Author Archives: डिजिटल दैनिक

के गर्दैछन्, भारतीय राष्ट्रपति मुर्खजीले ३ दिनसम्म नेपालमा ? (कार्यतालिका सहित)

1478071815350_PS_Ktm_161102_1605472963_n
FacebookTwitterGoogle+PrintEmailShare

१७ गतेको कार्यक्रम
राष्ट्रपति मुखर्जीलाई विमानस्थलमा स्वागत
राष्ट्रपति भण्डारीसँग शीतल निवासमा दुईपक्षीय भेटवार्ता
भारतीय दूतावासले आयोजना गरेको रिसेप्सनमा सहभागी
होटल हायातमा उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री पुष्पकमल दाहालसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता
साँझ सोल्टी होटलमा राष्ट्रपति विद्यादेवी भण्डारीले दिने स्टेट ब्यङक्वीटमा सहभागी
१८ गतेको कार्यक्रम
पशुपतिनाथमा पुजाअर्चना
काठमाडों विश्वविद्यालयले दिने अनोररी डक्टरको कार्यक्रम (आर्मी अफिर्स सक्लव) मा सहभागी
काठमाडौं महानगरपालिकाले नगरवाबासीको तर्फबाट राष्ट्रिय सभागृहमा दिने नागरिक अभिनन्दनमा सहभागी
इन्डिया फाउन्डेसनले गर्ने कायक्रममा सहभागी
होटल हायातमा विभिन्न राजनीतिक दलका नेताहरुसँग भेटवार्ता (मधेसी दलका नेताहरुलाई संयुक्त भेटवार्ता )
साँझ होटल द्वारिकामा प्रधानमन्त्रीले उहाँको सम्मानमा रात्रिभोज
१९ गतेका कार्यक्रम
जनकपुर भ्रमणको लागि पस्थान
जानकी मन्दिरमा पुजाअर्चना
नागरिक अभिनन्दन र सम्बोधन
जनकपुरबाट पोखरा प्रस्थान
पोखरा ग्रान्डी होटलमा लञ्च
भूतपूर्व गोर्खा सैनिक पेन्सन शिविरमा सम्बोधन
साँझ काठमाडौं फिर्ता हुँदै सिधै त्रिभुवन अन्तर्रा्िष्ट्रय विमानस्थलबाट भारत प्रस्थान

राष्ट्रपति मुखर्जीको भ्रमण दलमा ६० सदस्य

1478071815350_PS_Ktm_161102_1605472963_n

काठमाडौँ, कात्तिक १७ : भारतका राष्ट्रपति प्रणव मुखर्जी नेतृत्वको उच्चस्तरीय भ्रमण दलमा रक्षा राज्यमन्त्री सुवास घाम्रीसहित ६० जना सम्मिलित छन्।

प्रतिनिधिमण्डलमा लोकसभा र राज्यसभाका चार सदस्य, भारतको राष्ट्रपति कार्यालयका सचिव एस जयशङ्कर, विदेश मन्त्रालयका सचिव अमिपा पल लगायत छन् ।

पराराष्ट्र मन्त्रालयका अनुसार उक्त भ्रमण दलमा भारतको सुरक्षा निकायका उच्च अधिकारी, विदेश मन्त्रालयका पदाधिकारी एवम् सञ्चार सञ्चारकर्मी सम्मिलित छन् ।  

भारतीय राष्ट्रपति मुखर्जी नेपालमा, विमानस्थलमा भब्य स्वागत

1

काठमाडौँ, कात्तिक १७ : भारतका राष्ट्रपति प्रणव मुखर्जी तीनदिने राजकीय भ्रमणका लागि काठमाडौँ आइपुग्नु भएको छ ।

भारतका राष्ट्रपति मुखर्जीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा स्वागत गर्नुभयो । राष्ट्रपति भण्डारीले उहाँलाई पुष्पगुच्छाले स्वागत गर्नुभएको हो । नेपालका विशिष्ट अतिथि मुखर्जीको स्वागतार्थ विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री पुष्पकमल दाहाल उपस्थित थिए। 1478071815350_PS_Ktm_161102_1605472963_n

राष्ट्रपति भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा विशेष विमानबाट मध्याह्न करिब १२ः२० मा अवतरण गर्नुभएका राष्ट्रपति मुखर्जीलाई नेपाली सेनाको एक टोलीले सम्मान गारत अर्पण गरेको थियो । उत्त, अवसरमा मन्त्रिपरिषद्का सदस्य, परराष्ट्र मन्त्रालय र राष्ट्रपतिको कार्यालयका वरिष्ठ अधिकारीहरु उपस्थित हुनुहुन्थ्यो । भारतका राष्ट्रपतिको सम्मानमा नेपाली सेनाले २१ तोपको सलामी पनि दिएको थियो ।

विमानस्थलको विशेष समारोहपछि राष्ट्रपति भण्डारीका साथ भारतीय राष्ट्रपति एउटै मोटरमा राष्ट्रपति कार्यालय शीतलनिवासतर्फ प्रस्थान गरेका छन् । राष्ट्रपतिको सवारी मार्ग विमानस्थलदेखि राष्ट्रपति कार्यालय शीतलनिवाससम्मको मार्गमा सर्वसाधारण नेपाल र भारतका राष्ट्रिय झण्डा फहराएर अतिथिको स्वागतार्थ उभिएका छन् ।

भारतीय सेनामा कार्यरत नेपालीको मृत्यु

130507-A-DK678-010

काठमाडौँ, कात्तिक १६ : पाकिस्तानको आक्रमणमा परी भारतीय सेनामा कार्यरत नेपाली नागरिक विमल तामाङको मृत्यु भएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार सोमबार जम्मु कश्मिरको रजौरी क्षेत्रमा सीमामा पाकिस्तानी पक्षबाट भएको आक्रमणमा तामाङको मृत्यु भएको हो। सुनसरी धरान स्थायी ठेगाना भएका तामाङ बीस वर्षका थिए । भारतीय सेनाका प्रवक्ता कर्नेल मनिष मेहेताले तामाङको मृत्यु पुष्टि गर्दै पाकिस्तानी पक्षले बिना सूचना फायरिङ खोल्दा घटना भएको बताए ।

करिब ४० हजार नेपाली नागरिक भारतीय गोर्खा रेजिमेन्टमा कार्यरत छन्। उनीहरुलाई भारतले सबैभन्दा जोखिमपूर्ण पाकिस्तानसँगको युद्धमा परिचालन गर्दै आएको छ।

भारतीय राष्ट्रपति भ्रमण सवारी पूर्वाभ्यास

1477972983709_RS_KTM_161101161101_8915

काठमाडौँ, कात्तिक १६ : भारतीय राष्ट्रपति प्रणव मुखर्जीको यही कात्तिक १७ देखि १९ गतेसम्म हुने नेपाल भ्रमणका लागि सवारी आवागमनको पुर्व अभ्यास गरिएको छ ।

मंगलबार सवारी पुर्व अभ्यासको क्रममा २८ वटा चारपाङ्ग्रे सवारी साधन र १४ वटा मोटरसाइकलको प्रयोग गरिएको थियो । नेपाली सेनाको मुख्यालय भद्रकालीबाट सुरु भएको सवारी पुर्वअभ्यास सोल्टी होटल पुगी पुनः प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा आएको थियो । राष्ट्रिय सभागृहबाट लैनचौरस्थित भारतीय दुतावास तथा लैनचौरमै रहेको रेडिसन होटल पुगी राष्ट्रपति कार्यालय, शितलनिवासमा पूर्व अभ्यास सवारी चलाइएको थियो । 1477972983709_RS_KTM_161101161101_8915

पुर्व अभ्यास सवारी शितलनिवासबाट बत्तिसपुतलीस्थित होटल द्वारीकाज पुगी पशुपति मन्दिरसम्म गएको थियो । पशुपति मन्दिरबाट राष्ट्रपति मुखर्जी बस्ने भनिएको बौद्धस्थित होटल हायात पुगी आजको सवारी पुर्व अभ्यास समापन भएको थियो । सवारीको क्रममा राष्ट्रपति मुखर्जीको अघिपछि सुरक्षा निकायको सवारी साधनको स्कर्टिङ, सञ्चार सम्बन्ध बिच्छेद गरिदिने जामर सहितको गाडी तथा एम्बुलेन्स लगायतको व्यवस्था गरिनेछ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्र पाख्रिनले राष्ट्रपति मुखर्जी पुग्ने स्थानहरुमा आज सवारी आवागमनको पुर्व अभ्यास गरिएको जानकारी दिए । सवारी पूर्व अभ्यासका कारण केही समय सवारी अवरोध हुँदा तिहारमा टिका लगाउन हिँडेका सर्वसाधारणले कठिनाई भोग्नु परेको थियो । तिहारका कारण सडकमा कम सवारी गुडेकाले अन्य समयजस्तो लामो जाम भने सर्वसाधारणले भोग्नु परेन ।

भ्रमणको क्रममा सवारी आवागमनमा केही असहजता आउने भएकाले ती दिनका विभिन्न समयमा वैकल्पिक सडक मार्गको प्रयोग गर्न ट्राफिक प्रहरीले सर्वसाधारणलाई अनुरोध गरेको छ ।

राष्ट्रपति भण्डारीबाट भाइटीका प्रदान, निर्वाचन गराउनुपर्नेमा जोड

???????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????

काठमाडौँ, कात्तिक १६ : राष्ट्रपति विद्यादेवी भण्डारीले आज विहान ११ बजेर ५२ मिनेटको शुभसाइतमा आफ्ना भाइ डेगेन्द्र पाण्डेलाई भाइटीका लगाइदिएकी छिन् ।???????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????

भाइ पुजन एवम् टीकाको कार्यक्रम राष्ट्रपति निवास शीतलनिवासमा भएको थियो । सो अवसरमा भाइ डेगेन्द्रलाई अरु दिदीहरु कल्पना भण्डारी र कविता पाण्डेले पनि टीका लगाई दिएकी हुन् । साथै, भाइ डेगेन्द्र पाण्डेले पनि सोही अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, दिदीहरु कल्पना भण्डारी र कविता पाण्डेलाई टीका तथा माला लगाई पूजा गरेकी हुन् । भाइलाई टीका लगाइदिएपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै राष्ट्रपतिले सम्पूर्ण नेपालीको सुख, शान्ति र समृद्धिको कामना गरिन् ।

मुलुकको समृद्धिका लागि संविधान कार्यान्वयन महत्वपूर्ण भएको बताउनुहुँदै राष्ट्रपति भण्डारीले यसका लागि सबै पक्ष मिलेर स्थानीय, प्रान्तीय र राष्ट्रिय निर्वाचन गराउनु जरुरी भएकाले चाँडोभन्दा चाँडो सबै मिलेर निर्वाचन गराउनुपर्नेमा जोड दिइन । रासस

जब अध्यक्ष प्रचण्डले ‘माईतीघर आएजस्तो भो’ भने !

prachanda1

काठमाडौँ, असार ३१: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय गठबन्धनले खुलामञ्चमा गरेको रिले अनसनमा ऐक्यवद्धता जनाएका छन्। prachanda

सरकारबाट बाहिरिने निर्णय गरेसँगै ऐक्यवद्धता जनाउन खुलामञ्ज पुगेका प्रचण्डले आफुलाई माइती घर आएजस्तो लागेको बताए। ‘यो आन्दोलन मैले नै जन्माएको थिएँ, अहिले फेरि म यहीँ आएको छुु’ उनले भने ‘म यहाँ आउँदा घरबाट माइती आएजस्तो लागेको छ।’

उनले अहिलेको राजनीतिक परिस्थिति सिर्जना हुनुमा संघीय गठबन्धनको आन्दोलनको ठूलो भूमिका रहेको भन्दै नयाँ परिस्थितिमा सँगसँगै अगाडि बढ्न गठबन्धनमा आवद्ध दलहरुलाई आग्रह गरे।

दाहालले संविधान संशोधन मार्फत गठबन्धनले राखेका मागहरु पूरा गर्न पहल गर्ने प्रतिवद्धता पनि जनाए।

आयोगले सरकारलाई भन्यो,‘केसीको स्वास्थ्य उपचारमा संवेदनशील बन्’

national_human_right_commission_copy3

काठमाडौँ, असार ३१: राष्ट्रिय मानव अधिकार आयोगले अनशनरत डा. गोविन्द केसीको जीवन रक्षा गरी स्वास्थ्य उपचारमा संवेदनशील हुन सरकारसँग आग्रह गरेको छ। Govinda Kc Large size

आयोगले शुक्रबार एक प्रेस विज्ञप्ति मार्फत त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगन्ज परिसरमा समग्र स्वास्थ्य क्षेत्रको सुधारको माग राखी असार २६ गतेदेखि आमरण अनशनमा बसेका डा केसीको स्वास्थ्य अवस्था गम्भीर हुँदै गएपछि उक्त आग्रह गरेको हो।

आयोगले डा केसीको स्वास्थ्य उपचारको व्यवस्था गर्नका लागि त्रिविवि, शिक्षण अस्पताल, महाराजगन्ज, जिल्ला प्रशासन कार्यालय, काठमाडौँ र प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालय समेतलाई पत्राचार गरेको विज्ञप्तिमा उल्लेख छ।

आयोगका प्रवक्ता मोहना अन्सारीद्वारा आज जारी विज्ञप्तिमा विरोधको स्वरुप जस्तोसुकै भए पनि व्यक्तिको स्वास्थ्य उपचार जीवनरक्षासँग जोडिएकाले संवेदनशील भई निजको प्रभावकारी स्वास्थ्य उपचार गर्नु/गराउनु सम्बन्धित पक्षको महत्वपूर्ण जिम्मेवारी हो भनिएको छ ।

दुई लाख ५० हजार घुससहित अधिकृत अख्तियारको फन्दामा

Akhitar

काठमाडौँ, असार ३१: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल कृषि अनुसन्धान केन्द्र खजुरा बाँकेमा कार्यरत प्राविधिक अधिकृत वीरेन्द्रकुमार यादवलाई घुस लिँदालिँदै आज पक्राउ गरेको छ।

आयोगको विशेष टोलीले प्राविधिक अधिकृत यादवलाई रु दुई लाख ५० हजार घुस रकमसहित बाँके खजुराबाटै पक्राउ गरेको हो।

आयोगका प्रवक्ता कृष्णहरि पुस्करका अनुसार कृषि अनुसन्धान केन्द्र, खजुरा बाँके र कोसेबाली अनुसन्धान केन्द्र खजुरा, बाँकेको हाताभित्र निर्माण हुन लागेको डिप बोरिङ र विद्युत् लाइन विस्तार कार्य सम्पन्न गरी बिल भुक्तानीका लागि निवेदन दिँदा प्राविधिक अधिकृत यादवले सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा पुगेको आयोगको टोलीले उनलाई पक्राउ गरेको हो।

पक्राउ परेका यादवको अनुसन्धान कार्य जारी रहेको आयोगले जनाएको छ।

आफ्ना सभासद्लाई उपत्यका बाहिर नजान कांग्रेसको ह्विप

Nepali Congress Head Office

काठमाडौँ, असार ३१: नेपाली कांग्रेसले आफ्ना सबै सांसदहरूलाई साउन ६ गतेसम्म उपत्यका बाहिर नजान दिर्देशन दिएको छ।

‘सम्माननीय सभामुखज्यूले व्यवस्थापिका–संसदको बैठक विशेष कारणवश मिति २०७३ श्रावण ६ गते विहिबार विहान ११:०० बजे बस्ने गरी निर्धारण गर्नुभएकोले सम्पूर्ण माननीय सदस्यज्यूहरु आजकै मितिदेखि काठमाडौं–उपत्यका बाहिर नजानहुन र बाहिर जिल्ला वा विदेशमा रहनु भएका माननीय सदस्यज्यूहरुको हकमा आउदो श्रावण २ गते आईतबारसम्म नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा सम्पर्क राख्न निर्देशानुसार यो ह्विप जारी गरिएको छ,’ प्रमुख सचेतक हचिनकाजी श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

1 2 3 383