Author Archives: डिजिटल दैनिक

यसरी हुदैछ सबैभन्दा बढि विवाद भएको संघीयतामा सहमति

CA-building
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं, बैशाख ८ : प्रमुख दलहरुबीच सहमतिकै आधारमा संविधान जारी गर्नेगरी सबैभन्दा बढि विवादको रुपमा देखिएको संघीयतालाई अन्तिम मस्यौदा तयारी भएपछि थप्ने गरी अघि बढ्ने सहमति भएको छ ।

विगत तीन महिनादेखि संविधानका अन्तरवस्तुमा भएका छलफलहरु निष्कर्षमा पुग्न नसकेपछि निकै गलेका नेताहरु अन्ततः संविधान निर्माणमा सबैभन्दा विवाद देखिएको संघीयतालाई तत्काल थाती राखेर अन्य विषयहरु प्रक्रियामा अघि बढाउन सहमत भएको हुन । सोमबार प्रधानमन्त्री सुशील कोइराला एक साता लामो जाकार्त र बैककको भ्रमण जानु अघि भएको तीन दलका शिर्ष नेताहरुको बैठकमा एमओवादी बैशाख १० गतेदेखि सहमति भएका विषयलाई छलफल गरी मस्यौदा समितिमा पठाउन राजी भएको हो ।

माओवादी संघीयताको विषयमा संविधानको अन्तिम मस्यौदा बन्दासम्म टुंगाएर समावेश गर्ने कांग्रेसको प्रस्तावमा तयार भएपछि तत्काल दलहरुबीच देखिएको विवाद टर्ने देखिएको छ ।
बैठकमा प्रधानमन्त्री कोइरालाले दुवै पक्षको नगलेको जस्तो देखिने गरी एउटा प्रस्ताव राखे– सहमति भएका निर्वाचन प्रणाली, न्याय प्रणाली र शासकीय स्वरुप प्रक्रियामा लैजाने र संघीयतामा सहमति जुटाउने पहल जारी राख्ने । यो धारणामा एमाओवादी नेताहरु पनि सहमत दखिए । कोइरालाको साझेदार एमाले अध्यक्ष ओली पनि यसमा सहमत भए । एमाओवादी अध्यक्ष दाहालले सहमति भएका विषयमा संविधानसभाबाट अघि बढाएर सहमति नभएका विषय छलफल गर्ने तर सहमतिमै टुंगाउने ग्यारेन्टी भए आफुहरु सहमत हुने धारणा राखे ।3 dal meeting

एमाओवादी अध्यक्ष दाहालले आफुहरु संविधानसभा बैठक लामो समय अवरोध गर्ने पक्षमा नभएको भन्दै सहमतिमा सत्ता पक्ष प्रतिवद्ध भए कोइरालाले अघि सारेको प्रस्ताव मान्न तयार रहेको बताए । तर एमाओवादीले आफ्नो ३० दलिय मोर्चासँग छलफल नगरी औपचारिक धारणा राख्न नमिल्ने भन्दै केही दिन समय मागेकाले औपचारिक सहमति भने भएको छैन । ‘सहमति भएका विषयमा ठोस रुपमै सहमति गर्ने र बाँकी कुरा छलफल गरेर सहमतिका निम्ती छलफल गर्दै जानेमा हामी सहमत छौ’ एमाओवादी नेता नाराणकाजी श्रेष्ठले भने, ‘सहमति नभएका विषयमा के गर्ने भन्नेमा तीन दलका शिर्ष नेताहरुलेनै तय गर्ने छलफल भएको छ ।’
संविधान निर्माण प्रक्रिया अघि बढेपछि पनि मस्यौदा बनेर जनतासँग राय सुझाव लिएर फर्कदा कम्तिमा तीन महिना लाग्छ । ‘संविधानसभाको १० गतेको बैठकबाट प्रक्रिया सुरु गरेर सहमति भएका विषय पारित गर्दै जाने र मस्यौदा समितिमा पठाउने र सहमति नभएका विषयहरु मस्यौदाबाट जनतामा गएर फेरि फर्किएपछि पनि परिमार्जन गर्न सकिने भएकाले त्यही समावेश गर्न सकिन्छ’ कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले भने, ‘यो धारणमा एमाओवादीहरु सहमत छन्, तर उनीहरुको मोर्चामा छलफल गर्न केही समय उनीहरुले मागेका हुन् ।’
संविधानको अन्तिम मस्यौदा बन्ने तीन महिनासम्म विवादित विषयमा सहमति जुटाउन दलहरुलाई प्रसस्त समय हुने भएकाले पनि दलहरु असहमतिका बुदा थाति राखेर अघि बढ्न सहमत दखिएका हुन् । ‘संविधानको प्रारम्भीक मस्यौदा गरेर जनतामा गएर आएपछि पनि परामर्जन गर्ने चरणमा थप घट गर्न सकिन्छ’ मस्यौदा समितिका सभापति समेत रहेका सिटौलाले भने, ‘यसो गर्दा सहमति लागि हामीसँग प्रसस्त समय हुन्छ ।’
सिटौलाका अनुसार मस्यौदा समितिले अन्तिम मस्यौदा संविधानसभामा पेश गर्ने समयसम्म राजनीतिक दलहरुले पनि संघीयताको सिमांकन, नामांकन र रेखांकनमा जनताबाट राय लिन पनि सक्छन, जसले संघीयताको विवाद सुल्झाउन थप सहज बनाउँछ ।

सरकारले टिआरसिको फैसला विरुद्ध सर्वोच्चमा पुनरावेदन गर्ने

suprem court

काठमाडौं, बैशाख ८ : सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनका केही बुदा सर्वोच्च अदालतले निलम्वन गरेको विषयमा फैसला सच्चाउन माग गर्दै पुनरावलोकन निवेदन दर्ता गर्ने भएको छ ।

एकीकृत माओवादीको माग अनुसार सरकार सर्वोच्चमा निर्णय सच्चाउन माग गर्दैै पुनरावलोक निवेदन दर्ता गर्न तयार भएको हो । ‘सत्य निरुपण तथा मेलमिलाप आयोगप्रति सर्वोच्चले गरेको फैसलामा सरकारले पुनरावलोकन गर्ने विषयलाई सबैले सकरात्मक रुपमा लिनु भएको छ’ कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले डिजिटल दैनिकसँग भने, ‘पुनरावलोकन गर्ने/नगर्ने अधिकार सर्वोच्चकै भएकाले सरकारले पुनरावलोकनको प्रक्रिया अघि बढाउने सहमति भएको छ ।’
यसअघि एकीकृत माओवादीले सत्य निरुपण तथा मेलमिलाप आयोगमा रहेको आममाफी लगायतका विषय सर्वोच्चले निलम्वन गरेकोमा आपत्ती जनाउदै आन्दोलन थालेको थियो । एमाओवादी लगायत तत्कालिन जनयुद्धका बेलासंगै रहेका पाँच वटै माओवादीहरुले सर्वोच्चको यो फैसलाको विरोधमा एकै ठाउमा आएर विरोध गरेका थिए । एमाओवादीले तीन दलको बैठकमा सर्वोच्चको यो फैसलाप्रति गम्भीर असहमति जनाउदै आएको थियो ।
एमाओवादीले तत्कालिन सरकार र विद्रोही माओवादीबीच सहमति भएर शान्तिपूर्ण रुपमा प्रक्रिया अघि बढेकाले आममाफिको ऐनमा भएको प्रावधान कायमै राख्नु पर्ने अडान राख्दै आएको छ । दुई महिना अघि सर्वोच्चले सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनमा रहेको आममाफिको व्यवस्था अन्तराष्ट्रिय मानवअधिकारको सिद्धान्त विपरित भएको भन्दै खारेज गरेको थियो ।

सर्वसाधरणको उपचारका लागि डा.गोविन्द केसी जाजरकोटमा

govinda kc

काठमाडौं, बैशाख ७ : सरकारी तलव खाएका चिकित्सकहरु पुग्न नसक्दा महामारीको रुप लिएको जाजरकोटमा त्रिवि शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक डा. गोविन्द केसी सर्वसाधरणको उपचारका महामारी फैलिएको क्षेत्रमा गएका छन् ।

झण्डै दुई सातासम्म पनि सरकारले सर्वसाधारणको उपचारमा प्रभावकारी कदम नचालेपछि डा.केसी आफैले स्रोत साधानको बन्दोवस्त गरी सोमबार त्यसतर्फ गएका हुन।  जाजरकोट पुगेका छन् । उनी १२ दिन लामो आमरण अनशन बसेर पूर्ण रुपमा निको नहुदै जाजरकोट पुगेका हुन् । उनले झोलामा औषधी पनि आफै लिएर गएका छन् ।

सहमतिकै आधारमा संविधान निर्माण गर्ने सहमति

3 dal meeting

काठमाडौं, बैशाख ७ : प्रमुख दलहरुले संविधान निर्माणका विषयमा भएका सहमतिलाई प्रक्रियाबाट अघि बढाउने र विवाद भएका विषयमा छलफल जारी राख्ने सहमति गरेका छन् ।

सोमबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस, एमाले र एकीकृत माओवादीका शिर्ष नेताहरुको बैठकले यसअघि दलहरुबीच सहमति भएका विषयलाई प्रक्रियामा अघि बढाउने निर्णय गरेको हो । ‘सहमति भएका विषयलाई प्रक्रियामा अघि बढाउने र सहमति हुन बाँकी विषयलाई छिटै सहमति गरेर अघि बढ्ने निर्णय भएको छ’ बैठकमा सहभागि कांग्रेस मुख्य सचेतक चिनकाजी श्रेष्ठले डिजिटल दैनिकसँग भने ।3 dal meeting
बैठकमा यसअघि भद्र सहमति भएका शासकीय स्वरुप, निर्वाचन प्रणाली, न्याय प्रणाली लगायतका विषयलाई अब संविधानसभाले निर्णय गरेर संविधान मस्यौदा समितिमा पठाउने सहमति भएको छ । सबैभन्दा बढि विवादको रुपमा देखिएको संघीयताका विषयमा भने छलफल जारी राख्ने र सहमति भएपछि मात्रै प्रक्रियामा लैजाने भएको छ ।
बैठकले एकीकृत माओवादीले भन्दै आए अनुसार सहमतिकै आधारमा संविधान जारी गर्ने सैद्धान्तिक सहमति पनि गरेको छ । ‘सहमतिकै आधारमा संविधान जारी गर्नेगरी सहमति भएका विषय प्रक्रियामा लैजाने र बाँकी विषयमा पनि सहमति गर्ने निर्णय भएको हो’ श्रेष्ठले भने ।

बैदेशिक रोजगार व्यवसायी बटाजुको स्वाइन फ्लुबाट निधन

som lal bataju

काठमाडौं, बैशाख ७ : बैदेशिक रोजगार व्यवसायी महासंघका पूर्व अध्यक्ष सोमलाल बटाजुको निधन भएको छ ।

स्वाइन फ्लुबाट संक्रमित बटाजुको आईतबार राती राजधानीको ग्राण्डि अस्पतालमा निधन भएको हो । उनी दुई सातादेखि उपचाररत थिए ।
धापासीस्थित एसओएस म्यानपावरका सञ्चालक समेत रहेका बटाजुको आइतबार राति १ बजेर २० मिनेट जाँदा निधन भएको ग्राण्डी अस्पतालले जनाएको छ । बटाजुलाई उपचारका लागि भारत लैजान खोजिएको भए पनि स्वाइन फ्लु संक्रमितलाई उताबाट चासो नदिएकाले लैजान नसकिएको पारिवारिक स्रोतले दावी गरेको छ । यसअघि सोही अस्पतालमा एमाले नेता रामनाथ ढकालको पनि स्वाइन फ्लुका कारण निधन भएको थियो ।
ग्राण्डी अस्पतालको आइसीयुमा बटाजुको उपचारमा डा. सुवास आचार्य र डा. अर्जुन कार्की संलग्न थिए । अस्पताल स्रोतले बटाजुलाई पनि निमोनियामाथि स्वाइन फ्लुले आक्रमण गरेकाले बचाउन नसकिएको बताएको छ ।
अस्पताल स्रोतका अनुसार ६८ वर्षीय बटाजुलाई निमोनिया भएपछि चैत २९ गते उक्त अस्पतालमा भर्ना भएका थिए । उनलाई निमोनिया भएको अवस्थामा स्वाइन फ्लुले आक्रमण गरेको ग्राण्डी अस्पतालले जनाएको छ ।
ढकालभन्दा अघि काठमाडौंको मोडेल अस्पतालमा क्षेत्रपाटी निवासी एक महिलाको स्वाइन फ्लुका कारण मृत्यु भएको थियो । त्यसअघि त्रिवि शिक्षण अस्पतालमा मचाकाजी महर्जनको पनि स्वाइन फ्लुकै कारण निधन भएको थियो ।

प्रधानमन्त्री विदेश जानु अघि एमाओवादीसँग निर्णायक वार्ता गरिने

nc meet

काठमाडौं, बैशाख ६ : सत्तासिन कांग्रेस र एमालेले सहमतिको नाममा धेरै समय संविधानसभा अवरोध गर्न नसकिने ठहर गर्दै एमाओवादी नेतृत्वको ३० दलिय मोर्चासँग निर्णायक वार्ता गर्ने भएका छन् ।

आईतबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दुई दलका शिर्ष नेताहरुको बैठकले एमाओवादीसँग सहमति नभए बैशाख १० गतेबाट संविधानसभाको प्रक्रिया सुरु गर्ने निर्णय गरेका छ ।
प्रधानमन्त्री सुशील कोइराला सोमबार एक हप्ताका लागि इन्डोनोसिया र थाईल्याण्डको भ्रमणमा जाने भएकाले पनि दुई दलले त्यसअघिनै सहमति होस् भन्ने आशयले यस्तो निर्णय गरेका हुन् । nc meet

एमाओवादीसँग सोमबार विहान ८ वजे बैठक बस्ने भएको छ । ‘सहमतिका लागि नौ गतेसम्मको समय बाँकी छ’ बैठकमा सहभागि एमाले मुख्य सचेतक अग्नी खरेलले डिजिटल दैनिकसँग भने, ‘त्यो वेलासम्म हामी अधिकत लचक भएर वार्ता अघि बढाउछौ, सहमति नभए १० गतेबाट प्रक्रियामा जाने सहमति भएको छ ।’

दलहरुबीचको अनौपचारीक छलफलमा ६ प्रदेश बनाउने विषयमा सहमति भएपनि त्यसको नामांकन र सिमांकनमा अझै विवाद छ ।

बैठकमा एमालेले भने संविधान निर्माणको कार्यतालिका बनाउनु पर्ने धारणा राखेका थियो । स्रोतका अनुसार उसले असारसम्ममा संविधान जारी गर्नेगरी कार्यतालिका बनाएर अघि बढ्न पर्ने अडान बैठकमा राखेका थियो । तर कांग्रेस सभापति एवं प्रधानमन्त्री कोइराला भने संविधान निर्माणको कार्यतालिका बनाउने पक्षमा छैनन् । उनले यसअघिनै अघिल्लो पटक माघ ८ को मिति तोक्दा समस्या आएको भन्दै अव मिति नतोकि प्रक्रिया अघि बढाउनु पर्ने धारणा राख्दै आएका छन् ।

कोरिया पठाउन नक्कली श्रम स्विकृति दिएका विभागका ६ कर्मचारीलाई कारवाही गर्न निर्देशन

bai

काठमाडौं, बैशाख ६ : दक्षिण कोरियामा पानी जहाजमा काम गर्ने नक्कली कागजात बनाएर श्रम स्किृति दिएका बैदेशिक रोजगार विभाग काठमाडौं कार्यालयका ६ जना कर्मचारीलाई तत्काल कारवाही गर्न संसदको अन्तराष्ट्रिय सम्वन्ध तथा श्रम समितिले दिर्नेशन दिएको छ । baid

आईतबार सिहदरबारमा बसेको समितिको बैठकले नक्कली कागजात बनाएर ठगी गरेको भन्दै रोजगार विभागका ६ जना कर्मचारीलाई तत्काल कारवाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिने निर्णय गरेको छ । ‘संसदको अन्तराष्ट्रि सम्वन्ध तथा श्रम समितिले दोशी कर्मचारीलाई तत्काल कारवाही प्रक्रिया अघि बढाउन अख्तियारलाई निर्देशन दिएको छ’ श्रम राज्यमन्त्रीका कानुनी सल्लाहकार अधिवक्ता केशवराज जोशीले डिजिटल दैनिकसँग भने, ‘कोरियामा पानी जहाजमा काम गर्ने भन्दै सबै नक्कली कागजात बनाएर ३७ जनासँग ति कर्मचारीले मोटो रकम असुल गरेको अनुसन्धानबाट भेटिएको थियो ।’
गैरकानुनी रुपमा श्रम स्विकृति दिएको आरोपमा बैदेशिक राजेगार विभागका शाखा अधिकृति सिद्धराज चटौत, नायव सुब्बाहरु मित्र लुईटेल, कमल मरासिनी, पदमबहादुर शाही, कविराज उपाध्याय र सदुर्शन खनाल यसअघिनै निलम्वनमा परेका थिए ।
यसअघि कोरिया ठगीकाण्ड बाहिर आएपछि श्रमराज्य मन्त्री टेकबहादुर गुरुङले श्रम स्विकृति शाखामा काम गर्ने आठ जना कर्मचारीलाई ‘सस्पेन्स’ गरेका थिए । मन्त्री गुरुङले त्यस विषयमा सत्य तथ्य छानविन गर्न मन्त्रालयका कानुन हेर्ने उपसचिवको संयोजकत्वमा छानविन समिति समेत गठन गरेका थिए । छानविन समितिले बैदेशिक रोजगार विभागको उक्त शाखामा काम गर्ने ६ जनाको प्रत्येक्ष संलग्नता देखिएपछि बाँकी दुई जनाको ‘सस्पेन्स’ फुकुवा गरी ६ जनालाई कारवाही प्रक्रिया अघि बढाएको थियो ।

निर्वाचन क्षेत्र विकास कार्यक्रमको ६ अर्बमा भ्रष्टचार भएको महालेखाको आशंका

auditro general office

काठमाडौं, बैशाख ६ : सरकारी खर्चको लेखा परिक्षण गर्ने संवैधानिक अधिकार पाएको महालेखा परिक्षकको कार्यालयले आर्थिक बर्ष २०७१/०७२ मा सभासद्हरुले निर्वाचन क्षेत्रमा खर्च गरेको ६ अर्ब ३ करोड रुपैयामा अनियमितता भएको आशंका गरेको छ।

महालेखाले अघिल्लो हप्ता सार्वजनिक गरेको २०७१ सालको बार्षिक प्रतिवेदनमा निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तरगत ६ सय १ सभासद्ले जनही १ करोड रुपैया खर्च गरेको तर त्यसको कानुन अनुसार हुनुपर्ने अनुगमन नभएको भन्दै यस्तो आशंका गरेको हो।

‘निर्वाचन क्षेत्र विकास कार्यक्रम संचालन नियमावली २०५८ को नियम ८ (क) को २ र ३ मा संविधानसभा सदस्यले आफ्नो सिफारीसमा गरिएको कार्यक्रमको बर्षमा कम्तीमा एक पटक अनुगमन गरी सोको प्रतिवेदन जिल्ला विकास समितिमा दिने र जिल्ला विकास समितिले सो को अनुगमन गरी विवरण चौमासिक रुपमा स्थानीय विकास मन्त्रालयमा पठाउने व्यवस्था छ’ प्रतिवेदनमा भनिएको छ, ‘तर नियम र कानुन अनुसार नियमित अनुगमन भएको देखिएन, यसले कार्यक्रममाथिनै प्रश्न चिन्ह खडा गरेको छ।’
सभासद्हरुले गत बर्ष चौतर्फी दवाव सृजना गरेर आफुले छनोट गरेका योजनामा खर्च गर्न पाउनेगरी प्रत्येक सभासद्लाई १ करोड रुपैया वजेट विनियोजन गराएका थिए। यसअघि सो कार्यक्रमका लागि प्रत्येक सभासद्हरुले १० लाख रुपैया मात्रै पाउने गरेका थिए।

सरकारले नियमित अनुगमन नगर्दा प्रत्येक सभासद्ले पाउने एक करोड रुपैयाको वजेट आफ्ना नेता तथा कार्यकर्ता पोस्नमा खर्च हुने गरेको सार्वजनिक हुदै आएको छ।
महालेखाले कानुन अनुसार अनुगमन नभएको भन्दै भ्रष्टचारको आशंका गरेको उक्त कार्यक्रममा एक बर्षमा एक पटक पनि अनुगमन भएको छैन।

नियमित रुपमा प्रगति प्रतिवेदन मन्त्रालयमा बुझाउनु पर्ने भएपनि अझैसम्म एउटा पनि जिल्लाले उक्त प्रतिवेदन बुझाएका छैनन्। स्थानीय विकास मन्त्रालय स्रोतका अनुसार निर्वाचन क्षेत्र विकास कार्यक्रमको प्रगति विवरण अझसम्म कुनै पनि जिल्लाको मन्त्रालयमा आएको छैन। नियम अनुसार प्रत्येक चार महिनामा उक्त प्रतिवेदनमा मन्त्रालयमा जिल्ला विकास समितिले बुझाउनु पर्ने हुन्छ।

इभाना मानन्धर बनिन मिस नेपाल

dvana

काठमाडौं, वैशाख ५   : इभाना मानन्धर यस वर्षको मिस नेपाल भएकी छिन् । ‘हिडेन ट्रेजर फ्यान्टा मिस नेपाल- २०१५’को ताज इभानाले पहिरिएकी छन् । काठमाडौंमा शनिबार राति भएको अन्तिम प्रतिस्पर्धामा १८ जनालाई उछिन्दै इभानाले मिस नेपाल- २०१५ को ताज पहिरिएकी छन् । मिस नेपाल- २०१५ ले मिस वर्ल्ड- २०१५ मा नेपालको प्रतिनिधित्व गर्नेछिन् । मिस नेपाल- २०१५ उपाधि विजेता इभानालाई मिस नेपाल २०१४ सुविन लिम्बूले क्राउन लगाइदिइन् ।

फर्स्ट रनर अपको उपाधि दिव्यता वैद्यले जितिन् भने सेकेन्ड रनर अपको उपाधि मेधा कोइरालाको पोल्टामा पर्‍यो ।

evana manandhar

पहिलो गीतमै चुमिन सोमेयाले लोकप्रियता (गीतको मेकिङ भिडियो सहित)

somea


काठमाडौं, बैशाख ५ :
‘त्यो पारी डाडामा हेर घाम लाग्यो घमाईलो, लाग्यो मलाई रमाईलो, तिमि र घुम्न जाऊ न….. तिमि र म घुम्न जाउ न…….

अनि घामले मलाई सताउला, काली मलाई बनाउला, तिमि पिरतीको छाता ओडाउन……’

धेरैको ओठमा आजभोली झुण्डिएको गीतको बोल हो यो । राजधानीका नाईट क्लव, रेष्टुरेन्टदेखि युवादेखि बुढाबुढिसम्मको मोवाईलमा यो गीत घन्किन्छ । ठट्यौली शैलीको यो गितको शब्द जति मिठास छ त्योभन्दा बढि यसको स्वर जादुमय छ । टिनेजर पनि पार नगरेकी नव गायिका सोमेया बराइलीलाई यो गीतले अहिले उचाईमा पु-याएको छ ।

१९ बर्षको उमेरमै यो गीतबाट सोमेयाको फेसबुक पेज र टुइटर फलोअर ‘ओभर नाईट’ हत्तै बढेका छन् ।कालीप्रसाद बास्केतासँग सोमेयाले ‘रेशम फिलिलि’ चलचित्रका लागि यो गीत गाएकी हुन् । उनको यो गीतको औपचारिक भिडियो सार्वजनिक नहुदै युटियुवमा अहिले भाईरल भएको छ । ‘क्याचि’ शव्द र नेपाली टिपिकल भाका भएकाले यो गीतको युट्युव भिवर २० लाख नाघि सकेको छ ।somea baraili
रेशम फिलिलिका निर्माता तथा निर्देशक विनय श्रेष्ठले सोमेयाले रेष्टुरेन्टमा गाएको सुनेपछि यो गीतमा उनलाई गाउने अफर गरेका थिए । सोमेया बच्चैदेखि गीतहरु गाउथिईन । तर उनले कुनै औपचारिक तालिम लिएकी छैन । स्नातक प्रथम बर्षमा अध्ययन गर्दै गरेकी सोमेयालाई पहिलो गीतनै सुपरहिट भएपछि खुशीको सीमानै छैन ।
गित लोकप्रिय भएपछि दर्शकहरु फिल्म रिलिज कुरेर बसेका छन् । जनआन्दोलन दिवस बैशाख ११ गते रिलिज हुने यो फिल्मले यही गितको कारण राम्रो व्यापार गर्ने अनुमान गरिएको छ ।

गीतको शव्द यस्तो छ

पारी त्यो डाडामा हेर घाम लाग्यो घमाईलो
लाग्यो मलाई रमाईलो
तिमि र घुम्न जाऊ न…..
अनि घामले मलाई सताउला
काली मलाई बनाउला
तिमि पिरतीको छाता ओडाउन……

खोला जस्तै बगौ हामी
पिरतीको तालैमा
माछि मारौ जालैमा
हुन्छ कि नै हुन्न भनन……
अनि जालमा एक्लै पर्छेयौ की
अजकल्टोमै छाड्छउकी
सिन्दुर लाउछउ कि नै भन न…

ओई बैगुनी भए मायाँ नमारे नि कहिले हो
निष्ठूरी भए भुलि नजानु नि कहिले हो

ओई बैगुनी भए मायाँ नमारे नि कहिले हो
निष्ठूरी भए भुलि नजानु नि कहिले हो

म पनि के मा कम छु नि पाखुरीमा दम छ नी
सम्पत्ती कमाईन्छ नी
सुन जाँदीले तिमिलाई भरौला

सुन चाँदी चाहिदैन, सम्पत्तीलाई आईदैन
मायाँ गर्छेय कि नाई भन न…

पारी त्यो डाडामा हेर घाम लाग्यो घमाईलो
लाग्यो मलाई रमाईलो
तिमि र म घुमन जाउ न
अनि घामले मलाई सताउला
कालि मलाई बनाउला
तिमि पिरतीको छाता ओडाउ न ..

यो गित कसरी बन्यो त्यसको लागि यो भिडियो हेर्नुहोस्

1 310 311 312 313 314 339