Author Archives: डिजिटल दैनिक

सातौं पटक जिब्रो छेडे जुजुभाईले (फोटो फिचरसहित)

DSC_5947a
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं, बैशाख २ : भक्तपुरस्थित मध्यपुर थिमीको बोडेमा प्रत्येक वर्ष वैशाख २ गते मनाइने जिब्रो छेड्ने जात्रा मनाइएको छ ।

जात्रामा यस वर्ष पनि बोडेका ३४ वर्षीय जुजुभाई बाँस श्रेष्ठले फलामको १० इन्चको सियोले जिब्रो छेडाएका छन् । विगत ६ वर्षदेखि जिब्रो छेड्न थालेका श्रेष्ठले यस वर्ष पनि संस्कृतिलाई जोगाई राख्न सातौं पटक जिब्रो छेडेका हुन्।

DSC_5963a

DSC_5959a

DSC_5947a

DSC_5930a

DSC_5923a

DSC_5918a

DSC_5894a

वागमती पुलमा एक पुरुषको शव फेला

dead-body-found-near-UN-Park-Bridge

dead-body-found-near-UN-Park-Bridgeकाठमाडौं, बैशाख २ : युएन पार्क नजिकको वागमती पुलमा एक पुरुषको शव फेला परेको छ ।

पुल र पिलरको बीचमा माथिपट्टी सुताएर राखेको अवस्थामा शव फेला परेको हो । प्रहरीको शवलाई निकालेको छ । शवको पहिचान भने हुन सकेको छैन ।

कसैले १०-१५ दिन अघि नै हत्या गरेर शव राखिदिएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।

शव परीक्षणको लागि शिक्षण अस्पताल महाराजगन्ज लगिएको छ ।

dead-body-found-near-UN-Park-Bridge-1

ह्वाइट हाउसमा बम पड्काउने धम्की दिने दुर्इ नेपाली पक्राउ

Bhagirath_Koirala_Guru_Dhimal_849344584

Bhagirath_Koirala_Guru_Dhimal_849344584काठमाडौं, बैशाख २ : अमेरिकी राष्ट्रपतिको भवन ह्वाइट हाउसमा बम हान्नी ध्वस्त परिदिने धम्की दिने दुर्इ नेपालीलार्इ अमेरिकन प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुले त्यहाँस्थित ९११ टोल फ्रि नम्बरमा फोन गरेर आफूहरुलार्इ अलकायदाका सदस्यको परिचय दिर्इ ह्वाइट हाउस बमले उडाउने धम्की दिएका थिए ।

आतंक फैलाएको अभियोगमा प्रहरीले गुरु धिमाल र भगिरथ कोइरालालाई पक्राउ गरेको छ । गत सोमबार अदालतमा पेश गरिएका उनीहरुलाई रिहाईका लागि २५ हजार डलर धरौटी माग गरिएको छ ।

अन्तिम सुनुवाई भने अप्रिल २१ तारिखमा हुँदैछ ।

प्रचण्डले गल्ती सुधारे मोर्चा फेरि एक हुनसक्ने : यादव

timthumb (1)

timthumb (1)काठमाडौं, बैशाख २ : मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले एमाओवादीका अध्यक्ष तथा ३० दलीय मोर्चाका संयोजक प्रचण्डले गल्ती सुधारे मोर्चा फेरि एक हुनसक्ने बताएका छन् ।

बुधबार रिर्पोटर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै यादवले प्रचण्डले दुईवटा डुंगामा चढ्दा ३० दलीय मोर्चामा विभाजन आएको आरोप लगाए ।

‘प्रचण्डले दुुईवटा डुंगा चढ्दाको परिमाण आइसकेको छ, आन्दोलन र वार्तामध्ये एउटा रोज्नुपर्छ दुई धारको राजनीति छोड्नुपर्छ उनले भने ।‘

यादवले प्रचण्डले अरुलाई उपयोग गर्ने थाहाँ हुँदाहुँदै पनि परिस्थितिले सहकार्य गरेको स्पष्ट पारे ।

प्रचण्डले मधेसी र जनजातिलाई प्रयोग गर्न नसक्ने ठोकुवा गर्दै उनले नौ बुँदे प्रस्ताव त्यागेर संविधान बनाउन खोजे मधेसी र जनजातिको छुट्टै मोर्चा बनाएर आन्दोलनमा जाने चेतावनी समेत दिए ।

विवादपछि क्यानको सिइओ भावना धिमिरेको पद रिक्त

Bhawana_ghimire1

Bhawana_ghimire1काठमाडौं, बैशाख २ : नेपाल क्रिकेट संघ (क्यान)को सिइओ भावना धिमिरेको ६ महिने परीक्षणकाल सोमबार देखि सकिएको छ ।

सोमबार नै बसेको क्यान बोर्ड बैठकले धिमिरेलाई न हटाउने निर्णय गर्‍यो न त समय थप्ने निर्णय । यो सँगै क्यान पुन विवादमा पर्ने देखिएको छ ।

स्रोतका अनुसार बोर्डका केही पदाधिकारीले केही महिनाका लागि भावनालाई राख्नुपर्ने मत राखेका थिए। केही पदाधिकारी भने घिमिरेले आफूलाई नटेरेको, पदाधिकारीका विषयमा एसियाली क्रिकेट काउन्सिल (एसिसी) र अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)लाई कुरा लगाएको भन्दै रुष्ट देखिएका छन्।

बैठकमा आवश्यक कोरम पनि पुगेको थियो। छलफलमात्र भयो तर निर्णय हुन सकेनु, क्यानका कार्यवाहक महासचिव उत्तम कर्माचार्यले भने। उनले आगामी बैठकमा यसबारे निर्णय हुने बताए।

अस्ट्रेलियन क्रिकेटर फिलिप ह्युजको श्रद्धाञ्जलि खेलमा सहभागी हुन आएका आइसिसीका ग्लोबल डेभलपमेन्ट म्यानेजर टिम एन्डर्सन, अस्ट्रेलियन क्रिकेट बोर्डका अध्यक्ष वेल्ली एडवार्डस्ले घिमिरेको प्रशंसा गरेका थिए।

च्याम्पियन्स लिगमा दुई स्पेनिश क्लवहरु बराबरीमा

resize_image (1)

resize_image (1)एजेन्सी, बैशाख २ : युएफा च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको क्वार्टरफाइनल पहिलो लिगको खेलमा दुई स्पेनिश क्लवहरु एथ्लेटिको मड्रिड र रियाल मड्रिडले बराबरी खेलेका छन् ।

गारेथ बेलले खेलको शुरुवादमा पाएको आकर्षक मौका गुमाएपछि एथलेटिकोले गोलरहित बराबरीमा चित्त बुझाएको हो ।

गएराती भएको अर्को खेलमा ईटालीको युभेन्टसले फ्रान्सको मोनाकोलाई १-० ले हरायो । आफ्नै मैदानमा सम्पन्न खेलमा युभेन्टसलाई विजयी गराउन अर्टुरो भिडालले ५७ औं मिनेटमा पेनाल्टीमार्फत निर्णायक गोल गरे ।

नयाँ वर्षको अवसरमा बूढानीलकण्ठ महोत्सव (फोटोफिचर)

DSC_5810a

काठमाडौं, बैशाख १ : राजधानीको बूढानीलकण्ठमा बूढानीलकण्ठ महोत्सव आयोजना गरिएको छ । नयाँ वर्षको अवसर पारेर महोत्सव आयोजना गरिएको हो ।

महोत्सव हेर्ने विहानदेखि नै मानिसहरुको घुइचो लागेको छ । महोत्सवमा भगवान् बुढानीलकण्ठको गहना, पुरातात्विक सामाग्री, खानालगाएत सय वटा स्टक राखिएको छ ।

DSC_5810a

DSC_5759a

DSC_5843a

DSC_5841a

DSC_5819a

DSC_5812a

DSC_5806a

DSC_5803a

DSC_5801a

DSC_5789a

DSC_5781a

DSC_5770a

DSC_5870a

फोटो: चन्द्र बहादुर आले 

 

 

नयाँ वर्षको उपलक्ष्यमा होस्टेल रिर्टन्सको नयाँ गीत सार्वजनिक

Nepali-Movie-Hostel-Returns

Nepali-Movie-Hostel-Returnsकाठमाडौं, बैशाख १ : नयाँ वर्षको उपलक्ष्यमा भन्दै होस्टेल रिर्टन्स युनिटले नयाँ गीत सार्वजनिक गरेको छ ।

सुरज भुसालको निर्देशन रहेको यस फिल्ममा शशि श्रेष्ठ,सुशिल श्रेष्ठ,स्वस्तिमा खड्का,अभय बराल आदि कलाकारहरुको अभिनय रहेको छ ।

फिल्म आउँदो बैशाख २५ देखि रिलिज हुने भएको छ ।

जाजरकोटमा फैलिएको महामारी रोगका कारण थप चारजनाको मृत्यु

jajarkot_district_598601132

jajarkot_district_598601132जाजरकोटमा, बैशाख १ :  जाजरकोटमा फैलिएको महामारी रोगका कारण थप चारजनाको मृत्यु भएको छ। सरकारले रोग नियन्त्रणमा आएर बताईरहेको बेलामा थप चार जनाको मृत्यु भएको हो।

यससँगै महामारीमा ज्यान गुमाउनेको संख्या १६ पुगेको छ। यसअघि १२ जनाको पनि ज्यान गईसकेको थियो।

मृत्यु हुनेमा टालेगाउँ गाविस वडा नम्बर ३ की ५० वर्षीया लक्ष्मी नेपाली, वडा नम्बर ५ की ५५ वर्षीया धनकला दमाईं, वडा नम्बर ६ का ५१ वर्षीय हस्ते कामी र वडा नम्बर २ का ६१ वर्षीया महेश्वरा सिंह रहेका छन्। उनीहरुको सोमबार राती मृत्यु भएको हो।

सम्बन्धित खबरहरु : 

जाजरकोटको अज्ञात रोग केहि ठाउँमा नियन्त्रण

जाजरकोटमा अज्ञात रोगको महामारी, ११ जनाको मृत्यु

आइपीएलमा सनराइजर्स विजयी, रोयल च्यालेन्जर्स ८ विकेटले पराजित

IPl

IPlएजेन्सी, वैशाख १ : इंन्डियन प्रिमियर लिग आइपीएल क्रिकेटमा सनराइजर्स हैदराबादले रोयल च्यालेन्जर्स बैंग्लोरलाई ८ विकेटले पराजित गरेको छ ।

रोयल च्यालेन्जर्स बैंग्लोरले दिएको १ सय ६७ रनको लक्ष्य पछ्याएको हैदरावादले १७.२ ओभरमा दुई विकेट गुमाएर भेट्टायो । सनराइजर्सलाई विजयी गराउन डेविड वार्नरले २७ बलमा ४ छक्का र ६ चौकाको मद्दतले ५७ रन जोडे । शिखर धवनले ५० रन जोडेर आउट भए । केएल राहुल ४४ रनमा अविजित रहे ।

बलिङतर्फ युज्वेन्द्र चहलले दुई विकेट लिए ।

पहिले व्याटिङ गरेको बैंग्लोरले एक वल बाँकि छँदा अलआउट हुनु पूर्व १ सय ६६ रन मात्रै जोड्न सक्यो ।
एबी डि भिलियर्सले ४६ तथा कप्तान विराट कोहलीले ४१ रन जोडे । यो खेलमा किर्तिमानी क्रिस गेलले खासै प्रदर्शन गर्न सकेनन् । उनी २१ रनमै आउट भए ।

सनराइजर्सका टेन्ट बोल्ट एक्लैले ३ विकेट तथा रवि बोपारा र भुवनेश्वर कुमारले समान २/२ विकेट लिए ।

1 1,215 1,216 1,217 1,218 1,219 1,242