Author Archives: डिजिटल दैनिक

सुदूरपश्चिमाञ्चल सेमिफाइनलमा

FacebookTwitterGoogle+PrintEmailShare

पोखरा,माघ २६ : सुदूरपश्चिमाञ्चल फुटबल क्लब कैलाली पोखरामा जारी आहा–रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा सोमबार भएको द्रोस्रो क्वार्टरफाइनल खेलमा एल्टरसट टाउन फुटबल क्लबलाई ३-० ले हराउंदै सुदूरपश्चिमाञ्चल सेमिफाईनलमा प्रवेश गरेको हो ।

aaha rara

सुदूरपश्चिमाञ्चललाई जित दिलाउने क्रममा लागि सुनील बाल, हेमन्त थापा मगर र दिनेश राजवंशीले एक–एक गोल गरे । यसअघि सिमराको नव जनजागृति युवा क्लबलाई १-० ले हराउंदै नेपाल पुलिस क्लब सेमिफाईनलमा पुगिसकेको छ ।

तेस्रो क्वार्टरफाइनल अन्तर्गत मंगलबार थीस्टार क्लबले झापा–११ सँग खेल्नेछ । झापाले प्रिक्वाटरफाइनलमा जगदम्बा लुम्बिनी फुटबल क्लब बुटबलाई हराएको थियो भने थीस्टारले सीधै क्वार्टरफाइनलमा ठाउं बनाएको हो ।

1 381 382 383