Author Archives: डिजिटल दैनिक

किन सर्‍यो ‘धुन’ ?

11005730_872158056181402_1207921115_n
FacebookTwitterGoogle+PrintEmailShare

11005730_872158056181402_1207921115_nकाठमाडौं, फागुन ५: चैत्र ६ लाई प्रदर्शन मिति तोकेको चलचित्र ‘धुन’को रिलिजको मिति सरेको छ । प्रदर्शनको लागी तोकिएको दिन नजिकिँदै गर्दा चलचित्रको प्राविधिक काम नसकिएको र पब्लिसिटी पनि नपुग्ने अवस्था आएको भन्दै निर्माण युनिटले चलचित्रको रिलिज मिति सारेको हो ।

अब यो चलचित्र जेठ पहिलो साता मात्रै रिलिज हुनेछ,यद्यपी मिति भने तय भएको छैन् ।क्लासिक स्टुडियो बिजुलीबजारमा सम्पादनको क्रममा रहेको यो चलचित्रले सांगीतिक प्रेम कथालाई समेटेको छ ।

कृष्ण पौडेलको डेब्यु निर्देशन रहेको चलचित्र सर्दै गर्दा यसको प्रत्यक्ष फाईदा भने चैत्र १३ मा आउने चलचित्र ‘भुलभुलैया’ लाई पुगेको छ । अघिल्लो हप्ता प्रदर्शनमा आउने भनिएको ‘धुन’का लिड कलाकार जीवन लुईटेल र नीता ढुङ्गाना नै योगेश घिमिरे निर्देशित ‘भुलभुलैया’का लिड कलाकार रहेकोले पनि एउटै आर्टिस्ट हुँदा दुबै चलचित्रलाई प्रभाव पर्ने बताईंदै आएको थियो ।

चैत्र ६ मिति  एसएलसी परिक्षाको बीचमा पर्नुको कारण पनि चलचित्र सार्नुको अर्को कारण हुनसक्छ ।‘धुन‘  मा जीवन र नीतासँगै मुकेश ढकाल लिड रोलमा छन् ।

विरेन्द्र भट्टले खिचेको यो चलचित्रमा सुशिल शाह, विनोद भट्ट, श्रेया दुलाल,  मधुसुदन ढकालको लगानी छ ।

आयरल्याडको ऐतिहासिक जित वेष्ट इण्डिजविरुद्ध

66070

66070एजेन्सी, फागुन ४: टेष्ट नेसन वेष्ट इण्डिजलाई पराजित गर्दै एशोसिएट नेशन आयरल्याण्डले विश्वकप क्रिकेटमा सुखद सुरुवात गरेको छ ।

सोमबार भएको आफ्नो पहिलो खेलमा आयरल्याण्डले वेष्टइण्डिजमाथि ४ विकेटको जित हात पारेको हो । वेष्टइण्जिले प्रस्तुत गरेको ३०५ रनको लक्ष्य आयरल्याण्डले ४५/४ ओभरमा ६ विकेटको क्षतिमा भेट्टायो ।

क्रिस गेलले पहिलो विकेट लिँदा आरल्याण्डले ७१ रन बनाएको थियो । दोस्रो विकेटका लागि पल स्टर्लिङ र एड जोइसले १०६ रनको साझेदारी गरे ।स्टर्लिङले ८४ बलमा ९ चौका र ३ छक्काको मदतमा ९२ रन बनाए । तेस्रो विकेटका लागि नाइल ओब्रायनसँग ९६ रनको साझेदारी गरेका जोइस ८४ रनमा आउट भए । ६७ बलको सामना गरेका उनले १० चौका र २ छक्का हाने ।

जोइस आउट भएपछि भने आइयरल्याण्डले लगातार विकेट गुमायो । १७ रन जोड्दा थप दुई विकेट गुमायो । तर, क्रिजमा टिकिरहेका ओब्रायनले ४६ ओभरको ५ औं बलमा चौका हान्दै आयरल्याण्डलाई जित दिलाए । उनी अविजित ७९ रन बनाए । ६० बलको सामना गरेका उनले ११ चौका हाने ।

यसअघि पहिले ब्याटिङ गरेको वेष्टइण्डिजले लेन्डल साइमनको शतकको मदतमा ५० ओभरमा ७ विकेट गुमाएर ३०४ रन बनाएको थियो । वेष्टइण्डिजको सुरुवात भने निकै खराव थियो । ८७ रन जोड्दा ५ विकेट गुमाइसकेको वेष्टइण्डिजको पारी सिमोन्स र डरेन सामीले सम्हाले ।

सिमोन्स र सामीले छैटौं विकेटका लागि १५४ रनको साझेदारी गरे । सिमान्सले १०२ रन बनाए भने सामीले ८९ रन जोडे । क्रिस गेलले ३६ रन बनाए ।

आरयल्याण्डका जर्ज डकरेलले १० ओभरमा ५० रन दिएर ३ विकेट लिए ।

डिल्ली डेर डेभिल्सले युवराज सिंहलाई १६ करोडमा किन्यो

Yuvraj-Singh

एजेन्सी, फागुन ४:Yuvraj-Singh भारतीय क्रिकेट खेलाडी युवराज सिंह अब हुने इन्डियन प्रिमियर लिग आइपिएलमा डिल्ली डेर डेभिल्स क्लबबाट खेल्न भएका छन्।

उनलाई सो क्लबले १६ करोड भारुमा अनुबन्धित गरेको भारतीय सञ्चार माध्यमले जनाएका छ। ३३ वर्षे अलराउण्डर खेलाडी सिंह यसअघि रोयल च्यालेन्जर्स ब्याङलोरबाट खेल्ने गर्थे ।

सन् २०१५ को आइपिएल प्रतियोगिता अप्रिल ८ देखि मे २४ सम्म हुनेछ।

भारतको सानदार जित, पाकिस्तान ७६ रनले पराजित

325571-umesh-yadav-mobbed700

325571-umesh-yadav-mobbed700एजेन्सी, फागुन ३: साविकको विजेता भारतले विश्वकप २०१५ मा विजयी सुरुवात गरेको छ । भारतले प्रस्तुत गरेको ३ सय १ रनको लक्ष्य पछ्याएको पाकिस्तान ४७ ओभरमा २ सय २४ रन जोड्दा अलआउट भयो ।

पाकिस्तानका कप्तान मिसबाह उलहकले ७६, अहमद सेहजादले ४७ र हरिस सोहेलले ३६ रन जोड्नु बाहेक अन्यले सम्झनलायक प्रदर्शन गर्न सकेनन् ।

भारतका लागि मोहमद् सामीले ४, उमेश यादव र मोहित शर्माले समान २ तथा रविचन्द्रन अश्विन र रविन्द्र जडेजाले १–१ विकेट हात पारे ।

युवा स्टार विराट कोहलीको सतकको मद्दतमा भारतले ३ सय रनको सानदार स्कोर खडा गरेको थियो । यसक्रममा १२६बलको सामना गरेको कोहलीले ८ चौकाको मद्दतमा १ सय ७ रन जोडे ।

यस्तै सुरेस रैनाले ७४ र शिखर धवनले ७३ रनको योगदान गरे । यता पाकिस्तानका लागि भने सोहेल खानले ५ तथा वाहाव रियाजले १ विकेट हात परे ।

जिम्बाबेलाई दक्षिण अफ्रिकाले ६२ रनले हरायो

0

0एजेन्सी,फागुन ३: विश्वकप क्रिकेटको समुह बीको आफ्नो पहिलो खेलमा दक्षिण अफ्रिकाले जिम्बाबेलाई ६२ रनले हराएको छ ।

हेमिल्टनमा जिम्बाब्बे विरूद्ध पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ८३ रन जोड्दा चार विकेट गुमाइसकेको थियो । तर, मिलर र डुमिनीले पाँचौ विकेटका लागि अविजित २ सय ५६ रनको साझेदारी गरेपछि दक्षिण अफ्रिकाले ५० ओभरमा चार विकेट गुमाएर ३ सय ३९ रन बनायो ।

आक्रामक ब्याटिङ गरेका मिलरले मात्र ९२ बलमा सात चौका र नौ छक्काको मद्दतमा अविजित १ सय ३८ रन बनाए । डुमिनीले १०० बलमा नौ चौका र तीन छक्कासहित अविजित १ सय १५ रन बनाए ।
जिम्बाबेका पान्यननार, चतारा, चिगाम्बारा र कामान गोजिले समान १/१ विकेट लिए ।

जिम्बाबेका लागि मासमकाजाले सबैभन्दा बढि ८० रन बनाए । ७४ बल सामना गरेका उनले ८ चौका र २ छक्का प्रहार गरे । त्यस्तै ओपनर चुबाबाले ६४ र टेलरले ४० रन जोडे ।
दक्षिण अफ्रिकाका इमरान ताहिरले ३ तथा मोर्ने मोर्केल र भरुन फिल्लेन्डरले समान २/२ विकेट लिए ।

भारतले पाकिस्तानलाई ३ सय १ रनको लक्ष्य

India v Pakistan - 2015 ICC Cricket World Cup

India v Pakistan - 2015 ICC Cricket World Cupएजेन्सी, फाल्गुन ३: विश्वकप क्रिकेटमा अष्ट्रेलियाको एड्लेडमा जारी खेलमा भारतले पाकिस्तानलाई ३ सय १ रनको लक्ष्य दिएको छ ।

आज विहान टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारीत ५० ओभरमा ७ विकेट गुमाएर ३ सय रन बनायो ।
भारतको लागि विराट कोहलीले १ सय ७ रन जोडे भने सुरेश रैनाले ७४ तथा शिखर धवनले ७३ रन जोडे । बलीङतर्फ पाकिस्तानका सोहेल खानले ५ विकेट लिए ।

उता दक्षिण अफ्रिका र जिम्बाबेबीचको खेल न्युजिल्याण्डमा चलिरहेको छ ।
ह्यामिल्टनको सेडन पार्कमा भइरहेको खेलमा दक्षिण अफ्रिकाले टस हारेर पहिले व्याटिङ गर्दै जिम्बाबेलाई ३ सय ४० रनको चुनौती दिएको छ ।

दक्षिण अफ्रिकाको लागि डेभिड मिलरले अविजित १ सय ३८ रन जोडेभने जे पी डुमिनीले अविजित १ सय १५ रनको योगदान दिए।

अष्ट्रेलियासँग इङ्ल्याण्ड १११ रनले पराजित

Aaron+Finch+England+v+Australia+2015+ICC+Cricket+92BDu3FDJMwl

Aaron+Finch+England+v+Australia+2015+ICC+Cricket+92BDu3FDJMwlएजेन्सी,फागुन २: विश्वकप क्रिकेट अन्तर्गत आफ्नो पहिलो खेलमा आयोजक अष्ट्रेलियाले इङ्ल्याण्डलाई १११ रनको फराकिलो अन्तरले पराजित गरेको छ।

टस  जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली अष्ट्रेलियाले निर्धारित ५० ओभरको खेलमा ९ विकेट गुमाउँदै ३४२ रन बनाएको थियो।

अष्ट्रेलियाका लागि एरोन फ्रिन्चले सर्वाधिक १३५ रन बनाएका थिए। यस्तै ग्लेन म्याक्वेलले ६६ रनको योगदान दिएका थिए। ३४३ रनको विजयी लक्ष्य लिएर मैदानमा आएको इङ्ल्याण्ड ४१.५ ओभरमा अलआउट हुँदै २३१ रनमा खुम्चिएको थियो।

इङ्ल्याण्डका लागि जेम्स टेलरले सर्वाधिक ९८ रनको पारी खेलेपनि अरू खेलाडीले जमेर खेल्न सकेनन्। अष्ट्रेलियाका लागि मिचेल मारासले सर्वाधिक ५ विकेट लिए।

 

विश्वकप क्रिकेटको पहिलो खेलमा न्युजिल्याण्डद्वारा श्रीलंका ९८ रनले पराजित

Sri-Lanka-Vs-NZ-630x360

Sri-Lanka-Vs-NZ-630x360एजेन्सी, फागुन २: विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत पहिलो खेलमा न्यूजिल्याण्डले श्रीलंकालाई हराएको छ।टस हारेर पहिला ब्याटिङ गरेको न्यूजिल्याण्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ३१ रन बनाएको थियो। ३३२ रनको विजयी लक्ष्य पछ्याएको श्रीलंकाले ४४।१ मा सबै विकेट गुमाएर मात्र २३३ रन बनाउन सक्यो।

यसअघि न्यूजिल्याण्डका लागि ब्रेन्डन म्याकुलम, केन विलिम्सन र कोरे एण्डरसनले अर्धसतक पूरा गरे। यस्तै मार्टिन गुप्तिलले ४९ रन बनाए। श्रीलंकाका लागि नुवान कुलासेकाराले २ तथा लासिथ मालिङ्गा र तिलकरत्ने दिलशानले १(१ विकेट लिएका थिए।

जीवन मेन्दिस र सुरङ्गा लाकमालले २(२ तथा रंगना हेराथ र नुवान कुलासेकाराले १(१ विकेट लिए। श्रीलंकाका लागि लाहिरू थिरीमानेले सर्वाधिक ६५ रन बनाए। यस्तै कुमार सांगाकार ३९ तथा एंगेलो म्याथ्युले ४६ रन बनाए। तिलकरत्ने दिलसानले २४ रन बनाएका थिए।

ग्य्रान्डी अस्पतालमा भ्यालेन्टाइन प्याकेज

IMG_0269

IMG_0269काठमाडौं, फाल्गुन १: धापासीस्थित ग्य्रान्डी अन्तर्राष्ट्रिय अस्पतालले प्रणय दिवस अर्थात् भ्यालेन्टाइन डे को क्युपिड प्याकेज अफर अघि सारेको छ।

जोडीलक्षित यस क्युपिड प्याकेज अफरमा दुईमध्ये एकजनाले एघार हजार एकसय रुपैयाँ बराबरको स्वास्थ्य परीक्षण प्याकेज गर्दा अर्को एक जनाको परीक्षण निःशुल्क गरिएको अस्पतालकी सिनियर म्यानेजर अर्चना प्रधानले जनाइन् ।

स्वास्थ्य परीक्षणका लागि आउने सबै जोडीका लागि विशेष उपहारको समेत व्यवस्था गरिएको अस्पतालले जनाएको छ।

स्वास्थ्यप्रति जागरुक र सजग सबै जोडीलाई लक्षित क्युपिड प्याकेजको अफर एक साता राखिएको छ।

भारतमा रेल दुर्घटना, ११ जनाकाे मृत्यु

ss-100719-india-train-01.grid-9x2

ss-100719-india-train-01.grid-9x2एजेन्सी, फागुन १: भारतको कर्नाटक र तमिलनाडु राज्यको बोर्डरमा रहेको हसुरमा शुक्रवार विहान रेल दुर्घटना हुँदा ११ जनाकाे ज्यान गएको छ भने दर्जनौं यात्रु घाइते भएका छन्।

एनराकुलम एक्स्प्रेसको सो रेल बिहान साढे सातबजे लिकमा फालिएको ढुंगामा ठोक्किएको हुन सक्ने बताइएको छ।

रेलका ४ डिब्बा छुटेका थिए। दुर्घटनामा घाइतेहरुको उद्धार भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएको छ।

1 1,239 1,240 1,241 1,242