Author Archives: डिजिटल दैनिक

मनोनयन दर्ता शान्तिपूर्ण रूपमा जारी

election-commission-nepal
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं, कात्तिक ५ः पहिलो चरणमा आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि आज ३२ जिल्लाका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी मनोनयनको दर्ता शान्तिपूर्ण रूपमा जारी भइरहेको छ ।

उम्मेदवारी मनोनयन दर्ताका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयबाट विभिन्न राजनीतिक दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारले मनोनयनको फाराम लैजानाका साथै उम्मेदवारी दर्ता गर्ने क्रम जारी भइरहको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । प्रतिनिधिसभा सदस्यतर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ ७४ निर्वाचन क्षेत्रमा पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ आज उम्मेदवारी दर्ता हुँदैछ । मनोनयन दर्ता कार्यक्रम बिहान १० देखि अपराह्न ५ बजेसम्म चल्ने छ ।

पहिलो चरणमा निर्वाचन हुने जिल्लामा सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओखलढुङ्गा, ताप्लेजुङ, पाँचथर, खोटाङ, नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, मुस्ताङ, म्याग्दी, बागलुङ, मनाङ, लमजुङ, गोरखा, रुकुम (पूर्वी भाग), रोल्पा, रुकुम (पश्चिम भाग), जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालीकोट, डोल्पा, दार्चुला, बझाङ, बाजुरा र बैतडी छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारले मनोनयनपत्रका साथ नेपाली नागरिकता वा मतदाता परिचयपत्रको प्रतिलिपि, मतदाता नामावलीमा नाम समावेश भएको निस्सा, धरौटी जम्मा गरेको रसिद वा भौचर र दलको उम्मेदवारका हकमा आधिकारिक हस्ताक्षरसहितको औपचारिकपत्र बुझाउनुपर्ने छ ।

मनोनयनपत्रमा प्रस्तावक, समर्थक तथा उम्मेदवारको सहीछाप गरी पेश गर्नुपर्छ । धरौटी रकमका हकमा प्रतिनिधिसभा सदस्यका लागि १० हजार रुपैयाँ र प्रदेशसभा सदस्यका लागि पाँच हजार रुपैयाँ निर्धारण गरिएको छ। महिला, दलित वा अल्पसङ्ख्यक समुदाय वा आर्थिक रूपले विपन्न उम्मेदवारका हकका धरौटी रकममा ५० प्रतिशत छूट हुने व्यवस्था रहेको आयोगले जनाएको छ ।

प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवार हुन सोही प्रदेशभित्रको गाउँपालिका वा नगरपालिकाको मतदाता नामावलीमा नाम समावेश भएको निस्सा पेश गर्नुपर्ने छ । समानुपातिक निर्वाचन प्रणालीको बन्दसूचीमा नाम समावेश भएको व्यक्ति पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीमा उम्मेदवार हुन र त्यस्तो व्यक्तिले मनोनयन गर्न नपाइने कानूनी व्यवस्था छ । आगामी मंसिर २१ गते निर्वाचन हुने बाँकी ४५ जिल्लामा यही कात्तिक १६ गते मनोनयन दर्ताको कार्यक्रम छ ।

दीपक मनाङेले दिए मनाङबाट प्रदेशसभाका लागि स्वतन्त्र उम्मेवारी

Deepak-manange-1

मनाङ, कात्तिक ५ः विवादास्पद पृष्ठभूमिका गुुण्डानाईके भनेर चिनिने दीपक मनाङ्गे (राजीव गुरुङ) ले मनाङबाट प्रदेशसभाका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

एमालेबाट टिकट नपाएपछि उनले प्रदेशसभाका लागि मनाङ ख बाट स्वतन्त्र उमेदवारी दर्ता गराएका हुन् । यसअघि एमाले मनाङ क बाट प्रदेशसभा सदस्यका लागि उनको नाम सर्वसम्मत सिफारिस गरेको थियो । तर, उनको सिफारिसप्रति चर्को आलोचना भएपछि केन्द्रले अन्तिममा नाम काटेको थियो ।

उनले आफूले स्वतन्त्ररुपमै चुनाव लडेर जित्ने समेत दाबी गरेका छन् । राप्रपा मनाङका अध्यक्ष रहेका मनाङ्गे केहि पहिले एमालेमा प्रवेश गरेका थिए ।

मनाङेले स्वतन्त्रबाट उम्मेदवारी दिएपनि एमालेको झण्डासहित जिल्ला निर्वाचन कार्यालयमा मनोनयन दर्ता गर्न पुगेका थिए ।

प्रतिनिधिसभाको ३७ क्षेत्रमा कसको प्रतिस्पर्धा को संग ?

election-tayari-530x304(3)(1)

काठमाडौं, कात्तिक ५ः प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणमा मंसिर १० गते हुने चुनावका लागि आइतबार मनोनयन सुरु भएको छ ।

आसन्न चुनावमा दलहरु वामपन्थी र लोकतान्त्रिक गठबन्धनमा आवद्ध भएर चुनावी मैदानमा उत्रँदै छन् । एमाले र माओवादी ६० र ४० प्रतिशत क्षेत्रमा भागवण्डा गरेर उम्मेदवार तय गरेका छन् । पहिलो चरणमा नेपाली कांग्रेस अधिकांश क्षेत्रमा एक्लै चुनावी मैदानमा उत्रेको छ ।

कांग्रेस र नयाँ शक्तिबीच गोरखा–२ र रसुवामा तालमेल हुने भएको छ । गोरखा–२ मा कांग्रेसले नयाँ शक्तिका संयोजनक डा. बाबुराम भट्टराई समर्थन गर्ने भएको छ । सिन्धुपाल्चोक–२ मा कांग्रेसले राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर राणालाई सहयोग गर्ने सहमति भएको छ ।

कुन क्षेत्रमा को–को बीच हुँदैछ प्रतिस्पर्धा

जिल्ला/क्षेत्र  वाम गठबन्धन  लोकतान्त्रिक गठबन्धन 

सोलुखुम्बु  हेमकुमार राई –माओवादी  बलबहादुर केसी –कांग्रेस

संखुवासभा     राजेन्द्र गौतम –एमाले  दीपक खड्का –कांग्रेस

भोजपुर  सुदन किराती राई –माओवादी  उमेशजंग रायमाझी –कांग्रेस

ओखलढुङ्गा  यज्ञराज सुनुवार –एमाले  रामहरि खतिवडा –कांग्रेस

ताप्लेजुङ  योगेश भट्टराई –एमाले  केशव दाहाल –कांग्रेस

पाँचथर  वसन्तकुमार नेम्वाङ –एमाले  भीष्मराज आङदेम्बे –कांग्रेस

खोटाङ  विशाल भट्टराई –एमाले  सरस्वती वजिमय –कांग्रेस

नुवाकोट १  हितबहादुर तामाङ –माओवादी          डा. रामशरण महत –कांग्रेस

नुवाकोट २  नारायण खतिवडा –एमाले  अर्जुननरसिंह केसी –कांग्रेस

रसुवा  जनार्दन ढकाल –एमाले  नयाँ शक्ति

धादिङ १  भूमि त्रिपाठी –एमाले  विश्व अर्याल –कांग्रेस

धादिङ २  खेम लोहनी –एमाले  दिलमान पाख्रिन –कांग्रेस

सिन्धुपाल्चोक १  अग्नि सापकोटा –माओवादी  मोहनबहादुर बस्नेत –कांग्रेस

सिन्धुपाल्चोक २ शेरबहादुर तामाङ–एमाले पशुपति शमशेर राणा –राप्रपा (प्रजातान्त्रिक)

दोलखा  पार्वत गुरुङ –एमाले  रुद्रबहादुर खड्का –कांग्रेस

रामेछाप  श्यामकुमार श्रेष्ठ –माओवादी  कान्छाराम तामाङ –कांग्रेस

मुस्ताङ  प्रेमप्रसाद तुलाचन –एमाले  कांग्रेस

म्याग्दी  भुपेन्द्रबहादुर थापा –एमाले  खम्बीर गर्जुवा –कांग्रेस

बाग्लुङ १  एमाले प्रदेशको दुई सिटमा जनमोर्चा  चम्पादेवी खड्का –कांग्रेस

बाग्लुङ २  देवेन्द्र पौडेल  नीरज पुन –कांग्रेस

मनाङ  पाल्देन छोपाङ गुरुङ –एमाले  टेकबहादुर गुरुङ –कांग्रेस

लमजुङ  देव गुरुङ –माओवादी  दिलबहादुर घर्ती –कांग्रेस

गोरखा १  हरि अधिकारी –माओवादी  चिनकाजी श्रेष्ठ –कांग्रेस

गोरखा २  नारायणकाजी श्रेष्ठ –माओवादी  डा. बावुराम भट्टराई –नयाँ शक्ति

रुकुम –पूर्व  कमला रोका –माओवादी  गोपालजीजंग शाह –कांग्रेस

रोल्पा  वर्षमान पुन –माओवादी  अमरसिंह पुन –कांग्रेस

रुकुम –पश्चिम  जनार्दशन शर्मा –माओवादी  बीरबहादुर ओली –कांग्रेस

जाजरकोट  शक्ति बस्नेत –माओवादी  राजीवविक्रम शाह –कांग्रेस

हुम्ला  चिमी लामा –माओवादी  मंगल शाही –कांग्रेस

मुगु  गोपाल बम –एमाले  हस्तबहादुर मल्ल –कांग्रेस

जुम्ला  गजेन्द्र महत –माओवादी  देबेन्द्र शाही –कांग्रेस

कालिकोट  दुर्गाबहादुर रावत –माओवादी  भुपेन्द्रजंग शाही –कांग्रेस

डोल्पा  धनबहादुर बुढा –एमाले  अंगद बुढा –कांग्रेस

दार्चुला  गणेशसिंह ठगुन्ना –एमाले  बिक्रम सिंह –कांग्रेस

बझाङ  भैरबबहादुर सिंह –एमाले  पृथ्वीबहादुर सिंह –कांग्रेस

बाजुरा  लालबहादुर थापा –एमाले  कविराज पण्डित –कांग्रेस

बैतडी  दामोदर भण्डारी –एमाले  नरबहादुर चन्द –कांग्रेस

पहिलो चरणको चुनावमा एमालेबाट को–को बने उम्मेदवार ?

Yamela

काठमाडौं, कात्तिक ५ः नेकपा एमालेले आउँदो मंसिर १० गते हुने पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवार चयन गरेको छ ।

माओवादी केन्द्रसँग शनिबार चुनाव क्षेत्र बाँडफाँड गरेपछि आफ्नो भागमा परेका क्षेत्रमा एमालेको स्थायी कमिटिको बैठकले हेरफेर पनि हुन सक्नेगरी उम्मेदवार तय गरेको हो ।

प्रतिनिधिसभामा ताप्लेजुङबाट योगेश भट्टराई, पाँचथरबाट वसन्तकुमार नेम्बाङ, संखुवासभाबाट राजेन्द्र गौतम, ओखलढुङ्गाबाट यज्ञराज सुनुवार, खोटाङबाट विशाल भट्टराई, दार्चुलामा गणेशसिंह ठगुन्ना, बाजुरामा लालबहादुर थापा बैतडीमा दामोदर भण्डारी, बझाङमा भैरवबहादुर सिंह, डोल्पामा धनबहादुर बुढा, मुगुमा गोपाल बम, उम्मेद्वार बन्नेछन् ।

यस्तै मुस्ताङमा प्रेमप्रसाद तुलाचन वा महेन्द्रबहादुर थकालीमध्ये एकजना मनाङमा पोल्देन छोपाङ गुरुङ, म्याग्दीमा भूपेन्द्रबहादुर थापा, रसुवामा जनार्दन ढकाल, नुवाकोट २ मा नारायणप्रसाद खतिवडा, धादिङ १ मा भूमि त्रिपाठी र धादिङ २ मा खेम लोहनी प्रतिनिधिसभा चुनावमा एमालेका तर्फबाट उम्मेद्वार बन्ने एमालेले जनाएको छ ।

यस्तै, नेताहरु शेरधन राई, नेताहरु राजेन्द्र पाण्डे पृथ्वी सुब्बा गुरुङ्गलगायत प्रदेशसभामा उम्मेदवार बनेका छन् । यी नाम हेरफेर गर्न सकिने पनि एमालेको स्थायी कमिटि बैठकले निर्णय गरेको छ । बैठकले प्युठान र बाग्लुङमा राष्ट्रिय जनमोर्चासँग तालमेल गर्ने निर्णय पनि गरेको छ । यी नाम हेरफेर गर्न सकिने पनि एमालेको भनाइ छ ।

तिहारकै दिन पूर्वराजा ज्ञानेन्द्रले गरे यस्तो खुलासा !

Gyannendra-810x490

काठमाडौँ, कात्तिक ५ः पूर्वराजा ज्ञानेन्द्र शाहले आफू मुलुकको नेतृत्व र जिम्मेवारी लिन तयार रहेको बताएका छन् ।

शनिबार भाइटीका ग्रहणपछि संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै पूर्वराजा शाहले मुलुकमा नेतृत्व नै नभएको जस्तो देखिएको टिप्पणी गरे । एउटा जिम्मेवार नागरिकको हैसियतले आफूलाई मुलुकको चिन्ता र चासो हुनु स्वभाविक भएको भन्दै उनले आफूले नेतृत्व लिने समय आएको पनि दाबी समेत गरे ।

‘अहिले गोदावरी र मखमली फूललाई वास्ता नगर्ने तर, कागजको फूलमा सुवास खोज्ने परिस्थितिमा हामी हिँडिरहेका छौं’ शाहले भने,’त्यसैले अब समय आयो जस्तो लाग्छ, मुलुकको जिम्मेवारी र नेतृत्व लिन तयार छु । तर, सबैको चाहना भने हुनपर्छ।’

आफ्नो यो भनाइ पछि फेरि पूर्वराजा सक्रिय हुन खोज्यो भनिने उल्लेख गर्दै उनले अघि भने,’अब फेरि सक्रिय भयो भन्ने कुरा होला, यो सत्र या हुने वा नहुने कुरा होइन तर यो देशको परिस्थतिले मागेको र समय पनि आएको जस्तो मलाई लाग्छ।’

उनले आजको दिन परिवारसँग बस्ने दिन भएको उल्लेख गर्दै नागरिकलाई आफूले भनेको कुरा ध्यान दिएर सुन्न पनि आग्रह गरे।

३२ जिल्लामा आज मनोनयन दर्ता, यस्तो छ प्रक्रिया

election-commission-nepal

काठमाडौं, कात्तिक ५ः पहिलो चरणमा ३२ जिल्लामा प्रतिनिधि सभा सदस्यतर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेश सभातर्फ ७४ वटा निर्वाचन क्षेत्रमा हुने निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको छ ।

पहिलो चरणको निर्वाचन सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओलखढुङगा, ताप्लेजुङ, पाँचथर, खोटाङ, नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लमजुङ, गोरखा, पूर्वी रुकुम, रोल्पा, पश्चिम रुकुम, जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट, डोल्पा, दार्चुला, बझाङ, बाजुरा र वैतडी जिल्लामा हुने छ । उक्त मनोनयन दर्ता कार्यक्रम बिहान १० देखि अपराह्न ५ बजेम्म चल्नेछ ।

उम्मेदवार हुन चाहनेले जिल्ला सदरमुकाममा खोलिएका मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा गई मनोनयनपत्र दर्ता गराउनु पर्नेछ । प्रतिनिधि सभातर्फ पहिलो हुने निर्वाचन हुने प्रणालीतर्फ मनोनयन दर्ता गर्दा वा गराउँदा एक जनाले प्रस्ताव र अर्को एक जनाले समर्थन गरी सहीछाप गरेको हुनुपर्ने तथा त्यस्तो प्रस्तावक र समर्थक सोही निर्वाचन क्षेत्रअन्तर्गतको गाउँपालिका वा नगरपालिकाको वडा सदस्यको मतदाता नामावलीमा नाम समावेश भएको निस्सा समेत मनोनयन पत्रमा संलग्न गराउन पर्ने कानुनी व्यवस्था रहेको छ ।

समानुपातिक निर्वाचन प्रणालीको बन्दसूचीमा नाम समावेश भएको व्यक्ति महिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीमा उम्मेदवार हुन र त्यस्तो व्यक्तिलाई मनोनयन पाइने छैन ।

त्यस्तै, प्रदेश सभा सदस्यतर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फका उम्मेदवाले भने मनोनयनपत्रका साथ नेपाली नागकिरताको प्रमाणपत्रको प्रतिलिपि, धरौटी जम्मा गरेको रसिद र प्रदेशभित्रको गाउँपालिका वा नगरपालिकाको मतदाता नामावलीमा नाम समावेश भएको निस्सा तथा दलको उम्मेदवारको हकमा दलको औपचारिकपत्रसमेत समावेश गर्नुपर्ने व्यवस्था छ ।

पहिलो चरणको निर्वाचनमा ३२ लाख २८ हजार ८७९ मतदाताले मताधिकारको प्रयोग गर्नेछन् । पहिलो चरणका लागि आवश्यक पर्ने मतदाता नामावली छपाइ गरी सम्बन्धित जिल्लामा पठाइसकिएको निर्वाचन आयोगले जनाएको छ । पहिलो चरणको निर्वाचनको लागि चार हजार ४६५ मतदान स्थल र दुई हजार ९४६ मतदान केन्द्र कायम गरिएको छ । नेपालको राजनीतिक इतिहासमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि दुईवटा निर्वाचन एकै पटक हुन लागेको यो पहिलोपटक हो ।

३२ जिल्लामा कांग्रेसले टुंगायो उम्मेदवार, बाबुराम र पशुपतिलाई २ सीट (सूचीसहित)

Deuba-Paudel-Nepali-Congress

काठमाडौं, कात्तिक ४ः नेपाली कांग्रेसले प्रथम चरणमा निर्वाचन हुने ३२ जिल्लाका उम्मेदवारहरुको टुंगो लगाएको छ ।

कांग्रेसले सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा राप्रपा प्रजातान्त्रिकका पशुपतिसमशेर राणालाई सघाउने भएको छ भने गोरखा क्षेत्र नम्बर २ नयाँ शक्तिका डा. बाबुराम भट्टराईलाई सघाउने छ ।

एमाले र माओवादीले ३२ जिल्लाका सबै सीटहरुमा तालमेल गरेको अवस्थामा कांग्रेसले उनीहरुसँग लगभग एक्लै प्रतिस्पर्धा गर्नुपर्ने अवस्था छ । यस्तै सिन्धुपाल्चोक २ मा पशुपति समशेरलाई सघाएका कारण सिन्धुपाल्चोक १ मा राप्रपाले कांग्रेस नेता मोहनबहादुर बस्नेतलाई भोट हाल्नेछ ।

त्यसैगरी गोरखाको क्षेत्र नं १ मा पनि नयाँशक्ति पार्टीले कांग्रेसका चीनकाजी श्रेष्ठलाई सघाउने छ । यी बाहेक अन्यत्र भने कांग्रेस एक्लै चुनाव भिड्ने छ । सत्तारुढ दल नेपाली कांग्रेससँग नयाँ शक्ति पार्टीले रसुवामा पनि एक सीट माग गरेको थियो ।

तर, त्यहाँ शनिबार अबेरसम्म कांग्रेसले आफ्नो दाबी छाडेको छैन । ३२ जिल्लामा नेपाली कांग्रेस एवं प्रजातान्त्रिक गठबन्धनका उम्मेवारहरुको विवरण यस्तो छः

ताप्लेजुङ – केशव दाहाल
पाँचथर – भीष्मराज आङदेम्बे
संखुवासभा – दीपक खड्का
भोजपुर – उमेशजंग रायमाझी
खोटाङ – सरस्वती बजिमय
सोलुखुम्बु – बलबहादुर केसी
ओखलढुंगा – रामहरि खतिवडा
सिन्धुपाल्चोक १ – मोहनबहादुर बस्नेत
सिन्धुपाल्चोक २ – पशुपतिसमशेर राणा (राप्रपा प्रजातान्त्रिक०
दोलखा – रुद्र खड्का
रामेछाप – कान्छाराम तामाङ
नुवाकोट १ – डा.रामशरण महत
नुवाकोट २ – अर्जुननरसिंह केसी
रसुवा बाँकी
धादिङ १ – विश्व अर्याल
धादिङ २ – दिलमान पाख्रिन
लमजुङ – दिलबहादुर घर्ती
मनाङ – टेकबहादुर गुरुङ
मुस्ताङ –
म्याग्दी – खम्वीर गर्बुजा
गोरखा १ – चीनकाजी श्रेष्ठ
गोरखा २ – बाबुराम भट्टराई (नयाँशक्ति)
बाग्लुङ १ – चम्पादेवी खड्का
बाग्लुङ २ – निरज पुन
रुकुम पूर्व – गोपालजीजङ्ग शाह
रोल्पा – अमरसिंह पुन
जाजरकोट – राजीवविक्रम शाह
कालीकोट – भूपेन्द्रजंग शाही
हुम्ला – मंगल शाही
जुम्ला – देवेन्द्र शाही
मुगु – हस्तबहादुर मल्ल
डोल्पा –अंगद बूढा
रुकुम पश्चिम – वीरबहादुर ओली
बझाङ – पृथ्वीबहादुर सिंह
बाजुरा – कबिराज पण्डित
बैतडी – नरबहादुर चन्द
दार्चुला –विक्रम सिंह

आजैदेखि भूतपूर्व बने ५९२ सासंद, प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मनोनयन भोली

samsad-end

काठमाडौं, कात्तिक ४ः कात्तिक ५ गते अर्थात् आइतबार पहिलो चरणको प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मनोनयन दर्ता छ ।

त्यसैले शनिबार भाईटिकाको दिन देखि नै अहिलेका सांसदहरु भूतपूर्व बनेका छन् । नेपालको संविधानको धारा २९६ मा रुपान्तरित व्यवस्थापिका संसदको कार्यकाल २०७४ माघ ७ गतेसम्म रहने उल्लेख छ ।

तर, कार्यकाल पूरा हुनु अगावै प्रतिनिधिसभा निर्वाचन हुन लागेकाले मनोनयनपत्र दर्ता गर्ने अघिल्लो दिनसम्म व्यवस्थापिका संसद कायम रहने संवैधानिक व्यवस्था छ ।

सोही व्यवस्था अनुसार कात्तिक ४ गते अर्थात आजबाट अहिलेका सांसदहरुको कार्यकाल समाप्त भएको हो ।

भिभिआईपीको भाईटिकाः कसले को संग लगाए ?

000

काठमाडौं, कात्तिक ४ः यमपञ्चकको अन्तिम दिन आज शनिबार भाइटीका लगाउने क्रम जारी छ । दिदीबहिनीहरुले दाजुभाईलाई टीका लगाइदिएका छन् भने दाजुभाइले टीका ग्रहण गरेरे तिहारको मुख्य दिन भाइटीका हर्षोउल्लासका साथ मनाएका छन् ।

भाइटीकाको अवसरमा शनिबार राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीदेखि विभिन्न भीआईपीले टीकाग्रहण तथा लगाइदिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले टीकाको उत्तम साइत ११ः५१ बजे आफ्ना भाइ डेगेन्द्र पाण्डेलाई टीका लगाइदिएकी छिन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आफेनो निवास बुढानिलकण्ठमै बहिनी दुर्गा चन्दको हातबाट उत्तम साइतमै टीकाग्रहण गरेका छन् । पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डा.बाबुरामले आफ्नी दिदी थिरकुमारी पराजुलीबाट टीका ग्रहण गरेका छन् ।

पूर्वज्ञानेन्द्र शाहले कान्छी बहिनी शोभा शाहीसँग टीका ग्रहण गरेका छन् । पूर्वराजा ज्ञानेन्द्रले पञ्चाङ्ग निर्णयक समितिले तोकेको उत्तम साइत ११ः५१ बजे भन्दा अगाडि नै टीका ग्रहण गरेका हुन् ।
यता राप्रपाका अध्यक्ष तथा ऊर्जामन्त्री कमल थापाले आफ्ना बहिनीहरु विमला, रीता र बसुको हातबाट टीकाग्रहण गरेका छन् ।

एमालेले २४ जिल्लामा उम्मेदवारको टुङ्गो लगायो (सुचीसहित)

Yamela office

काठमाडौँ । नेकपा एमाले स्थायी कमिटीको शुक्रबारको ८८ औंँ बैठकले पहिलो चरणमा हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारीका लागि २४ जिल्लामा नाम टुङ्गो लगाएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले एमाले र नेकपा माओवादी केन्द्र को संयुक्त कार्यदलको प्रस्ताव तथा पार्टी एकता संयोजन समितिको निर्णय अनुसार दुई पार्टीबीच भएको निर्वाचन क्षेत्र बाँडफाँटलाई अनुमोदन प्युठान र बाग्लुङमा राष्ट्रिय जनमोर्चासँग पनि तालमेलका साथ अगाडि बढ्ने निर्णय गरेको पार्टी केन्द्रीय सचिवालय सचिव प्रदीपकुमार ज्ञवालीद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा जनाइएको छ ।

दार्चुला– प्रतिनिधिसभा– गणेशसिंह ठगुन्ना
प्रदेशसभा – वीरबहादुर ठगुन्ना
बाजुरा– प्रतिनिधिसभा – लालबहादुर थापा
प्रदेशसभा १– बलदेव रेग्मी
प्रदेशसभा २– प्रकाश शाह
बैतडी– प्रतिनिधिसभा– दामोदर भण्डारी
प्रदेशसभा २– लीलाधर भट्ट
बझाङ– प्रतिनिधिसभा– भैरवबहादुर सिंह
प्रदेशसभा– अर्जुन थापा
डोल्पा– प्रतिनिधिसभा – धनबहादुर बुढा
प्रदेशसभा १– नन्दसिंह बुढा
मुगु– प्रतिनिधिसभा– गोपाल बम
प्रदेशसभा १– दानसिंह परियार
प्रदेशसभा २ – चन्द्रबहादुर शाही
जुम्ला– प्रदेशसभा २– पदमबहादुर रोकाया
कालीकोट–प्रदेशसभा १– कुर्मराज शाही
जाजरकोेट प्रदेशसभा १– नीरज आचार्य
प्रदेशसभा २– करवीर शाही
मुस्ताङ– प्रतिनिधिसभा– प्रेमप्रसाद तुलाचन वा महेन्द्र थकाली
प्रदेशसभा १ –इन्द्रधारा विष्ट
प्रदेशसभा २– प्रेमप्रसाद तुलाचन वा महेन्द्रबहादुर थकाली
मनाङ– प्रतिनिधिसभा– पोल्देन छोपाङ गुरुङ
प्रदेशसभा २– खण्डा लामा गुरुङ
प्रदेशसभा १– दोर्जे डण्डल गुरुङ
म्याग्दी– प्रतिनिधिसभा– भूपेन्द्रबहादुर थापा
प्रदेशसभा २– नरदेवी पुन
लमजुङ– प्रदेशसभा १ –धनञ्जय दवाडी
प्रदेशसभा २– पृथ्वीसुब्बा गुरुङ
गोरखा– प्रदेशसभा १ को २– रामशरण बस्नेत
रसुवा– प्रतिनिधिसभा – जनार्दन ढकाल
प्रदेशसभा १– कन्र्याल तामाङ
नुवाकोट– प्रतिनिधिसभा २ – नारायणप्रसाद खतिवडा
प्रदेशसभा –१ केशव पाण्डे
प्रदेशसभा २– बद्री मैनाली
धादिङ– प्रतिनिधिसभा १– भूमि त्रिपाठी
प्रदेशसभा १– राजेन्द्रप्रसाद पाण्डे
प्रतिनिधिसभा २– खेम लोहनी
प्रदेशसभा १– डा रामकुमार अधिकारी
पाँचथर– प्रतिनिधिसभा– वसन्तकुमार नेम्बाङ
प्रदेशसभा १– गणेशकुमार काम्बाङ
ताप्लेजुङ– प्रतिनिधिसभा– योगेशकुमार भट्टराई
प्रदेश १ – बलबहादुर साम्सोहाङ
संखुवासभा– प्रतिनिधिसभा– राजेन्द्र गौतम
प्रदेशसभा २–तुलसी न्यौपाने
भोजपुर– प्रदेशसभा १– राजेन्द्रकुमार राई
प्रदेशसभा २– शेरधन राई
ओखलढुङ्गा– प्रतिनिधिसभा – यज्ञराज सुनुवार
प्रदेशसभा १– अमिरबहादुर गुरुङ
सोलुखुम्बु– प्रदेश १ –मानवीर राई
प्रदेशसभा २– बुद्धिकुमार राजभण्डारी
खोटाङ– प्रतिनिधिसभा– विशाल भट्टराई
प्रदेशसभा १– राजन राई
रामेछाप– प्रदेशसभा १– शान्तिप्रसाद पौडेल
प्रदेशसभा २ – कैलाश ढुङ्गेल

1 2 3 4 1,115