकिस्तानले त्यसपछि लगातार दुई जित दर्ता गरेको हो ।

बुधबार भएको चौंथो खेलमा पाकिस्तानले युएईलाई १ सय २९ रनले पराजित गर्‍यो । ३ सय ४० रनको विजयी लक्ष्य पछ्याएको युएईले ५० ओभरमा ८ विकेट गुमाएर २ सय १० रन जोड्यो । उसका लागि साइमन अनवरले सर्वाधिक ६२ रनको योगदान गरे ।

पाकिस्तानका शाहिद अफ्रिदी, वाहाव रियाज तथा सोहैल खानले समान २ तथा राहत अली र सोएव मकसूदले १–१ विकेट लिए ।

यसअघि पहिलो पटक ३ सय रनको आंकडा पार गर्ने क्रममा पाकिस्तानले ६ विकेट गुमाएर ३ सय ३९ रन जोडेको थियो । पाकिस्तानलाई सम्मानजनक स्थितिमा पु¥याउने क्रममा अहमद सेहजादले ९३, हरिस सोहेलले ७०, कप्तान मिसवाह उलहकले ६५ तथा सोएब मक्सुदले ४५ रनको योगदान गरे ।

युएईका लागि मञ्जुला गुर्गेले ४ तथा मोहमद नभिदले १ विकेट लिए ।

मल्लिका शेरावतलाई अदालतको झमेला

1305702064mallika_sherawat-3-650x700-2008-12-16

1305702064mallika_sherawat-3-650x700-2008-12-16काठमाडौं, फागनु २० : मल्लिका शेरावत अभिनित ‘डर्टी पोलिटिक्स’को रिलिज रोक्ने आदेश दिएको छ ।  दायर गरिएको याचिकामा भारतको झण्डाले मल्लिकाले आफ्नो शरिर छोपेको एक दृश्यमाथि आपति जनाइएको थियो ।

आगामी शुक्रबार रिलिज हुन लागेको फिल्मबाट विवादित दृश्य नहटाएसम्म रिलिज नगर्न अदालतले आदेश दिएको छ । याचिकाकर्ताले आफ्नो याचिकामा सो दृश्यले राष्ट्रिय झण्डाको अपमान गरेको दाबी गरेका थिए । अदालतले दुबै पक्षको कुरा सुनेपछि फैसलामा सेन्सर बोर्ड र सम्बन्धित प्रशासनलाई पनि निर्देश जारी गरेको छ ।

यस अघि फिल्मको १३ फरवरीको रिलिज मिति सरेको थियो। अदालतको यो आदेशपछि फिल्मको रिलिजमा अन्योल उत्पन्न भएको छ।

विदेश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ

काठमाडौं, फागुन१९ : गैरकानुनी रुपमा रोजगारीको लागि पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने कार्यमा संलग्न ३८ वर्षीय रामएकवाल चौधरीलाई महानगरीय अपराध महाशाखाले मंगलबार पक्राउ गरेको छ ।

चौधरीले बारा अमाव गाविस–४ का २४ वर्षीय उत्तम चौधरीलाई ७ लाख रुपैयाँमा वार्किङ भिसा पोल्याण्ड पठाइदिन्छु भनि ३ लाख रुपैयाँ लिई ठगी गरी करीव १ बर्षदेखी भागी फरार रहेको भन्दै पीडितले सोमबार निवेदन दिएपछि धापासीबाट प्रहरीले पक्राउ गरेको हो ।

चौधरीलाई थप अनुसन्धान एवं कारवाहीको लागि बैदेशिक रोजगार विभाग काठमाडौं तिनकुनेमा पठाइएको छ ।

 

1 1,166 1,167 1,168 1,169 1,170 1,175