Author Archives: डिजिटल दैनिक

बालगोपालेश्वरमा दुई वर्षपछिको तिहार

balgopaleshwor bhaitika (3)
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं, कात्तिक ४ः काठमाडौंको रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिरमा यसवर्ष दर्शनार्थीले मन्दिरमै पुगेर दर्शन गर्न पाएका छन् ।

यो मन्दिर वर्षको एक दिन भाइटीकाको दिन मात्रै खुल्छ । २०७२ साल वैशाख १२ गतेको भूकम्पले क्षति पुगेपछि गएको दुई वर्ष मन्दिरको ढोकामै पूजा गर्ने व्यवस्था गरेकोमा यसवर्ष भने पुरातत्व विभागले मन्दिरभित्रै दर्शन गर्ने व्यवस्था मिलाइएको हो ।

गएको वैशाखदेखि रानीपोखरी पुननिर्माणको जिम्मा आफै लिएको पुरातत्व विभागले रानीपोखरीको मन्दिरको मर्मतको काम गरिरहेको छ ।

पूर्वराजा ज्ञानेन्द्रको तिहारः साइतभन्दा पहिले नै टीका ग्रहण

Purba Raja

काठमाडौं, कात्तिक ४ः पूर्वराजा ज्ञानेन्द्र शाहले पञ्चाङ्ग निर्णायक समितिले तोकेको उत्तम साइत भन्दा एक घण्टा अधि नै टीका ग्रहण गरेका छन् ।

उनले बिहान १० बजेर ४५ मिनेटकै साइतमा भाइटीका ग्रहण गरेका हुन् । पूर्वराजा शाहले आफ्नी कान्छी बहिनी शोभा शाहीसँग उनकै निवास कमलादीमा टीका ग्रहण गरेका हुन् ।

पञ्चाङ्ग निर्णायक समितिले भाइटीकाको उत्तम साइत विहान ११ बजेर ५१ मिनेटमा रहेको बताए पनि ज्ञानेन्द्रले भने १० बजेर ४५ मिनेटको साइतमा टीका ग्रहण गरेका हुन् ।

टीका ग्रहण पछि पूर्वराजा ज्ञानेन्द्र शाहले सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त समेत गरेका थिए ।

प्रधानमन्त्री देउवाले लगाए कान्छी बहिनीबाट टिका

000

काठमाडौं, कात्तिक ४ः प्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले बहिनी दुर्गा चन्दको हातबाट टीका ग्रहण गरेका छन् ।

पञ्चाङग निर्णायक समितिले तोकेको उत्तम साइत ११ बजेर ५१ मिनेटमा प्रधानमन्त्री देउवाले आफ्नै निवास बुढानिलकण्ठमा टीका ग्रहण गरेका हुन् ।

तिहारको पाँचौ दिन आज भाइटिका, ११:५१ बजे उत्तम साईत

6bb45645-7942-4d5d-bdbb-11c166e7ca14

काठमाडौं, कात्तिक ४ः यमपञ्चक अर्थात् तिहारको पाँचौंँ एवम् अन्तिम दिन आज भाइटीका पर्व दिदीबहिनीले दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परानुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाइँदैछ ।

दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइबाट पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।

“भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ बजेर ५१ मिनेटको समय उत्तम छ, भाइटीकालगायत महत्वपूर्ण साइत अभिजित मुहूर्तमा दिइने भएकाले मध्याह्नको समय निकालिएको हो”, उनले भने । लक्ष्मीपूजाका दिन स्थापित दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा अष्टदल लेखी त्यसमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्टचिरञ्जीवी स्थापना गरिन्छ । 6bb45645-7942-4d5d-bdbb-11c166e7ca14

थालीमै चित्रगुप्त, यमराज, यमुना, धर्मराज र गणपत्यादि वनस्पत्यन्त देवताको समेत पूजाआजा गरी दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री र गोदावरीलगायत फूलका माला लगाइदिने गरिन्छ ।

तिहारमा सप्तरङ्गी टीका लगाउने भनी प्रचारप्रसार गरिए पनि शास्त्रीय मान्यता भने तिहारमा लगाइने टीकाको रङ रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँच वटा उल्लेख गरिएको समितिका अध्यक्ष गौतमले जानकारी दिए। टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला र सेलरोटी लगायत खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गरिने धार्मिक एवम् सामाजिक परम्परा छ ।

यस वर्ष टीका लगाउने दाजुभाइ पश्चिम र लगाइदिने दिदीबहिनी पूर्व फर्कनुपर्ने उनले बताए । आज पश्चिममा चन्द्रमा भएकाले लगाईमाग्ने दाजुभाइ पश्चिम फर्कँदा सम्मुख हुन्छ । टीका लगाइदिने भन्दा लगाइमाग्नेका लागि महत्वपूर्ण हुने भएकाले यसो गर्न अनुरोध गरिएको समितिले जनाएको छ । भाइटीका शनिबार परेकाले बिहान ८ बजेसम्म भने टीका नलगाउन अध्यक्ष गौतमले आह्वान गरे। शनिबार बिहान काल बेला पर्ने भएकाले ८ बजेपछि भने दिनभर टीका लगाउन बाधा नरहेको उनको भनाइ छ ।

दिदीबहिनी नहुनेका लागि आजैका दिन काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले मन्दिर क्षतिग्रस्त भएकाले मन्दिर बाहिर तस्वीर राखेर पूजा एवम् दर्शन गर्ने व्यवस्था मिलाइएको छ । बालगोपालेश्वर मन्दिर वर्षमा एक पटक आजैका दिन मात्र खुल्ने गथ्र्यो । दिदीबहिनी नहुनेहरू भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्छन् । दिदीबहिनी नहुनेहरुका लागि अञ्जलि दिदीले पनि काष्ठमण्डपनिर टीका लगाइदिन्छिन् ।

यसैगरी जयवागेश्वरीमा रहेको खञ्जनेश्वर महादेव मन्दिरमा पनि आज दिदीबहिनी नहुने दाजुभाइले पूजा एवम् दर्शन गरी टीका लगाउने प्रचलन रहेको संस्कृतिविद् एवम् पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्य सचिव डा गोविन्द टण्डनले जानकारी दिए ।

“विसं २०३५ अघि रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिरमा प्रवेशका लागि पोखरीमा मानिस हामफाल्ने समस्या रहेकाले बन्द गरिन्थ्यो, त्यसबेला जयबागेश्वरीको खञ्जनेश्वर महादेव मन्दिरमा दिदीबहिनी नहुने दाजुभाइ र दाजुभाइ नहुने दिदीबहिनीको भीड लाग्थ्यो, अहिले पनि यहाँ भाइटीकाका दिन भक्तजनको भीड लाग्छ”, उनले भने । विसं २०३५ पछि नियमित रुपमा रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिर खुल्न थालेको हो ।

एमालेले टुंग्यायो आफ्नो भागमा परेका संघीय संसदका १९ उम्मेदवार

Yamela office

काठमाडौं, कात्तिक ४ः नेकपा एमालेले पहिलो चरणमा चुनाव हुने ३२ जिल्लामा आफूले पाएका १९ संघीय सांसद उम्मेदवारको नाम टुंग्याएको छ ।

मंसिर १० गते चुनाव हुने ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमध्ये एमाले र माओवादीबीच क्रमशः २१ र १६ स्थानमा उम्मेदवारी दिने सहमति भएको थियो । सोही सहमतिअनुसार एमालेले शुक्रबार आफ्नो भागमा परेका निर्वाचन क्षेत्रमा उम्मेदवार टुंग्याएको हो ।

एमाले कार्यदलले तयार पारेको उम्मेदवारको सूचीलाई शुक्रबार बसेको पार्टी स्थायी समिति बैठकले अनुमोदन गरेको हो । ज्ञवालीका अनुसार एमालेका भागमा परेका बाग्लुङ र प्युठानका २ निर्वाचन क्षेत्रमा भने राष्ट्रिय जनमोर्चा पार्टीसँग चुनावी तालमेल गर्ने निर्णय भएको छ।

कहाँ को उम्मेदवार ?

दार्चुला–गणेशसिंह ठगुन्ना
बाजुरा–लालबहादुर थापा
बैतडी–दामोदर भण्डारी
बझाङ– भैरवबहादुर सिंह
डोल्पा–धनबहादुर बुढा
मुगु–गोपाल बम
मुस्ताङ– प्रेमप्रसाद तुलाचनरमहेन्द्र थकाली
मनाङ– पोल्देन छोपाङ गुरुङ
म्याग्दी–भूपेन्द्रबहादुर थापा
रसुवा–जनार्दन ढकाल
नुवाकोट–१वद्री मैनाली
नुवाकोट २ – नारायणप्रसाद खतिवडा
धादिङ १–भूमि त्रिपाठी
धादिङ २– खेम लोहनी
पाँचथर–वसन्त कुमार नेम्बाङ
ताप्लेजुङ– योगेश कुमार भट्टराई
संखुवासभा–राजेन्द्र गौतम
ओखलढुङ्गा–यज्ञराज सुनुवार
खोटाङ– विशाल भट्टराई

एमाले–माओवादी गठबन्धले ३२ जिल्लामा उम्मेदवार टुंग्यायोः कहाँ कुन पार्टीले पाए ?

agreement-uml-mao-BIJE1490_2krIpOeTUC_qRjqdF59vV

काठमाडौं, कात्तिक ३ः नेकपा एमाले र माओवादी केन्द्रले पहिलो चरणमा चुनाव हुने ३२ जिल्लाका प्रतिनिधिसभा र प्रदेशसभामा उम्मेदवार टुंगो लगाएका छन् ।

आउँदो मंसिर १० गतेका लागि चुनाव तोकिएका ३२ जिल्लाका प्रतिनिधिसभाका ३७ वटा निर्वाचन क्षेत्रमध्ये एमालेले २१ र माओवादी केन्द्रले १६ ठाउँमा उम्मेदवारी दिने सहमति भएको नेताहरुले बताएका छन् । यस्तै प्रदेशसभाका ७४ सिटमध्ये एमालेले ४१ र माओवादीले ३३ सिटमा उम्मेदवारी दिनेछन् ।

प्रतिनिधिसभामा एमालेले ताप्लेजुङ, पाँचथर, संखुवासभा, ओलखढुंगा, खोटाङ्ग, दोलखा, रसुवा, सिन्धुपाल्चोक–२, नुवाकोट–२, धादिङ १ र २, बाग्लुङ्ग–१, मनाङ्ग, मुस्ताङ्ग, म्याग्दी, डोल्पा, मुगु, बझाङ, बाजुरा, बैतडी र दार्चुलामा उम्मेदवार उठाउनेछ ।

यस्तै माओवादी केन्द्रले भोजपुर, सोलुखुम्बु, रामेछाप, सिन्धुपाल्चोक–१, नुवाकोट–१, गोरखा–१, बाग्लुङ–२, लमजुङ, रोल्पा, पूर्वी र पश्चिमी रुकुम, जुम्ला, कालिकोट, हुम्ला र जाजरकोटमा उम्मेदवार उठाउने सहमति भएको छ । यस्तै प्रदेशसभामा भोजपुर, सोलुखुम्बु, रामेछाप, मुस्ताङ्ग, मनाङ्ग, जाजरकोट र बाजुराका सबै क्षेत्रमा एमालेका उम्मेदवारलाई माओवादी केन्द्रले समर्थन गर्नेछ ।

पूर्वी र पश्चिम रुकुम, रोल्पा, गोरखा–२ र हुम्लामा सबै क्षेत्रमा माओवादी केन्द्रका उम्मेदवारलाई एमालेले समर्थन गर्नेछ । बाँकी क्षेत्रमा पनि सहमतिमा सिट बाँडफाँड भएको नेताहरुले बताएका छन् । सिट बाँडफाँड भएसँगै आफूले पाएका क्षेत्रमा उम्मेद्वार टुङ्गो लगाउन दुवै दलको आन्तरिक बैठक बसिरहेको छ ।

यसैबिच नेपाली कांग्रेसको संसदीय बोर्डको बैठक अहिले पनि बसिरहेको छ । बैठकमा प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवार चयन गर्ने विषयमा छलफल भइरहेको कांग्रेसका नेताहरुले बताएका छन् । केही दिनदेखि लगातार बसिरहेको बैठकले उम्मेद्वारको नाम भने अझै टुंगो लगाउन सकेको छैन ।

आज राति उल्का वर्षा हुने, के हो उल्का वर्षा ?

Ulka-Barsha

काठमाडौं, कात्तिक ३ः हेलीको पुछ्रेताराका कारण हुने मृघशिरा उल्का वर्षा आज रातिदेखि शनिबार बिहानसम्म देखिने भएको छ ।

उल्का वर्षाको स्रोत ओरायन (मृघशिरा) तारामण्डलमा भएको जस्तो देखिने हुनाले यसलाई ओरिअनिड मिटियर सावर वा मृघशिरा उल्का वर्षा नाम दिइएको छ । उल्का वर्षाको समय कात्तिक शुक्ल प्रतिपदा भएकाले आज राति हेर्न सकिनेछ ।

उल्का वर्षा स्थानीय समय अनुसार आज राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म देख्न सकिने नेपाल स्ट्रोनोमिकल सोसाईटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए । उल्का वर्षा हेर्नको लागि राति १२:४५ पछिको समय उत्तम रहेको उनले बताए ।

अत्याधिक उल्का वर्षाको समयमा प्रति घण्टा २० सम्म उल्का देखिने अनुमान छ । ती उल्का वर्षाको गति प्रति सेकेण्ड ६७ किलोटिरसम्म हुने भएकोले करिब सात किलोमिटरमाथि वायुमण्डलमा घर्षण पैदा भई यस्तो दृश्य देखिने अध्यक्ष भट्टराईले बताए ।

उल्का वर्षा के हो ?

पुछ्रेताराले सूर्यको परिक्रमा गर्ने क्रममा सूर्यको नजिक आइपुग्दा आफ्नो कक्षमा धुलोका कण र चट्टान छोड्ने गर्छ । जब पृथ्वीले सूर्यको परिक्रमा गर्ने क्रममा पुछ्रेताराको उक्त कक्षको नजिक आइपुग्छ, तब ती धुलोका कण र चट्टान पृथ्वीको वायुमण्डलमा तीब्र गतिले ठोक्किएर जल्ने गर्छन् ।

यसैलाई उल्का वर्षा भन्ने गरिन्छ । उल्का वर्षालाई नेपाली जनजिब्रोमा ‘तारा खसेको’ पनि भनिन्छ । बेलायती खगोलशास्त्री ‘एडमण्ड हेली’ले न्यूटनको गुरुत्वाकर्षणसम्बन्धी साध्यको माध्यमले सौर्य मण्डलका आकाशीय पिण्डको अध्ययन गर्ने क्रममा सन् १७५८ को क्रिसमसको रात पुछ्रेतारा पत्ता लगाएको हुनाले यसलाई ‘हेलोको पुछ्रेतारा’ भनिएको हो ।

यो एक नियमित पुछ्रेतारा हो । यसले हरेक ७५ वर्षमा सूर्यलाई परिक्रमा गर्छ । सन् १९८६ मा देखिएको पुछ्रेतारा अब भने सन् २०६१ मा देख्न सकिनेछ ।

वाम एकता देशका लागि घातकः प्रधानमन्त्री देउवा

debua

भक्तपुर, कात्तिक ३ः प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्र समाप्त पार्ने तत्वहरु अहिले एकजुट भएको बताएका छन् ।

नेपाली कांग्रेस भक्तपुर जिल्ला समितिले शुक्रबार गरेको शुभकामना आदानप्रदान एवं विमोचन कार्यक्रममा बोल्दै उनले कतन्त्रलाई जोगाउने चुनौती अहिले खडा भएको बताए । “लोकतन्त्र, प्रजातन्त्र र नागरिकको अधिकारलाई कुनै हालतमा अक्षुग्ण राख्नु जरुरी छ, लोकतन्त्र समाप्त पार्ने तत्वहरु अहिले एकजुट भएका छन्” प्रधानमन्त्री देउवाले भने, “लोकतन्त्रको खतरा टार्न आसन्न चुनावमा कांग्रेसको विजयी जरुरी रहेको छ ।”

गठबन्धनले प्रजातन्त्रमा खतरामा परेको बताउँदै उनले प्रजातन्त्र नमान्नेहरु एकमत भएकाले प्रजातन्त्रमाथि खतरा आएको टिप्पणी गरे । प्रधानमन्त्री देउवाले कम्युनिष्ट अधिनायकवाद ल्याएर नागरिकमा डर, त्रासको शासन गर्न खाजेको आरोप भन्दै उनले भने, “कम्युनिष्ट साम्राज्य ल्याएर अधिनायकवाद लाद्दै राणा शासन भन्दा पनि डरलाग्दो शासन चलाउन खोज्दैछन् ।”

राष्ट्रवादको कुरा गर्ने कम्युनिष्टहरु कुनै हालतमा राष्ट्रवादी हुनै नसक्ने भनाई राख्दै प्रजातन्त्र विरोधी शक्तिलाई परास्त गर्न नेपाली कांग्रेस एकढिक्का भएर अगाडि बढ्नु पर्नेमा जोड दिए ।

आचारसंहिता पालना गर्न दलहरुलाई निर्वाचन आयोगको आग्रह

election-commission-nepal

काठमाडौं, कात्तिक ३ः निर्वाचन आयोगले राजनीतिक दललाई निर्वाचन आचारसंहिता पूर्ण रुपमा पालना गर्न आग्रह गरेको छ ।

तिहार, छठ र नेपाल संवतका अवसरमा शुभकामना सन्देश दिदै निर्वाचन आयोगले आगामी मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि आचारसंहिता पालना गर्न दलहरुलाई आग्रह गरेको हो ।

शुभकामना सन्देशका साथ आयोगले दलहरुलाई उम्मेदवार छनौट गर्दा संविधानको भावना अनुरुप समानुपालिक र समावेशी सिद्धान्तको मर्मलाई ख्याल गर्न सचेत गराएको छ ।

निर्वाचन प्रक्रियाका सम्पूर्ण गतिविधिमा सबै सरोकारवालाहरुबाट पूर्ण सहयोग र सद्भावको अपेक्षा सहित आयोगले निर्वाचन सफल रुपमा सम्पन्न गर्न सबैको सहयोगको आव्हान गरेको छ ।

३२ जिल्लाका प्रदेश सभामा एमाले र माओवादीले बाँडे सिट, कसले कति सिट पाए ?

agreement-with-kp-oli-prachanda-and-baburam-02

काठमाडौं, कात्तिक ३ः वाम गठबन्धन बनाएका दुई दल नेकपा एमाले र माओवादी केन्द्रले पहिलो चरणमा मंसिर १० गते हुने चुनावका लागि ३२ जिल्लामा सिट टुंग्याएका छन् ।

दुई दल सम्मिलित कार्यदलले बिहीबार अबेर राति प्रतिनिधि र प्रदेश सभाका लागि दुई दलका उम्मेदवारका लागि निर्वाचन क्षेत्र टुंग्याएका हुन् । जसअनुसार ३२ जिल्ला ७४ प्रदेश सभा सदस्यमध्ये एमालेले ४१ र माओवादीले ३३ सिट पाएका छन्।

एमालेले ताप्लेजुङ (क), पाँचथर (क) संखुवासभा (ख), भोजपुर (क) र (ख), सोलुखुम्बु (क) र (ख), ओखलढुंगा (कं), खोटाङ (क), दोलखा (ख), रामेछाप (क) र (ख), रसुवा (क), सिन्धुपाल्चोक १ (ख), २ (ख), नुवाकोट १ (ख), लम्जुङ (क) र (ख), धादिङ १ (क), २ (क) , मनाङ (क) र (क), मुस्ताङ (क) र (ख), म्याग्दी (ख), गोरखा १ (ख), बाग्लुङ १ (क), २ (ख), डोल्पा (क), जुम्ला (ख), कालीकोट (क), जाजरकोट (क) र (ख), मुगु (क) र (ख), बझाङ (क), बाजुरा (क) र (ख), बैतडी (ख) र दार्चुला (क) मा उम्मेदवार उठाउने छ।

त्यस्तै माओवादी केन्द्रले ताप्लेजुङ (ख), पाँचथर (ख), संखुवासभा (क), ओखलढुंगा (ख), खोटाङ (ख), दोलखा (क), रसुवा (ख), सिन्धुपाल्चोक १ (क), २ (क), नुवाकोट १ (क), धादिङ १ (ख), २ (क), गोरखा १ (क), २ (क) र (ख), बाग्लुङ १ (ख), २ (क), म्याग्दी (क), रोल्पा (क) र (ख), रुकुम पूर्व (क) र (ख), रुकुम पश्चिम (क) र (ख), डोल्पा (ख), जुम्ला (क), कालीकोट (ख), हुम्ला (क) र (ख), बझाङ (ख), बैतडी (क) र दार्चुला (ख) मा आफ्ना उम्मेदवार उठाउने छ।

1 2 3 4 5 1,115