Author Archives: डिजिटल दैनिक

पाँच प्रदेशमा पराजित भएपछि मोदीले भने, ‘हारजित जीन्दगिको हिस्सा’

modi aa
FacebookTwitterGoogle+PrintEmailShare

modi aaकाठमाडौं, मंसिर २६ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाँच राज्यको विधानसभा निर्वाचन परिणाम सार्वजनिक भएपछि हारजीत जिन्दगीको हिस्सा भएको बताएका छन् ।

प्रचण्ड बहुमतसहित केन्द्रमा सरकार चलाइरहेको भारतीय जनता पार्टी (भाजपा)ले अघिल्लो निर्वाचनको तुलनामा १८५ सिट गुमाएपछि उनले सामाजिक सञ्जाल ट्विटरमा यस्तो धारणा व्यक्त गरेका हुन् ।

‘म कार्यकर्ताको मिहनेतलाई सलाम गर्छु’, उनले मंगलबार ट्विटरमा लेखेका छन्, ‘हारजीत जिन्दगीको हिस्सा हो ।’
विधानसभा चुनावमा आफ्ना कार्यकर्ताले दिनरात मिहिनेत गरेको भन्दै उनले प्रशंसा गरेका छन् ।

जनताको म्यान्टेड स्विकार्य

नतिजा सार्वजनिक भएलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनताको म्यान्डेट स्विकार्य भएको बताएका छन् । मोदीले ट्विटरमा भनेका छन्, ‘हामी जनताको म्यान्डेट विनम्रतापूर्वक स्विकार गर्दछौं ।’

२०१३ को निर्वाचनमा बहुमत दिएकोमा छत्तीसगढ, मध्यप्रदेश र राजस्थानका जनतालाई धन्यवाद भनेका छन् । तीनवटै राज्यमा आफ्नो पार्टीको सरकारले अथक रुपमा जनताको काम गरेको उनको भनाइ छ ।

मध्यप्रदेशमा ५७, राजस्थानमा ९० र छत्तीसगढमा ३४ सिट गुमाएको भाजपा तीन वटै राज्यमा दोस्रो ठूलो दल बनेको छ । अघिल्लो चुनावमा पाँच सिट जितेको तेलंगनामा भाजपाले एक सिट मात्रै जितेको छ भने मिजोरममा पहिलो पटक एक सिट जित्न सफल भएको छ ।

वाईडवडि जहाजको छानविन गर्न लेखासमितिले बनायो उपसमिति

lekha samiti

lekha samitiकाठमाडौं, मंसिर २६ : संसदको सार्वजनिक लेखा समितिले वाइडबडी विमान खरिदबारे छानबिन गर्न उपसमिति बनाएको छ ।

समितिको बुधबार बसेको बैठकले सत्तारुढ नेकपाका सांसद कृष्णलाल महर्जनको संयोजकत्वमा उपसमिति बनाएको हो ।

उपसमितिमा सांसदहरु राजन केसी, चन्दा अधिकारी, प्रदीप यादव, प्रेम आले, धर्मशीला चापागाईँ र मीना सुब्बा सदस्य छन् । उपसमितिलाई १५ दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ ।

उत्तरप्रदेशका मुख्यमन्त्री आदित्यनाथ जनकपुरमा

yogo a

yogo aकाठमाडौं, मंसिर २६ : उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुरधाम आएका छन् । विवाह पञ्चमी महोत्सवमा मुख्य अतिथिको रुपमा आदित्यनाथ जनकपुरधाम आएका हुन् ।

निजी विमान चढेर जनकपुर विमानस्थलमा ओर्लिएका आदित्यनाथ त्यहाँबाट सीधै जानकी मन्दिरमा गएका थिए । जानकी मन्दिरमा उनले पूजा गरेका छन् ।

y g
विमानस्थलमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र नेपालका लागि भारतीय राजदूत मन्जिवसिंह पुरीले आदित्यनाथलाई स्वागत गरेका थिए ।

बेप्रसंग प्रचण्डले भने, ‘यो सरकार ढल्दैन’

prachanda

prachandaपोखरा, मंसिर २५ : नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार नढल्ने बताएका छन् ।

कास्कीको मादी गाउँपालिकास्थित सिक्लेसमा मंगलबार विहान आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले सरकारले अपेक्षाकृत सफलता नगरेपनि विकल्प नभएको बताएका हुन् । उनले भने, ‘वर्तमान सरकारको विकल्प खोज्ने हैन, यहि सरकारलाई सफल बनाउने हो, यहि सरकारबाटै विकास र समृद्धि ल्याउने हो, यो सरकार ढल्दैन।’
सरकारले शुरुमा भ्रष्टाचारी, सुन तस्करी, सिण्डिकेटबिरुद्ध राम्रो शुरुवात गरेको तर, तार्किक निश्कर्षमा पुर्याउन नसकेको स्वीकार गरे । उनले भने, ‘किन हुन सकेन हामीे समीक्षा गर्दैछौंं ।’

सरकारले देशभित्र केन्द्रित भएर नयाँ गतिका साथ विकास र समृद्धिका लागि काम गर्ने बताए ।

वैदेशिक सम्बन्ध स्थापित गर्ने, कानून बनाउन लगायतका धेरै काम भने गरेको उनले बताए । प्रचण्डले भने, ‘भारतसँग सम्बन्ध बनाउन यो सरकारले ऐतिहासिक सफलता हासिल गरेको छ, दशकौंदेखिको डुबान समस्या, पूर्व पश्चिम रेलमार्ग निर्माणलगायतबारे सम्झौता भएको छ, चीन सरकारसँग ४ वटा बन्दरगाह बनाउने कुराले नेपालको परिभाषा ल्याण्ड लक्डबाट ल्याण्ड लिंक्डको रुपमा परिणत भएको छ । यो दुई तिहाई सरकार भएकै कारणले मात्र हो ।’

नेकपाका अध्यक्ष प्रचण्डले आगामी बजेटमा बृद्धभत्ता बढाइने बताए । बृद्धभत्ता नबढाउँदा सरकारले काम गरेन भन्ने गुनासो आएको भन्दै उनले भने, ‘चुनावताका हामीले गरेका बृद्धभत्तासहित सबै प्रतिबद्धता पूरा गर्छौं, अझ यो वर्षको क्षतिपूर्तिसहित आउँदो वर्ष बृद्धभत्ता बढाँउछौं ।’

अर्को चुनावअघि बृद्धभत्ता ५ हजार पुग्ने उनले बताए ।

फ्रान्समा राष्ट्रपतिको सम्वोधन, तलव बृद्धि र कर छुटको घोषणा

macron

macronकाठमाडौं, मंसिर २५ : महंगीविरुद्ध आन्दोल चर्किएपछि दबावमा परेका फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोले तलब वृद्धि र कर छुटको घोषणा गरेका छन् । टेलिभिजनमार्फत् देशबासीलाई सम्बोधन गर्दै उनले सन् २०१९ देखि न्युनतम तलब मासिक एक सय यूरो बढाउने लगायतका घोषणा गरेका हुन् ।

कम आय भएका र पेन्सन बुझ्दै आएकाहरुमा लगाइएको कर पनि खारेज गरिएको राष्ट्रपति म्याक्रोले बताएका छन् । ओभर टाइमको आम्दानीमा पनि अब कर लाग्ने छैन । रोजगारदाताहरुलाई वर्षको अन्तिममा कर छुट र एकमुस्ट बोनस दिने गरी प्रोत्साहित गरिने उनले बताएका छन् ।
तर धनाड्यहरुलाई कर लगाउन भने नसकिने उनले बताए । म्याक्रोले भने, ‘यसबाट हामी कमजोर हुन्छौं, जबकी हामीलाई नयाँ रोजगारी सिर्जना गर्नुछ ।’
उनले अबदेखि फ्रान्सका सबै क्षेत्रका मेयरहरुसँग भेट्ने र जनताका समस्या बुझेर समाधानको पहल गर्ने आश्वासन समेत दिए ।

इन्धनमा लगाइएको करले अत्यधिक मूल्य वृद्धि भएको र त्यसको मारमा सर्वसाधारण जनता परेको भन्दै फ्रान्समा विगत चार हप्तादेखि सरकारविरुद्ध आन्दोलन जारी छ । आन्दोलनले हिंसात्मक रुप लिएपछि राष्ट्रपति म्याक्रोले सोमबार सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा उनले हिंसात्मक प्रदर्शनको विरोध गरे, तर प्रदर्शनकारीका कतिपय माग जायज भएको पनि बताए ।

भारतका पाँच राज्यको चुनावमा, विजेपी बडारियो, मोदीलाई झड्का

election india

election indiaकाठमाडौं, मंसिर २५ : भारतका पाँच वटा राज्यमा भएको प्रदेश सभा चुनावको मतगणना आज भइरहेको छ। राजस्थान, मध्यप्रदेश, छत्तिसगढ, तेलनंगना र मिजोरममा भएको चुनावको मतगणना जारी छ।

प्रारम्भिक मतपरिणाममा संघीय सरकार चलाइरहेको भारतीय जनता पार्टी विपक्षी भारतीय राष्ट्रिय कंग्रेसभन्दा पछि परेको छ। राजस्थान, मध्यप्रदेश र छत्तिसगढमा कंग्रेसले अग्रता लिएको छ भने तेलंगना र मिजोरममा क्षेत्रीय दलले लिड गरेका छन्।

राजस्थानमा १९९ सिटका लागि चुनाव भएको छ। अहिलेसम्मको मतगणनामा कंग्रेस उम्मेद्वारले ९१ स्थानमा अग्रता लिइरहेका छन् भने भाजपाको ६७ स्थानमा अग्रता छ। मतगनणा जारी छ।

२३१ सदस्यीय प्रदेश सभा रहेको मध्यप्रदेशमा २०१३ को चुनाव भाजपाले जितेको थियो। १६६ सिट जितेको भाजपाले स्वतन्त्र सांसदसँग मिलेर सरकार बनाएको थियो।

यसपालिको प्रारम्भिक परिणाममा भाजपा मध्यप्रदेशमा पनि कंग्रेसभन्दा पछि परेको छ। कंग्रेस उम्मेद्वार ९१ स्थानमा अगाडि छन् भने भाजपाले ८६ स्थानमा अग्रता लिएको छ।

छत्तिसगढमा पनि कंग्रेस नै अगाडि छ। कंग्रेस उम्मेद्वार ४६ स्थानमा अगाडि छन् भने भाजपाले २४ स्थानमा अग्रता लिएको छ। छत्तिसगढको प्रदेश सभा ९० सदस्यीय छ। सन् २०१३ को चुनावमा भाजपाले ४९ र कंग्रेसले ३९ सिटमा जितेका थिए।

तेलंगनामा ११९ सिटका लागि चुनाव भएको छ। बहुमत ल्याउन ६० सिट जित्नुपर्छ। २०१४ को चुनावमा क्षेत्रीय दल तेलंगना राष्ट्र समितिले ६३ सिट जितेर बहुमत ल्याएको थियो भने २१ सिट जितेर कांग्रेस दोस्रो भएको थियो। यसपालि पनि क्षेत्रीय दलले नै अग्रता लिएको छ। उसले ७६ स्थानमा अग्रता लिएको छ भने कंग्रेसले १८ स्थानमा अग्रता लिएको छ। भाजपा १ स्थानमा अगाडि छ।

उत्तरपूर्वी राज्य मिजोरममा यसअघि कंग्रेसले सरकार बनाएको थियो। ४० मध्ये उसले २९ सिट जितेको थियो।

यसपालिको जारी मतगणनामा क्षेत्रीय दल मिजो नेशनल फ्रन्टले अग्रता लिएको छ भने कंग्रेस दोस्रोमा छ। फ्रन्टका उम्मेद्वार २६ स्थानमा अगाडि छन् भने कंग्रेसले ८ स्थानमा अग्रता लिएको छ।

कर्णाली प्रदेश नेकपाको पहिलो बैठकमै विवाद, सहसंयोजकबाट बहिष्कार

yam lal kandel

yam lal kandelकाठमाडौं, मंसिर २४ : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को कर्णाली प्रदेश कमिटीको पहिलो बैठक नै विवादमा परेको छ । प्रदेश कमिटी सहइञ्चार्ज यमलाल कँडेलले बैठक बहिस्कारमात्र गरेका छैनन्, बैठकका कतिपय निर्णय कार्यान्वयनमा समेत चुनौति दिएका छन् ।

प्रदेश कमिटीहरुले पूर्णता पाएसँगै सात प्रदेशमध्ये कर्णालीको पहिलो बैठक प्रदेश राजधानी सुर्खेतमा शनिवार बसेको थियो । तर प्रदेश सहइञ्चार्ज तथा तत्कालीन एमाले संसदीय दलका नेतासमेत रहेका कँडेल सुर्खेतमा बैठक भइरहँदा काठमाडौंमा थिए ।

कर्णाली प्रदेश इञ्चार्ज जनार्दन शर्मा ‘प्रभाकर’ र अध्यक्ष गोरखबहादुर बोगटीले आग्रह गरेपनि उनी आफ्नो गुनासो केन्द्रसँग रहेको भन्दै बैठकमा गएनन् । प्रदेश कमिटीमा तत्कालीन एमालेबाट ८७ जनाको नाम सार्वजनिक हुँदा यसअघि कार्यदलले सिफारिस गरेका भन्दा बाहिरबाट मान्छे पारिएकोमा कँडेलको असन्तुष्टि रहेको स्रोतले जनाएको छ ।

कँडेल नै रहेको कार्यदलले सिफारिस गरेको पूर्वकेन्द्रीय नेता, अञ्चल र प्रदेशमा रहिसकेकाहरुको नाम कटाएर माधव नेपाल पक्षको दबावमा २० जना अरु नै मान्छे पारिएको आरोप कँडेलले लगाएका छन् । उनले केन्द्रमा केपी ओली र माधव नेपाल पक्षको भागबण्डा हुँदा जहिले पनि आफ्नो प्रदेशमा नेपाल पक्षलाई भाग दिने गरिएको गुनासो गरेका छन् ।

रेलमार्गको डीपीआर मोडालिटी टुंग्याउन चिनियाँ टोली काठमाडौंमा

rail c

rail cकाठमाडौं, मंसिर २४ : केरुङ–काठमाडौं रेलमार्गबारे छलफल गर्न उच्च स्तरीय चिनियाँ टोली नेपाल आएको छ । चीन र नेपालको सचिवस्तरीय तेस्रो बैठकमा भाग लिन १४ सदस्यीय चिनियाँ टोली नेपाल आएको हो ।

यो रेलमार्गको प्रारम्भिक सम्भाव्यता अध्ययन भइसकेको छ । अब विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्नुपर्ने हुन्छ । तर, प्रारम्भिक रिपोर्ट आएको ३ महिना वितिसक्दा पनि यसबारे दुई देशबीच औपचारिक सम्वाद भएको थिएन ।

अब छलफल अघि बढाउन चिनियाँ रेल मामिला हेर्ने डेपुटी एड्मिस्ट्रेटरसहितको टोली आइतबार नै नेपाल आएको छ ।

सोमबार हुने सचिवस्तरीय बैठकमा केरुङ(काठमाडौं रेलमार्गको डीपीआर बनाउने मोडालिटीमाथि छलफल हुनेछ । आयोजनाको डीपीआर पनि चीनले नै बनाइदिनुपर्ने पक्षमा नेपाल छ । तर, चीनले भने डीपीआरमा लाग्ने लागत बाँडफाँट गर्न प्रस्ताव गर्ने सम्भावना बढी रहेको रेल्वे विभागका एक उच्च अधिकारीले बताए ।

रेलमार्गको प्रारम्भिक सम्भाव्यता अध्ययनका लागि सबै खर्च चिनियाँ पक्षले व्यहोरेको थियो ।

प्रारम्भिक रिपोर्टअनुसार केरुङ(काठमाडौं रेलमार्ग निर्माण गर्न २ खर्ब ७५ अर्ब रुपैयाँ लाग्ने देखिएको छ । साथै निर्माण सम्पन्न गर्न ९ वर्ष समय लाग्ने अनुमान छ ।

केरुङ(काठमाडौं रेलमार्गको कुल लम्बई करिब ७२।२५ किलोमिटर हुने देखिएको छ ।

यो रेलमार्गमा सजिलो भुगोल नपर्ने भएकाले झण्डै ९९ ९९८।५५० प्रतिशत खण्डमा सुरुङ वा पुल बनाउनुपर्नेछ । चिनियाँ कम्पनी चाइना रेल्वे र्फस्ट सर्भे एन्ड डिजाइन इन्स्िटच्युटको रिपोर्टअनुसार प्रतिवेदन रेलमार्गमा ७ वटा सुरुङमार्ग हुनेछ ।

तर, यो आयोजनामा लगानी कसले, कसरी, कुन मोडालिटीमा गर्ने भन्ने तय हुन बाँकी छ । परियोजना प्रतिवेदन नै नबनेसम्म कर्मचारीस्तरमा यसबारे छलफल हुने अवस्था नरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका एक अधिकारीले बताए ।

रेलमार्गको एलाइनमेन्ट मात्रै टुंगिएको र प्राविधिक विषय टुंगो लगाउन भोली यातायात मन्त्री रघुवीर महासेठसाग पनि चिनियाँ टोलीले छलफल गर्ने कार्यक्रम छ । यो टोली बुधबार स्थलगत अवलोकनका लागि पोखरा जाने कार्यक्रम छ ।

गत वैशाखको अन्तिम साता यातायात सचिव मधुसदन अधिकारी नेतृत्वको नेपाली प्रनिनिधि मण्डल सम्भाव्यता अध्ययन गर्नेबारे सम्झौता गरेर फर्किएको थियो । लगत्तै चिनियाँ टोली अध्ययनका लागि नेपाल आएर काम सुरु गरेको थियो ।

भौगोलिक कठिनाइ रहेकाले रिपोर्टले प्राविधिक रुपमा अधिकांश क्षेत्रमा पुल र टनेल निर्माण गर्न सिफारिस गरेको छ ।

चीनले सन् २००६ मै ११ सय किमी लामो रेलमार्ग तिब्बतको राजधानी ल्हासासम्म ल्याइसकेको छ । हाल चीनतर्फ ल्हासा(सिगात्से रेलमार्ग निर्माण गर्ने चरणमा चीन छ । त्यही रेललाई नेपाल सीमाको केरुङसम्म विस्तारको योजना छ ।

दुई देशका सरकार बीचमा रेलमार्ग कुन लगानी मोडालिटीमा बनाउने भन्नेबारे छलफल हुन बाँकी छ ।

सुरुमा नेपालले अनुदानमै बनाइदिन आग्रह गरेको थियो । तर, चीन सरकार पूर्ण अनुदानमा तयार नभए सहुलियत ऋणमै पनि रेलमार्ग बनाउने इच्छा देखाएको छ ।

सुनसरीमा प्रहरी र डाँकाबीच गोली हानाहान, एकको मृत्यु

m_id_444739_gunfire759

m_id_444739_gunfire759काठमाडौं, मंसिर २४ : जिल्लाको कोशी गाउँपालिका–७ स्थित मुसहरि टोल नजिक गएराति प्रहरी र भारतीय डाँका समूहबीच गोली हानाहान हुँदा एक भारतीय डाँकाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीबाट चोरी डकैती नियन्त्रणका लागि खटिएको प्रहरीको टोली र भारतीय नाकाबाट चार–पाँच जनाको समूहमा आएको डाँकाबीच गोली हानाहान हुँदा एकको मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले जानकारी दिए । मृतकको सनाखत हुन सकेको छैन ।
डाँकाको समूहलाई रोक्न खोज्दा उल्टै प्रहरीमाथि नै डाँकाको समूहले गोली चलाएको थियो । आत्मरक्षाका लागि प्रहरीले जवाफी फायर गर्दा १ डाँकाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक फुयाँलले जानकारी दिए ।

मृतकको शव अहिले परीक्षणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान राखिएको छ ।

अन्य व्यक्ति भने भारततर्फ नै भागेका छन् । खोजतलासबाट प्रहरीले गोली लोड भएको कटुवा पेस्तोल दुई थान, तथा मृतकको पाइन्टको खल्तीबाट पाँच वटा गोलीसमेत बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

राजदुतमाथि छानविन गर्न समिति गठन

lucky sherpa

lucky sherpaकाठमाडौं, मंसिर २३ : अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पामाथि लागेको मानव तस्करीको आरोपबारे छानबिन गर्न परराष्ट्र मन्त्रालयले एक समिति बनाएको छ।

परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले शेर्पामाथि छानबिन गर्न मन्त्रालयको आन्तरिक समिति बनिसकेको जानकारी दिए।

‘यो गम्भीर आरोप हो। मन्त्रालयको छानबिन समिति बनिसकेको छ। समितिले दुबै पक्षमाथि छानबिन गरेर वास्तविकता बाहिर ल्याउँछ,’ मन्त्री ज्ञवालीले भने।

यसअघि परराष्ट्रले घटनाबारे छानबिन गर्न राजदूत शेर्पालाई काठमाडौं बोलाएको थियो।

शेर्पामाथि उनका पूर्वचालक वाड्चु शेर्पाले पैसा लिएर आफूलाई अष्ट्रेलिया ल्याएको आरोप लगाएपछि विवाद सुरू भएको हो। मन्त्रालयले आरोपमाथि सत्यतथ्य बुझ्न मन्त्रालयले राजदूत शेर्पालाई काठमाडौं बोलाएको हो।

मोटो रकम असुलेर कामदारका रूपमा आफूलाई अस्ट्रेलिया ल्याएको र श्रीमतीलाईसमेत यता ल्याउन थप पैसा मागेका वाड्चुको आरोप छ।

अष्ट्रेलियास्थित नेपाली राजदूतावासले भने निकै बदमास रहेका वाड्चुले बहुमूल्य गरगहना चोरेर भागेको र यहाँ स्थायी बसोबासका लागि बिभिन्न बहाना बनाउँदै झूठा आरोप लगाएको बताएको छ।

1 2 3 345