Author Archives: डिजिटल दैनिक

एमाले निर्णय : राजीनामा नदिने, अविश्वासको प्रस्तावविरूद्ध सामना गर्ने

kp oli
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौँ, असार ३०: एमाले स्थायी समिति बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने निर्णय गरेको छ।

बिहीबार बसेको बैठकले प्रधानमन्त्रीले राजीनामा नदिने भरु काँग्रेस माओवादीले राखेको अविश्वासको प्रस्तावविरूद्ध सामना गर्ने निर्णय गरेको बैठकमा सहभागि नेताहरुले जनाएका छन्। बैठकमा नेताहरूले प्रधानमन्त्रीलाई राजनीनामा नदिनू बरू अविश्वासको प्रस्ताव ‘फेस’ गर्ने सुझाएका थिए। kp oli

यद्यपी केहि नेताहरुले भने राजीनामा दिनुपर्ने पनि बताएका थिए। माओवादीले चालेको कदमले देशलाई गम्भीर दुर्घटनामा फसाउन खोजेको आरोप समेत एमालेले लगाएको छ।

सत्ता गठबन्धनको ठूलो दल माओवादी केन्द्रले सत्ताबाट बाहिरिएपछि प्रधानमन्त्री केपी शर्माले पार्टीको स्थायी समिति बैठक बोलाएका थिए।

नेपालले विश्वलाई शान्तिको पाठ सिकाएको छ : प्रम ओली

PM KP Sharma Oli

काठमाडौँ, असार ३०: प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्ध जन्मभूमि नेपालले विश्वलाई शान्तिको पाठ सिकाएको बताएका छन्।

धर्मकीर्ति विहार नघलका अध्यक्ष भिक्षुणी धम्मवतीको ८३ औँ जन्मोत्सवका अवसरमा बिहिबार काठमाडौँमा आयोजना गरिएको एक कार्यक्रममा उनले विश्वलाई शान्तिको सन्देश दिनुका साथै विश्व बान्धुत्व, भ्रातृत्व र मानव जातिको सर्वोपरी कल्याणको उपाय बुद्धले सिकाएको उल्लेख गरे। ‘‘बुद्धले हामीलाई शान्तिको मार्गदर्शन गर्नुभएको छ। त्यसकारण हामीले उनको २५६०औँ जन्मजयन्तीका अवसरमा लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन आयोजना गरेका हौँ जसले गर्दा बुद्धका सन्देश संसारभर फैलिन पुगेको छ।’

उनले नेपाल बुद्धको जन्मभूमि मात्र नभएर बुद्ध धर्म र दर्शनको स्रोत पनि भएको बताए। बुद्धले देखाएको मध्यम मार्ग र शान्तिको बाटो विश्वकै लागि प्रेरणादायी रहेको प्रष्ट पारे। लुम्बिनी विकासका लागि पर्याप्त बजेट छुट्याइएको उल्लेख गर्दै उनले त्यहाँको विकास छिटोछरितो रुपमा गर्न निर्देशन दिएको पनि बताए। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले लुम्बिनीको विकास गर्न जापानी प्रोफेसर केन्जो ताङ्गेले पेस गर्नुभएको गुरुयोजना आगामी तीन वर्षभित्र पूरा गर्ने गरी कार्य अगाडि बढाइएको बताए।

उनले पाँच हजार व्यक्ति अटाउने हल निर्माण कार्य पनि अगाडि बढेको र एक वर्षभित्र निर्माण पूरा भइसक्ने जानकारी दिए।
विहारका अध्यक्ष भिक्षुणी धम्मवतीले सरकारले बुद्धपूर्णिमाको अवसरमा आयोजना गरेको बौद्ध सम्मेलनले विश्वभर बुद्ध धर्म र शान्तिको सन्देश फैलाउन मद्दत पुगेकामा खुसी व्यक्त गर्नुभयो र त्यसका लागि प्रधानमन्त्री र पर्यटनमन्त्रीलाई सधन्यवाद सम्मानपत्र प्रदान गरे।

सम्मानपत्र ग्रहण गर्दै प्रधानमन्त्री ओली र पर्यटनमन्त्री पोखरेलले जन्मदिन अवसरमा भिक्षुणी धम्मवतीको सुस्वास्थ्य र दीर्घायुको कामना गरेका थिए।

मौद्रिक नीति सार्वजनिक, आर्थिक वृद्धि हासिल गर्न सहयोग पुग्ने विश्वास

charanjebi

काठमाडौँ, ३० असार: नेपाल राष्ट्र बैंकले राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय आर्थिक परिदृश्य र सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटले अवलम्बन गरेका उद्देश्य र प्राथमिकतासँग तादात्म्यता कायम गर्दै आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक गरेको छ।

केन्द्रीय बैंकले कृषि, ऊर्जा, पर्यटन, घरेलु तथा साना उद्योगलगायत उत्पादनशील क्षेत्र र विपन्न वर्गमा पुँजी प्रवाह हुनेगरी आज मौद्रिक नीति सार्वजनिक गरेको हो। मौद्रिक नीतिअनुसार बजेटमा उल्लेख भए बमोजिम उपभोक्ता, मद्रास्फीति दरलाई ७।५ प्रतिशतमा कायम गर्ने तथा ६.५ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने सरकारी लक्ष्यलाई टेवा पुर्‍याउने गरी तरलता व्यवस्थापन गरिनेछ। त्यसैगरी आन्तरिक कर्जा विस्तार लक्ष्य २५ प्रतिशत तथा निजी क्षेत्रतर्फको कर्जा २० प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरिएको छ। niti

उक्त नीति सार्वजनिक गर्दै गभर्नर डा चिरञ्जीवी नेपालले अनिवार्य नगद मौज्दात कायम गर्ने अवधिलाई एक हप्ताबाट दुई हप्तामा बढाइएको र व्यावसायिक कृषि परियोजनाको धितोमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने रु १० लाखसम्मको परियोजना कर्जालाई विपन्न वर्ग कर्जामा गणना गरिने जानकारी दिए। उनले वाणिज्य बैंकहरुले आफ्नो कुल कर्जाको २० प्रतिशत तोकिएका उत्पादनशील क्षेत्रमा प्रवाह गर्नुपर्ने व्यवस्थालाई कायम राखिएको बताउँदै कृषि तथा ऊर्जा क्षेत्रमा प्रवाह गर्नुपर्ने कर्जाको न्यूनतम सीमा १२ प्रतिशतबाट १५ प्रतिशतमा पुर्‍याउने व्यवस्था गरिएको जानकारी दिए।

त्यस्तो व्यवस्था आगामी असार मसान्तसम्ममा गरिसक्नुपर्नेछ। मौद्रिक नीतिअनुसार वाणिज्य बैंकहरुले आगामी आवदेखि लागू हुने गरी त्रैमासिक रुपमा चार प्रतिशत ‘लिभरेज’ अनुपात कायम गर्नुपर्ने र कुल निक्षेपमा संस्थागत निक्षेपको अंश साविकको ६० प्रतिशतबाट घटाई ५० प्रतिशतको सीमाभित्र राख्नुपर्ने व्यवस्था गरिएको छ।charanjebi

त्यसैगरी उक्त नीतिले रु ५० करोड वा सोभन्दा बढीको बहुबैंकिङ कर्जा उपयोग गर्ने ऋणीको कर्जालाई सहवित्तीयकरण कर्जामा परिणत गर्नुपर्ने सीमा वृद्धि गरी रु एक अर्ब कायम गरेको छ। त्यसैगरी, उक्त नीतिले पूर्वाधारका क्षेत्रमा लगानी गर्न निजी क्षेत्रसमेतको सहभागितामा पूर्वाधार विकास बैंक स्थापना गर्ने लक्ष्य लिएको छ भने बैंक तथा वित्तीय संस्थाहरुले संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी काममा आफ्नो मुनाफाको कम्तीमा एक प्रतिशत रकम छुट्याउनुपर्ने तथा कुल कर्मचारी खर्चको कम्तीमा तीन प्रतिशत रकम तालिम तथा वृत्तिविकासमा खर्च गर्नुपर्नेछ।

भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी हुने गरी सफ्टवेयर खरिद गर्नुपरेमा हाल एकपटकमा बढीमा १० हजार अमेरिकी डलर सीमा तोकिएकामा त्यसलाई वृद्धि गरी १५ हजार पुर्‍याइएको छ। त्यस्तै, विप्रेषण तथा मनी चेन्जर व्यवसायमा संलग्न संस्थाहरुले कायम गर्नुपर्ने चुक्ता पुँजी पनि वृद्धि गरिएको छ। प्रस्तुत मौद्रिक नीति मुलुकको आर्थिक स्थायित्व कायम गर्न र लक्ष्यित आर्थिक वृद्धि हासिल गर्न सहयोगी हुने विश्वास गभर्नर नेपालले व्यक्त गरे।

राष्ट्रिय महत्वको निर्णय नगर्न ओली सरकारलाई काँग्रेस र माओवादीको चेतावनी

final

काठमाडौँ, असार ३०: नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले ओली नेतृत्वको सरकार काम चलाउ भएको भन्दै विज्ञप्ति जारी गरेका छन्।

दुई पाटीले बिहिबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै सरकार काम चलाउ हैसियतमा मात्र रहेकाले राष्ट्रिय महत्व राख्ने निर्णय नगर्न चेतावनी दिएका हुन्। ‘वर्तमान सरकारबाट सत्ता साझेदार दोस्रो ठूलो दल माओवादी केन्द्रले समर्थन फिर्ता लिइसकेपछि वर्तमान सरकार स्वत अल्पमतमा परेको र अविश्वासको प्रस्ताव पनि दर्ता गराएकाले सरकार केबल कामचलाउ मात्र भएको विज्ञप्तिमा उल्लेख छ। final

विज्ञप्तिमा भनिएको छ,‘वर्तमान सरकारले दैनिक काम काजका सामान्य काम बाहेक कुनै पनि राष्ट्रिय महत्व राख्ने र दिर्घकालिन प्रभाव पार्ने काम नगर्न वर्तमान सरकारको ध्यानाकर्षण गराउँछौ।’

माओवादीले र काँग्रेस नयाँ सरकार गठन गर्न सहमत भएका छन् र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध बुधबार अविश्वासको प्रस्ताव समेत दर्ता गरिसकेका छन्।

1

न्यायाधीशको संसदीय सुनुवाइ आइतबारदेखि

Suprime court

काठमाडौँ, असार ३०: संसदीय सुनुवाइ विशेष समितिले आगामी आइतबारदेखि सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशको सुनुवाइ प्रारम्भ गर्र्ने भएको छ।

समितिका सभापति कुलबहादुर गरुङको अध्यक्षतामा आज बसेको बैठकमा न्यायाधीशका विरुद्ध परेका उजुरीबारे जानकारी लिएको थियो। बैठकले संसदीय सुनुवाइ विशेष समितिको कार्यविधि २०७३ लाई थप परिमार्जनसहित पारित गर्ने पनि निर्णय गरेको छ।

न्याय परिषद्ले विभिन्न पुनरावेदन अदालतका मुख्य न्यायाधीशहरू दीपककुमार कार्की, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे, मीरा खड्का, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा.आनन्दमोहन भट्टराई, पूर्व महान्यायाधिवक्ता हरिकृष्ण कार्की तथा वरिष्ठ अधिवक्ता त्रय अनिलकुमार सिन्हा, प्रकाशमान सिंह राउत र सपना मल्ल प्रधानलाई नियुक्तिका लागि सिफारिस गरी पठाएको थियो।

फिफा बरियतामा नेपाल ६ स्थान तल झर्‍यो, दक्षिण एसियामा भने पाँचौ स्थानमा

nepal teem

काठमाडौं, असार ३० :विश्व फुटबल बरियतामा नेपाल पुन ६ स्थान तल झरेको छ।

फिफाले सार्वजनिक गरेको नयाँ बरियता अनुसार नेपाल ६ स्थान तल झर्दै १ सय ८८ औं स्थानमा पुगेको हो। दक्षिण एसियामा भने नेपाल पाँचौ स्थानमा छ। १ सय ५० औं स्थानमा रहँदै अफगानिस्तान दक्षिण एसियामा पहिलो स्थानमा छ। यस्तै भारत १ सय ५२ औँ, माल्दिभ्स १ सय ७४ औँ र बंगलादेश १ सय ८३ औँ स्थानमा छन्। fifa

यस्तै भुटान १ सय ९२ औँ, श्रीलंका १ सय ९३ औँ र पाकिस्तान १ सय ९४ औँ स्थानमा छन्। वरियतामा गएको महिनाभन्दा १५ स्थान माथि चढ्दै वेल्स ११ औँ स्थानमा उक्लिएको छ। फ्रान्सले पनि पहिले भन्दा १० स्थान सुधार गर्दै सातौँ स्थानमा पुगेको छ।

वेल्स युरो कप २०१६ को सेमिफाइनल र फ्रान्स फाइनल पुगेकाले वरियतामा सुधार भएको हो। यस्तै गएको महिनाभन्दा दुई स्थान माथि चढ्दै पोर्चुगल छैठौँ स्थानमा उक्लिएको छ।

स्पेन र ब्राजिल भने पहिले भन्दा दुई स्थान तल झरेका छन्।

काँग्रेस नेता केसीलाई पितृशोक

सोलुखुम्बु, असार ३०: नेपाली काँग्रेसका नेता तथा सांसद बलबहादुर केसीलाई पितृशोक परेको छ।

पूर्व युवा तथा खेलकुद मन्त्री केसीका ९८ वर्षीय पिता लालबहादुर खत्रीको गएराति उपचारका क्रममा काठमाडौँस्थित ओम हस्पिटलमा निधन भएको हो।

खत्रीको आज बिहान पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।

विदेशीको इसारामा सरकार परिवर्तनको खेल : प्रधानमन्त्री

pm

काठमाडौँ, असार ३०: प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिवर्तनको खेल विदेशीको इसारामा भएको बताएका छन्।

बिहीबार सोल्टी होटेलमा राष्ट्रिय सुरक्षा गोष्ठी उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले व्यक्तिगत स्वार्थको लागि सरकार परिवर्तन हुनु राम्रो नभएको बताए। ओलीले नेपालको हित सबै छिमेकीसँगको मित्रताले मात्र हुने बताउदै राष्ट्रियहितलाई कमजोर पार्न नसकिने पनि बताए। ‘राष्ट्रियहितलाई कमजोर पार्न सकिदैन, गरिदैन र गर्नु हुँदैन, ओलीले भने, ‘हामीले राष्ट्रियहित र स्वाभिमानको रक्षा गर्दै र छिमेकीका जायज चासोलाई सम्बोधन गर्नुपर्छ।’ pm

तराई आन्दोलनप्रति लक्षित गर्दै उनले संविधानले कसैलाई विभेद नगरेको दाबी गरे। उनले थपे,‘राजनीतिक हिसाबमा विभिन्न मागहरु आउँछन्।’ ‘कुन माग केका लागि पूरा गर्ने हो ?’ उनले संविधानमा पुर्नलेखन भन्ने प्रावधान नभएकाले संशोधन गर्न मात्र सकिने बताए । कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल भने उपस्थित भएनन्।

कार्यक्रमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, बाबुराम भट्टराई, लोकेन्द्रबहादुर चन्द र उपप्रधान तथा रक्षामन्त्री भीम रावलले राष्ट्रिय सुरक्षाबारे आ–आफ्नो धारणा पेश गरे।

सरकार परिवर्तन मुलुकको हितमा छैन : बिजुक्छे

bij

भक्तपुर, असार २९: नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सरकार परिवर्तन मुलुकको हितमा नभएको बताएका छन्।

रफत् सञ्चार क्लबले आयोजना गरेको साक्षात्कारमा उहाँले संविधान कार्यान्वयनलाई छाडेर भएको सत्ता परिवर्तनको खेल देश कै लागि घातक भएको बताए।

अध्यक्ष बिजुक्छेले सरकार परिवर्तनले मुलुकमा भूकम्पपछिको पुनःनिर्माण, मधेसका समस्या समाधान र संविधान कार्यान्वयनलाई अघि बढाउन कठिन हुने बताए।

संवैधानिक जटिलताका कारण नयाँ सरकार गठन सहज नहुने उनको भनाइ थियो।

‘स्पोर्टस अवार्ड’को मनोनयन सार्वजनिक

award

काठमाडौँ, असार २९: नेपाल खेलकुद पत्रकार मञ्चले यस वर्षको ‘पल्सर स्पोर्टस अवार्ड’का लागि मनोनयन सार्वजनिक गरेको छ।

बुधबार यहाँ पत्रकारसम्मेलनको आयोजना गर्दै मञ्चले चार विधाका लागि मनोनयन सार्वजनिक गरेको हो । अवार्डका लागि हरेक विधामा पाँच/पाँच खेलाडी मनोनयनमा परेका छन् । मञ्चका सचिव राजु घिसिङको संयोजकत्वमा गठित सात जनाको समितिले गत वर्ष अर्थात् विसं २०७२ भरि विभिन्न खेलमा उत्कृष्ट प्रदर्शन गर्ने र देशलाई सफलता दिलाउने खेलाडीलाई अवार्डका लागि योग्य ठहर गर्दै मनोनयन गरेको बताइएको छ । award

जसअन्तर्गत वर्षका उत्कृष्ट पुरुष खेलाडीमा फुटबलका नवयुग श्रेष्ठ र विकेश कुथू, भारोत्तोलनका विकास थापा, उसुका राजेश चौधरी तथा तेक्वान्दोका वीरबहादुर महरा छन्। त्यस्तै उत्कृष्ट महिला खेलाडीतर्फ जुडोकी फुपू ल्हामु खत्री, उसुकी निमा घर्तीमगर, पौडीकी गौरिका सिंह, ट्रायथलनकी रोजा केसी र तेक्वान्दोकी रेजिना कार्की रहेका छन्। त्यसैगरी क्रिकेटका सन्दीप लामिछाने, फुटबलका अन्जन विष्ट, पौडीकी गौरिका सिंह, जुडोकी मनिता श्रेष्ठ प्रधान, उसुकी निमा घर्ती मगर उत्कृष्ट युवा खेलाडीका लागि मनोयनमा परेका छन्।

साथै वर्षको उत्कृष्ट प्रशिक्षकमा फुटबलका बालगोपाल महर्जन र राजुकाजी शाक्य, क्रिकेटका जगत टमाटा, उसुका प्रकाश महर्जन र जुडोका दलबहादुर गुरुङ छनोट हुन सफल भए। यीबाहेक अन्य चार विधामा गरी यो वर्ष जम्मा आठ विधामा पुरस्कार दिइनेछ। ‘पिपुल्स च्वाइस अवार्ड’का लागि यसअघि नै पाँच खेलाडी मनोनयनमा परिसकेका थिए। दर्शकको ‘एसएमएस’ मतका आधारमा हुने यस विधामा फुटबलका नवयुग श्रेष्ठ, क्रिकेटका सन्दीप लामिछाने, भलिबलकी प्रतिभा माली, टेबलटेनिसकी नविता श्रेष्ठ र भारोत्तोलनकी तारादेवी पुन मनोनयनमा परिसकेका छन्। अन्य विधामा उत्कृष्ट पाराएथलेटिक, स्पेसल अवार्ड र ‘लाइभ टाइम अचिभमेन्ट’ अवार्ड छन्।

यी तीन विधामा अवार्ड प्रदान गरिने दिन सोझै निर्णय गरिने छ। विभिन्न विधाका मनोनयनमा परेका मध्ये फुटबलका नवयुग, क्रिकेटका सन्दीप र उसुकी निमा दुई विधामा समावेश छन्। यीमध्ये वर्षका सर्वोत्कृष्ट पुरुष, महिला र ‘पिपुल्स च्वाइस’ विधाका एक÷एक खेलाडीले जनही पल्सर मोटरसाइकल प्राप्त गर्नेछन् भने अन्यले जनही रु ५० हजार पाउनेछन्। अवार्ड आगामी साउन ६ गते यहाँस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा प्रदान गरिने कार्यक्रम छ।

1 2 3 4 383