Author Archives: डिजिटल दैनिक

बिश्वकप क्रिकेटको उद्घाटन आज हुदै

AFL_Grand_Final_2010_on_the_Melbourne_Cricket_Ground
FacebookTwitterGoogle+PrintEmailShare

AFL_Grand_Final_2010_on_the_Melbourne_Cricket_Groundकाठमाडौं, माघ २९: क्रिकेटको सबैभन्दा ठुलो प्रतियोगिता बिश्वकपको उद्घाटन आज हुदैछ । बिश्वकपको ११ औं संस्करण अस्ट्रेलिया  र न्युजिल्याण्डले संयुक्त रुपमा आयोजना गदैछन् ।

सन् २०११ मा भएको बिश्वकप क्रिकेट प्रतियोगिताको आयोजना भारत, बंगलादेश र श्रीलङकाले मिलेर गरेका थिए ।जसमा भारतले फाइनलमा श्रीलङकालाई पराजित गर्दै दोस्रो पटक बिश्वकपको उपाधी जितेको थियो ।

यसपटक उपाधीका लागि कुल १४ राष्ट्रले प्रतिस्पर्धा गदैछन् । भारत उपाधी रक्षाका लागि मैदानमा उत्रदैछ भने उसलाई अस्ट्रेलिया, इङल्याण्ड, दक्षिण अफ्रिका लगायतका राष्ट्रले कडा चुनौती दिने पक्का छ ।

पछिल्लो समय खस्कदो प्रर्दशनले भारतले के उपाधी जोगाउला त भन्ने चर्चा क्रिकेट जगतमा हुने गरेको छ ।
१४ टिमलाई पोल ए र बी गरी दुई समुहमा बिभाजन गरिएको छ ।

पोल ए मा अस्ट्रेलिया, न्युजिल्याण्ड, इङल्याण्ड, स्क्टल्याण्ड, बंगलादेश, श्रीलङका र अफगानिस्तान रहेका छन् । त्यसैगरी पोल बी मा भारत, पाकिस्तान, आयरल्याण्ड, दक्षिण अफ्रिका, युएई, वेस्ट इण्डिज र जिम्बाबे रहेका छन् ।

प्रतियोगिताको औपचारिक खेल भने शनिबार बाट शुरु हुनेछ ।

सेनाले पुराना हेलिकोप्टर बेच्ने

52army-logo

52army-logoकाठमाडौं, माघ २९ः नेपाली सेनाले ग्राउन्डेड अवस्थाका हेलिकोप्टर र जहाज बेच्ने तयारी गरेको छ । मर्मत र बिमामा बर्षेनी करोडौं रकम खर्चनुपर्ने भएपछि उपयोगमा नआएका हेलिकोप्टर र जहाज सेनाले बेच्न लागेको हो ।

हाल ग्राउन्डेड अवस्थामा रहेको एचएस ७४८, बिएन २ टी आइल्यान्डर, एसए ३१५ लान्सर, एमआई १७ भी ५, एसए ३१५ ए चिता, एएस ३५० बी ३ इकुरिउल, बिएन २ टी आइल्यान्डर र एएलएच २ बेच्न लागेको हो ।

ती जहाज बेच्न सेनालाई रक्षा मन्त्रालयले दुई साताअधि नै स्वीकृत दिइसकेको छ, नयाँ पत्रिकामा खबर छ ।

सोनम कपूर एयरहोस्टेज बन्दै

sonam-kapoor-31

sonam-kapoor-31काठमाडौं, माघ २९ : भारतीय अभिनेत्री सोनम कपुर एयरहोस्टेज नीरजा भनोतको जीवनीमा आधारित चलचित्रमा अभिनय गर्ने भएकी छिन् ।

सन् १९८६ मा विमान अपहरण हुँदा सो जहाजको एयर होस्टेजको रुपमा कार्यरत नीरजाको साहसी कदम र सुझबुझको कारण प्लेनमा सवार यात्रुको ज्यान बचेको थियो भने उहाँको भने यात्रुलाई बचाउने क्रममै निधन भएको थियो । तिनै साहसी एयरहोस्टेजको जीवनीमा आधारित चलचित्रमा कपूरले अभिनय गर्ने पक्का भएको छ ।

चलचित्र निर्माता माधवानीले भने आफु अभिनेत्री कपुरको सावरिया चलचित्र हेरेदेखि नै फ्यान भएकाले साहसी एयरहोस्टेज भनोतको भूमिकाका लागि अभिनेत्री कपूर एकदमै फिट भएको प्रतिक्रिया दिएकी छिन् । एजेन्सी

फुटबल स्टेडियम बाहिर झडप, २२ जनाको मृत्यु

2013-634981231112118428-211काठमाडौं, माघ २६: ईजिप्टको राजधानी कायरोस्थित फुटबल रंगशाला बाहिर झडप हुँदा कम्तिमा २२ जनाको मृत्यु भएको छ।

घटनामा परी कम्तिमा २० जना घाईते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। फुटबलका दर्शक र प्रहरीबीच झडप भएको भएपछि घटनाले उग्र रूप लिएको वीवीसीले जनाएको छ।

जमालेक फुटबल क्लबका समर्थक विना टिकट स्टेडियममा पस्न खोज्दा झडप भएको प्रहरीले जनाएको छ।

प्रहरीले स्टेडियम बाहिर लागेको भीड तितरवितर पार्न अश्रुग्याससमेत प्रहार गरेको थियो।

पहिलोचोटी भयो अनौठो विवाह

Bride Kisses Groomकाठमाडौं,माघ २६: पशुपतिको वनकाली चौरमा सयजना पण्डितले सयवटा मण्डपबाट सय जोडीको सामूहिक विवाह गराएका छन् । विवाह गराउने संस्था भने शिवशक्ति राहुलेश्वर फाउन्डेसन हो ।

प्रत्येक जोडीको हिन्दू संस्कारअनुसार विवाह गराइएको हो । बिहेदेखि दाइजो खर्चसम्म फाउन्डेसनले व्यहोरेको छ । यसमा तीन करोड रुपैयाँ खर्च भएको छ ।

प्रत्येक जोडीमा डेढ लाखका दरले खर्च भएको फाउन्डेसनले जनाएको छ । प्रत्येक जोडीलाई एक महिना पुग्ने रासनपानी र आवश्यक सामग्री दिइएको छ ।

नवविवाहित जोडीलाई नुनदेखि सुनसम्मको व्यवस्था गरिएको फाउन्डेसनले जनाएको छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

1 1,240 1,241 1,242