Author Archives: डिजिटल दैनिक

पार्टी एकता बैठकका लागि माओवादीहरु लाजिम्पाटमा

cpnm
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौ, चैत्र १ : एमाओवादी अध्यक्ष पुष्पकमल निवास लाजिम्पाटमा अहिले नेकपा-माओवादी र एमाओवादीका शीर्ष नेताहरुबीच पार्टी एकताको बिषयमा वार्ता भइरहेको छ ।

वार्ताको लागि नेकपा-माओवादी अध्यक्ष मोहन बैद्य महासचिव रामबहादुर थापा र सचिव देव गुरुङसहित दाहाल निवास पुगेका छन् ।

वार्तामा एमाओवादी अध्यक्ष सहित उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नेता बाबुराम भट्टराई, महासचिव कृष्णबहादुर महरा सहभागी छन् ।

पार्टी एकताको बिषयमा यसअघि पटक पटक अनौपचारीक वार्ता भएपनि आज पहिलो पटक औपचारीक वार्ता भएको दाहालका स्वकीय सचिव चुणमडी खड्काले जानकारी दिए ।

‘पार्टी एकता गर्ने र माओवादीको केन्द्र निर्माण गर्ने बिषयमा वार्ता गर्न उहाँहरु आउनुभएको हो’, खड्काले भने ।

नेकपा-माओवादीको पोलिटव्यूरो बैठकले एमाओवादीसँग एकताको लागि वार्ता थाल्न पदाधिकारीलाई जिम्मा दिएको थियो ।

 

हतोत्साहीत र विचलित नहुन प्रधानमन्त्रीको दाहाललाई आग्रह

photo (3)

काठमाडौं, चैत १ : प्रधानमन्त्री सुशील कोइरालाले वार्ताका क्रममा हुने उतार चडाव र आवेगबाट हतोत्साहित नहुन एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई आग्रह गरेका छन् ।

आईतबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको दुई नेताको वार्तामा कोइरालाले कुनै दलले आवेगमा भनेका कुराहरुबाट विचलित नहुन र सहमतिका लागि क्रियाशिल हुन दाहाललाई आग्रह गरेका हुन् । ‘वार्ताको क्रममा हुने उतार चढाबबाट विचलित नभई संवादको प्रकृयालाई निरन्तरता दिएर संविधान निर्माणको प्रकृयालाई टुंगोमा पुर्‍याउनु पर्छ’ दाहालसँगको वार्ता उदृत गर्दै कोइरालाका प्रेस संयोजक प्रकाश अधिकारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
वार्तामा कोइरालाले आपसी संवाद, सहकार्य, एकता, मेलमिलापका माध्यमबाट सहमति कायम गर्न सकिने विश्वास व्यक्त गरेका थिए । दुवै नेताहरुले विगत केही समयदेखि चलिरहेको वार्ता प्रकृयालाई निरन्तरता दिनु पर्ने कुरामा जोड दिएका थिए । तर दुई नेताबीच कुनै पनि विषयमा सहमति भने हुन सकेन ।
वार्तामा दुवै नेताहरुले वार्ता र संवादद्वारा नै संविधान निर्माणका विषयमा सहमतिमा पुग्न सकिन्छ भन्ने आधार र विश्वास बलियो बन्दै गएको विचार व्यक्त गरेका थिए ।

निर्णायक वार्ताका लागि एमाओवादी अध्यक्ष दाहाल बालुवाटारमा

prachanda-sushil

काठमाडौं, चैत १ : एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल संविधान निर्माणमा सहमति हुने-नहुने विषयमा अन्तिम वार्ता गर्न अहिले प्रधानमन्त्री निवास बालुवाटारमा छन् ।

शनीबारसाँझ भएको चार पक्षिय वार्तामा सहमति हुन नसकेपछि अन्तिम प्रयाश स्वरुप प्रधानमन्त्री सुशील कोइराला र दाहालबीच वार्ता भएको हो । वार्ता अहिले बालुवाटारमा जारी छ । कोइराला र दाहालबीचको वार्तामा पनि सहमति नभए एमाओवादी नेतृत्वको ३० दलिय मोर्चाले आजैसाँझसम्म दोस्रो चरणको आन्दोलन घोषणा गर्ने तयारी गरेको छ । यता कांग्रेस र एमालेले पनि लामो समयदेखि बन्द भएको संविधानसभा बैठक सुचारु गरेर प्रक्रिया अघि बढाउने मुडमा छन् ।

संविधानसभाको प्रक्रिया रोक्ने विषयमा चार पक्षबीच मतभेद

001

काठमाडौं, फागुन ३० : सत्तासिन कांग्रेस–एमालेले सर्वभौम संविधानसभाको बैठक रोक्ने वा संचालन गर्ने विषयमा राजनीतिक दलहरुले बोल्न नहुने अडान राखेपछि दलहरुबीचको सहमतिको प्रयाश फेरी विफल भएको छ ।

शनीबारसाँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस–एमाले र एमाओवादी नेतृत्वको ३० दलिय मोर्चाको बैठकमा संविधानसभाको प्रक्रिया र बैठक रोक्नेबारेमा मतभेद भएपछि दलहरुबीच फेरि दुरी बढ्ने देखिएको छ । बैठकमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले दलहरुबीच सहमति नभएसम्म संविधानसभाको बैठक नबोलाउने सहमति गर्नुपर्ने धारणा राखेका थिए । ‘राजनीतिक दलको सहमतिमा संविधानसभा वन्द गर्ने र बोलाउने गर्न हुदैन’ प्रधानमन्त्रीको भनाई उदृत गर्दै एमाले उपमहासचिव घनश्याम भुषालले भने, ‘संविधानका अन्तरवस्तुमा सहमति गर्न सकिन्छ तर संविधानसभा बोलाउने र बन्द गर्नेमा हामीले बोल्न मिल्दैन ।’
निर्णायक वार्ता भन्दै बसेको बैठक संविधानका विवादित विषयमा प्रवेशनै नगरी टुंगियो । बैठकमा एकीकृत माओवादीले संविधानसभामा जारी बुहमतिय प्रक्रिया स्थगन गरी सहमतिका आधारमा संविधान निर्माण अघि बढाउनु पर्ने धारणा राखेको थियो । एमाओवादीबाट यस्तो धारणा राखे लगत्तै सत्ता साझेदार एमाले प्रक्रिया रोक्न नहुनेभन्दै अन्य विवादित विषयमा छलफल गर्न सकिने धारणा राखेका थिए । ‘संविधानको विवादित विषयमा छलफलनै भएन’ बैठकमा सहभागि एमाओवादी नेता नारायणकाजी श्रेष्ठले भने, ‘संविधानसभाको प्रक्रियाकाबारेमा दलहरुबीच मतभेद देखिएकाले कुनै सहमति हुन सकेन ।’
बैठकमा प्रधानमन्त्री कोइरालाले सहमतिमै संविधान निर्माण गर्न आफुहरु तयार रहेको भन्दै संविधानका अन्तरवस्तुहरुमा सहमति भए संविधानसभाको प्रक्रियाले कुनै असर नगर्ने धारणा राखेका थिए । ‘संविधानका विवादित विषयहरुमा सहमति गरौ, प्रक्रिया रोक्ने÷नरोक्ने र एमाओवादीको आन्दोलनका बारेमा केही नबोलौ भन्ने धारणा प्रधानमन्त्रीको थियो’ बैठकमा सहभागि कांग्रेस प्रवक्ता दिलेन्द्रप्रसाद बढुले भने, ‘तर सकभर सहमतिबाटै अघि बढ्न सबै दल तयार हुदै वार्तालाई निरन्तरता दिने सहमति भएको छ ।’
कांग्रेस नेताहरुले संविधान निर्माणका विषयमा देखिएका असहमतिका बुदाहरुलाई एजेण्डा बनाएर छलफल गरे छिटै सहमतिमा पुग्न सकिने धारणा राखेका थिए । सत्ता साझेदार एमाले नेताहरुले भने संविधानसभाको प्रक्रिया रोक्न नमिल्ने अडान राख्दै संवैधानिक, राजनीतिक तथा संवाद र सहमति समितिमा पेश भएको नौ बुदे धारणाभन्दा बाहिर जान नसकिने बताएका थिए । एमाओवादीले यस्तो धारणा राखेपछि केहीवेर बैठक नै स्थगित भएको थियो । एमाओवादी र मधेसवादी नेताहरुले नौ बुदे कै कुरा दोहोराउने हो भने वार्ताको कुनै औचित्य नहुने भन्दै बैठक केहीवेर भाडिएको थियो । फेरि प्रधानमन्त्री कोइरालाको पहलमा पुन बैठक बसेको थियो ।
दलहरुबीच प्रक्रिया रोक्ने वा नियमित गर्ने भन्नेमा तिव्र मतभेद देखिएपछि आईतबार प्रधानमन्त्री कोइराला र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालबीच छलफल गरेर सहमतिको वातावरण बनाउने निर्णय भएको छ । दुई नेताबीच आईतबार विहान ८ वजे बैठक डाकिएको छ । ‘बैठकले सकरात्मक उपलव्धी ल्याउने मैले आशा गरेको छु’ तमलोपाका अध्यक्ष महन्त ठाकूरले भने ।
बैठकले सहमतिको वातावरण बनाउने जिम्मा कोइराला र दाहाललाई दिएको छ । बैठकमा सद्भावना अध्यक्ष राजेन्द्र महतो र मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव भने सहभागि थिएनन् । उनीहरुले एमाले सहभागि बैठक बहिष्कार गर्ने निर्णय फिर्ता नलिएको भन्दै बैठकमा नुपस्थित रहेको बताए ।
एमाओवादी नेतृत्वको ३० दलिय मोर्चाले फागुन मसान्तसम्म सहमति नभए दोस्रो चरणको आन्दोलन घोषणा गर्ने जनाउदै आएको छ । यता कांग्रेस–एमालेले पनि सहमतिको नाममा संविधानसभालाई अवरोध गर्न नहुने भन्दै प्रक्रिया अघि बढाउने बताउदै आएका छन् ।
आईतबार विहान कोइराला र दाहालबीच हुने वार्तामा सहमति नभए दुवै पक्षा आ–आफ्नो अडान अनुसार अघि बढ्ने तयारीमा छन् ।

संविधानसभा बैठक सुरु भएपछि अव स्थगित हुदैन : सभामुख

suvash newang

काठमाडौं, फागुन ३० : सभाध्यक्ष सुवास नेम्वाङले संविधान लेखनका लागि धैरै समय बाँकी नरहेकाले अब बस्ने संविधानसभाको बैठक स्थगन नहुने बताएका छन् । संविधानसभाको बैठक अनिश्चित समयसम्मका लागि स्थगन भएको ३० दिन पुगेको छ । पछिल्लो पटक माघ २९ गते बैठक बसेको थियो । बैठक बोलाउने विषयमा दलहरुका औपचारिक तथा अनौपचारिक बैठकले पनि सार्थक रुप लिन सकिरहेको छैन ।

स्वयम्सेवी सामाजिक संस्था लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५ ए २ को तेस्रो राष्ट्रिय महाधिवेशनलाई आज यहाँ सम्बोधन गर्दै उनले भने, ‘जनतासित संविधान प्राप्त गर्ने समय धैरै छैन, अहिलेसम्म धैर्य र सहनशील भई बसिरहेका छन् उनीहरु, यसैले अब बस्ने संविधानसभाको बैठकले संविधान मस्यौदा नबनुन्जेल निरन्तर रुपमा छलफल गर्नुपर्छ ।’

‘संविधान लेखनका क्रममा दलहरुका बीच टुटेको संवादहीनता जोडिएको छ, अब यो सम्बन्ध कहीँ कतैबाट टुट्न दिनुहुँदैन’–उनले भने।

‘संविधान लेखनमा सहमतिका लागि दल र तिनका नेताहरुले नसक्नुभएको होइन, मलाई पूर्ण विश्वास छ सक्नुहुन्छ तर किन चाहिरहनुभएको छैन ?’ उनले प्रश्न गर् भने-‘चुड्कीका भरमा सहमति खै ?’

शीर्ष नेताहरु न्याय र निर्वाचन प्रणाली, शासकीय स्वरुप र राज्यको पुनःसंरचनका विषयमा चुड्कीका भरमा सहमति हुन्छ भनेर भन्छन् तर अहिलेसम्म सहमति गर्दैनन् उनले गुनासाे पाेखे ।

उनले छिटो संविधान जारी नभए देश दुर्घटनामा पर्ने हुनाले दल र तिनका नेतालाई सकारात्मक दबाब दिन सबैलाई आग्रह गरे । रासस

पुरुषको सफल लिङग प्रत्यारोपण

transplant_penis_operation

केपटाउन, फागुन ३० : दक्षिण अफ्रिकाका चिकित्सकहरुले बिश्वमै पहिलोपटक लिंग प्रत्यारोपण गरी सफलता हाँसिल गरेको दाबी गरेका छन् ।
केपटाउनस्थित टाइबरबर्ग अस्पताल र टेलेनेबाश युनिभर्सिटीले संयुक्त रुपमा गरेको अपरेशन नौं घन्टामा पुरा भएको थियो ।अप्रेसन गत डिसेम्बरमै सम्पन्न भए पनि त्यसले सफलतापूर्व काम गरेपछि शुक्रबारमात्रै घोषणा गरिएको हो ।

यसअघि पटकपटक लिंग प्रत्यारोपणका लागि प्रयास भएपनि सफल हुन सकेको थिएन् । तर, दक्षिण अफ्रिकामा भएको यो अप्रेसन सफल भएको उनीहरुको दावी छ । पछिल्लोपटक चीनमा यस्तै प्रयास भएको थियो । तर, त्यो सफल हुन सकेन ।transplant_penis_operation

चिकित्सकहरुले लिंग प्रत्यारोपण गरिएका व्यक्तिको नाम गोप्य राखेको छ । यी २१ बषिर्य युवकले तीन वर्षअघि एक दुर्घटनामा लिंग गुमाएका थिए । मृतक एक दाताको लिंग निकालेर प्रत्यारोपण गरिएको थियो ।

अहिले २१ वषर्ीय युवकको शरीरले प्रत्यारोपित अंगलाई स्वीकार गरिसकेको छ । चिकित्सकहरुका अनुसार यी युवकको लिंगले यौन क्रियाकलापसमेत गर्न थालेको छ जसले गर्दा उनी निकै उत्साहित भएका छन् । टीमका प्रमुख आन्द्रे वान डेर मर्वले मेडिकल साइन्सका लागि यो ठूलो उपलब्धी भएको बताए ।

तन्नेरी अबस्थामै लिंग गुमाउनुपर्दा बिश्वभर निकै ठूलो संख्यामा युवकहरु डिप्रेसनको सिकार हुने गरेका थिए । कतिपयले यही कारण आत्महत्या गरेकोसमेत पाइएको छ । तर, लिंग प्रत्यारोपणमा पाएको सफलताले यस्तो दुर्घटनामा आफ्नो महत्वपूर्ण प्रजनन अंग गुमाएका पुरुषलाई निकै ठूलो राहत मिल्ने भएको छ । अस्पतालका अनुसार यो सफलतापछि अन्य बिरामीको पनि अप्रेसन गर्ने तयारी भइरहेृको छ । अहिले नै ९ जना युवा लिंग प्रत्यारोपणका लागि प्रतिक्षाको सूचीमा छन् ।- द टेलिग्राफ

 

आज सत्ता पक्ष र ३० दलबीच निर्णायक वार्ता हुने

new-constitution1

काठमाडौं, फागुन ३० : संविधान निर्माणमा सहमति जुटाउन सत्ता पक्ष कांग्रेस–एमाले र प्रतिपक्ष एकीकृत माओवादी–मधेसवादीदलहरुबीच आज निर्णायक वार्ता हुने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ४ वजे हुने वार्तामा संविधानका मुख्य चार विषयहरु राज्यको शासकीय स्वरुप, संघीयता, न्याय प्रणाली र निर्वाचन प्रणालीमा केन्द्रीत हुने बताइएको छ । UML-Maoist-Meeting

एकीकृत माओवादीले शनीबारसम्म सहमति नभए आन्दोलनमा जाने र सत्तापक्षले पनि लामो समय सहमतिको नाममा नकुर्ने धारणा बनाएकाले आज हुने छलफल र वार्तालाई दलहरुले निर्णायक रुपमा लिएका हुन् ।
दलहरुबीचको छलफल यसअघि माघ ५ गते भएको भद्र सहमतिको विन्दुबाट सुरु गरिने तयारी गरिएको एक नेताले डिजिटल दैनिकसँग भने । उनका अनुसार राज्यको शासकीय स्वरुपमा संसदबाट निर्वार्चित आलंकारीक राष्ट्रपति र संसदबाटै निर्वाचित कार्यकारी प्रधानमन्त्रीय प्रणाली राख्ने विषयमा दलहरु लगभग सहमत छन् । निर्वाचन प्रणाली समानुपातिक र प्रत्येक्ष दुवै राखी मिश्रीत बनाउनेमा पनि दलहरुबीच मतभेद छैन । तर कति प्रतिशत समानुपातिक र कति प्रतिशत प्रत्येक्ष बनाउने भन्ने विषयमा अझै दलहरुबीच सहमति हन सकेको छैन । एमाओवादी–मधेसीले ५०/५० प्रतिशतको माग गरेका छन् भने कांग्रेस–एमालेले ८० प्रतिशत प्रत्येक्ष र २० प्रतिशत समानुपातिकको धारणा राख्दै आएका छन् ।
न्याय प्रणालीका विषयमा भने दलहरुबीच खासै विवाद छैन । सर्वोच्चका साथै संविधानका विवादहरु हेर्न छुट्टै संवैधानिक अदालत राख्नेमा सबै दल सहमत देखिएका छन् ।
सबैभन्दा बढि विवाद राज्यपुर्नसंरचना अथार्त संघियतामा छ । संघीय प्रदेश, त्यसको रेखांकन र सिमांकनका साथै प्रदेशहरुको आधारमा दलहरुबीच तिव्र मतभेद देखिएको छ । यद्यपी दलहरुबीच प्रदेशको संख्यामा सहमति गरी सिमांकनमा विवाद देखिएको जिल्लालाई तत्कालका लागि केन्द्र शाशित हुनेगरी सहमति गर्न सकिने विकल्प पनि छलफलमा आउने भएको छ । कांग्रेस र एमालेले भने विवाद भएका जिल्लामा स्थानीय जनमत संग्रह गर्न सकिने बैकल्पिक विकल्प पनि छलफलका लागि खुला गर्ने भएका छन् ।
संविधान निर्माणका अन्तरवस्तुमा सहमति जुटाउन शुक्रबार कांग्रेस–मधेसवादी र एमाले–एमाओवादीबीच दुईपक्षिय वार्ता भएको थियो ।
एकीकृत माओवादीले नेतृत्व गरेको ३० दलिय मोर्चाले आजसम्म सहमति नभए आईतबार दोस्रो चरणको आन्दोलन घोषणा गर्ने चेतावनी दिदै आएको छ ।

ओलीको ‘लन्च’ वार्तामा माधव नेपाल पक्ष अनुपस्थित

UML-Maoist-Meeting

काठमाडौं, फागुन २९ : संविधानका अन्तरवस्तुमा एकीकृत माओवादीसँग गहन छलफल गर्न आयोजित एमाले अध्यक्ष केपी ओलीको ‘लन्च’ बैठकमा वरिष्ठ नेता माधवुकमार नेपाल पक्षका नेताहरु भने अनुपस्थित भए ।

शुक्रबार विहान ओली निवास बालकोटमा आयोजना गरिएको उक्त बैठकमा एमाओवादी र एमालेबीच पछिल्लो समय देखिएको तिक्तता मेटाउदै सुमधुर सम्वन्ध निर्माणको वातावरण बनाउन प्रयाश भएको थियो । तर गम्भीर मानिएको बैठकमा नेपाल पक्षको एक जना पनि नेता सहभागि थिएनन् । एमालेले घोषित रुपमानै अन्य दलसँग वार्ता गर्न वरिष्ठ नेता माधवकुमार नेपाललाई जिम्मा दिएको छ । तर नेपाल मात्रै होईन, दलहरुको बार्तामा सधै सहभागि हुदै आएका नेपाल पक्षका उपाध्यक्ष भीम रावल समेत ओलीले एमाओवादीलाई दिएको लन्च बैठकमा सहभागि भएनन् ।

UML-Maoist-Meeting

एमाले उच्चस्रोतका अनुसार ओलीले नेपाललाई आफै खवरै नगरी गम्भीर वार्ता डाकेकाले सबै पक्ष सहभागि नभएको हो । ‘खुला रुपमा छलफल गरेर सहमतिमा पुग्ने हो भने अध्यक्षले आफ्ना दलका नेताहरुलाई पनि जिम्मेवारी दिनु पथ्र्यो’ नेपाल पक्षका एक नेताले डिजिटल दैनिकसँग भने, ‘तर पार्टीलाई वालकोटबाट चलाउने संक्रिणताका कारण गुटउपगुट मजवुद हुदै गएको हो ।’
बैठकमा ओलीले आफ्नै गुटका उपाध्यक्ष एवं गृह मन्त्री बामदेव गौतम, अर्की उपाध्यक्ष विद्या भण्डारी, महासचिव ईश्वर पोखरेल र प्रमुख सचेतक अग्नी खरेललाई मात्रै बोलाएका थिए । एकीकृत माओवादीबाट भने अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष बाबुराम भटराई र नारायणकाजी श्रेष्ठ, महासचिव कृष्णबहादुर महरा र नेता टोपबहादुर रायमाझी सहभागि थिए ।
बैठकमा संविधानका अन्तरवस्तुभन्दा पनि अन्य विषयमा छलफल भएको नेताहरुले बताए । बैठकको सुरुमै एमाओवादी नेताहरुले ओलीको स्वास्थ्य अवस्थाको विषयमा जनाकारी लिएका थिए ।

बैदेशिक रोजगारीमा गएका श्रमीकको रकमबाट विदेश भ्रमण जाने तयारी रोकियो

gulf

काठमाडौं, फागुन २९ : वैदेशिक रोजगारीमा अरवको खाडीमा काम गर्ने श्रमीकहरुले जम्मा गरेको कल्याणकारी कोषको रकमबाट विदेश घुम्न तम्तयार रहेका दर्जन सभासद् र कर्मचारीको टोलीलाई अन्ततः बैदेशिक रोजगार प्रबर्दन वोर्डले रकम निकाष नदिने भएको छ ।

विभिन्न संचार माध्यम श्रमीकको कोषबाट हुन लागेको विदेश भ्रमणको तयारी गरेर श्रमीकहरुको कल्याणकारी कोष दुरुपयोग गरेको भन्दै चर्को विरोध भएपछि वोर्डले निर्णय सच्चाउने भएको हो । ‘वैदेशिक रोजगार प्रबर्दन बोर्डको रकमबाट विदेश भ्रमण नहुने भएको छ’ श्रमराज्य मन्त्री टेकबहादुर गुरुङका कानुनी सल्लाहकार केशवराज जोशीले डिजिटल दैनिकसँग भने, ‘उहाँहरुको भ्रमणको लागि सरकारी कोष बाहेकको अन्य विकल्प अवलम्वन गरिने भएको छ ।’
यसअघि वोर्डले संसदको अन्तराष्ट्रिय सम्वन्ध तथा श्रम समितिका सभापति प्रभु साहको नेतृत्वमा दर्जन टोली मलेसिया, कतार र युनाईटेड अरव इमिरेटकोको भ्रमणमा जानका लागि वोर्डले रकम निकासा गर्ने निर्णय गरेको थियो । ‘भ्रमणका लागि वोर्डको रकम निकासा नगर्ने निर्णय भएको छ, मन्त्रालयले टिप्पणी उठाइसकेको छ, भोली निर्णय हुन्छ’ जोशीले भने, ‘भ्रमणका लागि तीनै देशमा त्यहाँका उच्च अधिकारीसँग भेटवार्ताको समय मिलाईसकेकाले बैकल्पिक वजेट मार्फत भ्रमण गराउने तयारी छ ।’
श्रम राज्यमन्त्री गुरुङले तीनै देशका परराष्ट्र र श्रम मन्त्रीसँग समय मिलाईसकेकाले भ्रमण रोक्दा राष्ट्रकै बेइज्जत हुने भन्दै सरकारलाई आर्थिक भार नपर्ने गरी भ्रमण हुने टोलीमा सहभागि सदस्यहरुलाई जानकारी गराएका छन् । ‘श्रम मन्त्रीले अत्यन्तै महत्वपूर्ण भ्रमण भएकाले रद्द गर्न नमिल्ने भन्दै वैकल्पिक वजेट व्यवस्था गरेर भ्रमण गराउनु हुने भएको छ’ भ्रमण दलमा सहभागि कांग्रेस सभासद् भरतबहादुर खड्काले भने, ‘ वोर्डको रकम श्रमीकहरुको अधिकार र हकतिका लागि प्रयोग गर्ने भन्ने कानुनमा व्यवस्था भए पनि अव वोर्डको रकमबाट हामी भ्रमणमा नजाने निर्णयमा पुगेका छौ ।’
स्रोतका अनुसार वोर्डको रकमबाट विदेश भ्रमणमा नजान चौतर्फि दवाव परेपछि मन्त्री गुरुङले बिहिबार गैरआवाशिय नेपाली संघका अध्यक्ष शेष घलेलाई मन्त्रालयमा बोलाएर भ्रमणको खर्चको व्यवस्था गर्न आग्रह गरेका थिए । घलेले तीनै देशका एनआरएनले भ्रमण दलका सदस्यहरुलाई आवस्यक पर्ने खर्च बेहोर्नेगरी प्रवन्ध मिलाउने आश्वासन दिएपछि भ्रमण नरोक्ने निर्णयमा मन्त्रालय पुगेको हो ।
साहको नेतृत्वमा १२ सदस्यीय भ्रमण टोली चैत १ गते मेलेशिया जाने र कतार हुदै युनाईटेड अरव इमिरेट्सबाट ८ गते फर्कने कार्यक्रम छ । भ्रमणमा नेपाली कामदारहरु बढि भएका ति देशहरुको कामदारहरुको अवस्था, उनीहरुले सम्झौता अनुसारको तलव र सेवा सुविधान पाए/नपाएको लगायतका विषयमा दुईपक्षीय वार्ता हुने कार्यक्रम तय गरिएको छ । ‘नेपाली कामदार धेरै भएको तीनै मुलुकमा हाम्रा कामदारहरुले खेप्दै आएको समस्याका बारेमा पहिलो पटक उच्च तहका अधिकारीहरुसँग दुइपक्षिय वार्ता हुने कार्यक्रम तय भएको छ’ सभासद् खड्काले भने, ‘हामी फर्किपछि तयार हुने प्रतिवेदनलाई संसदको श्रम समिति मार्फत सरकारलाई कार्यन्वयनका लागि निर्देशन दिने तयारी छ ।’
संसदको अन्तराष्ट्रिय सम्वन्ध तथा श्रम समितिका सभापतिको नेतृत्वमा सभासद्हरु सोमप्रसाद पाण्डे, खड्का, कमला शर्मा, बलबहादुर केसी, जितेन्द्र नारायण देव, समिति सचिव शान्तकुमार तुलाधार, श्रम राज्य मन्त्री टेकबहादुर गुरुङका सल्लाहका रमेश कोइराला, सभापति साहका स्वकीय सचिव सियाराम कुशवाह, वार्डका सहायक निर्देशक दीपेन्द्र पौडेल, संसद सचिवालयका खरिदार नारायण बस्नेत तीन देशको भ्रमण दलमा छन् ।

संविधानमा सहमतिको अन्तिम कसरतमा दलहरु

Nc UML

काठमाडौं, फागुन २९ : संविधान निर्माणका विषयमा देखिएको अन्योल र असहमतिलाई लामो समयसम्म राख्न नहुने भन्दै दलहरु संविधान संविधान निर्माणमा सहमतिका लागि अन्तिम कसरतमा जुटेका छन् ।

दलहरुबीच आज कांग्रेस र मधेसवादी दलहरु र एमाले र एकीकृत माओवादीबीच संविधानका अन्तरवस्तुका विषयमा गम्भीर छलफल हुने भएको छ । ति छलफलहरुमा आपसी समझदारी बनाएर शनीबार प्रमुख दलहरु कांग्रेस, एमाले, एमाओवादी र मधेसवादी दलको बैठक डाकिएको छ ।

यसअघि विहिबार सरकारको नेतृत्व गरेको कांग्रेस र प्रमुख प्रतिपक्षी एकीकृत मओवादीबीच संविधान निर्माणका विषयमा सहमति जुटाउन दलहरुबीच द्धिपक्षिय वार्ता गर्ने सहमति गरेको थियो ।Nc UML

विहिबारसाँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दुई दलका शिर्ष नेताहरुको बैठकले संविधानका अन्तरवस्तुमा सहमति जुटाई सहमतिमा संविधान जारी गर्न दलहरुबीच गम्भीर वार्ताको निष्कर्ष निकालेको हो । ‘कांग्रेस र एमालेले मधेसी र एमाओवादीसँग पनि छुट्टा छुट्टै द्धिपक्षिय छलफल गरेर मात्रै चार पक्षिय बैठक बस्ने सहमति भएको छ’ एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई उदृत गर्दै उनका स्वकिय सचिव चूडामणि खड्काले डिजिटल दैनिकसँग भने, ‘शुक्रबार द्धिपक्षिय बैठक बस्ने र सबै दलले समिक्षा गरेर मात्रै शनीबार चार पक्षको बैठक हुने भएको छ ।’

सो बैठकमा प्रधानमन्त्री सुशील कोइरालाले सहमतिकै आधारमा संविधान जारी गर्नु सबै दलको दायित्व भएकाले एकीकृत माओवादीलाई गम्भीर भएर प्रस्तुत हुन आग्रह गरेका थिए । उनले मुलुकलाई लामो समयसम्म संक्रमणमा राख्न नहुने बताउदै जतिसक्दो चाडै सहमति कायम गर्न सबै दलले अधिकतम लचक हुनुपर्ने धारणा राखेका थिए ।

त्यस लगत्तै एकीकृत माओवादी अध्यक्ष दाहालले सहमतिका लागि दलहरुबीच द्धिपक्षिय वार्ता पनि आवस्यक भएको भन्दै सहमतिका लागि आफ्नो पार्टी अधिकतम लचक हुन तयार रहेको धारणा राखेका थिए । दलहरुबीच सकभर सहमतिकै आधारमा छिटो संविधान जारी गर्न संविधानसभाका चार पक्ष कांग्रेस, एमाले, एमाओवादी र मधेसी मोर्चाबीच सहकार्यको वातावरण बन्नु पर्छ भन्नेमा विमति छैन ।
एकीकृत माओवादीले फागुन ३० सम्म सहमति नभए दोस्रो चरणको आन्दोलनमा जाने तयारी गरेको छ । यसअघि बसेको कांग्रेस–एमाले बैठकले लामो समय कुर्न नसकिने भन्दै सहमति नभए संविधानसभाका प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो ।

यसैगरी विहिबारै सत्तासिन कांग्रेस–एमालेले ३० दलिय मोर्चासँग संविधानका अन्तरवस्तुका विषयमा साझा धारणा माग्ने निर्णय गरेको थियो । बिहिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दुई दलको बैठकले ३० दलिय मोर्चाभित्र पनि संविधानका विवादित विषयमा फरक फरक धारणाहरु रहेकाले सबैको सहमति हुनेगरी साझा धारणा मागेर वार्तामा बस्ने र विषयमा लेनदेन गर्ने निर्णय गरेको हो । ‘कांग्रेस–एमालेले संविधानका अन्तरवस्तुमा समान धारणा बनाएकाले ३० दलिय मोर्चासँग पनि एउटै धारणा मागरेर सोहीमा सहमतिको लागि छलफल गर्ने निर्णय भएको छ’ बैठकपछि कांग्रेस उपसभापति रामचन्द्र पौडेलले भने, ‘त्यसका लागि धेरै पर्खन नसकिने र एक पटक बार्ता गरेर सहमतिको समय तोक्ने सहमति भएको छ ।’
एमाओवादी नेतृत्वको ३० दलिय मोर्चाभित्र पनि संविधानका अन्तरवस्तुमा फरक फरक धारणा रहेकाले वार्ताको टेवलमा बस्दा उनीहरुबीच साझा धारणा नबनेसम्म सहमति हुन नसक्ने बैठकको निष्कर्ष छ । एमाओवादीले आफ्नो मोर्चाको साझा धारणा वार्तामा पेश गरे मात्रै लेनदेन र लचकतामा छलफल गर्ने पनि बैठकको ठहर छ ।

बैठकले सहमतिको नाममा संविधान निर्माणको समय खेर गएको निष्कर्ष निकाल्दै ३० दलिय मोर्चासँग निणार्यक वार्ता गर्ने पनि निर्णय गरेको छ । ‘सहमतिको नाममा अव धेरै पर्खन सकिदैन’ पौडेलले भने, ‘विपक्षीसँग निणार्यक वार्ता गर्ने र सहमति नभए संविधान सभाको प्रक्रियालाई अघि बढाउने धारणा बनेको छ ।’

दुई दलले विगतमा समझदारी भए अनुसारनै संविधानका अन्तरवस्तुमा समान धारणामा अडिग रहेर वार्तामा बस्ने पनि निर्णय गरेका छन् । ‘संविधानका अन्तरवस्तुमा कांग्रेस र एमालेबीच आधारभुत रुपमा समान धारणा छ र सोही धारणामा उभिने सहमति भएको छ’ एमाले महासचिव ईश्वर पोखरेलले भने, ‘दुई दलको विगतको समझदारी अनुसारै अन्य दलहरुसँग पनि वार्ता अघि बढाउने बैठकको निष्कर्ष हो ।’

माओवादीले संविधानसभाभित्र सुरु भएको प्रक्रियाको विरोध गर्दै पहिलो चरणको आन्दोलन गत फागनु १६ गते समापन गरेको छ । फागुन २६ मा दोस्रो चरणको आन्दोलन गर्ने तयारी गरेपनि प्रधानमन्त्री सुशील कोइराला र राष्ट्रपति रामवरण यादवको आग्रहमा ३० गतेसम्म सहमतिको लागि पर्खन निर्णय गरेको थियो । उसले सहमति नभए ३० गते दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गर्ने जनाएको छ ।

संविधानसभा भित्र प्रश्नावली समिति गठन भएपछि सत्तापक्ष र प्रपिक्षबीच दुरी बढेको हो । एमाओवादी नेतृत्वको मोर्चाले प्रश्नावली समिति खारेजका साथै त्यसले पेश गरेको प्रतिवेदन अस्विकार गर्ने निर्णय गरेको छ । यता सत्तापक्षले भने प्रश्नावली समितिको प्रतिवेदनकै आधारमा संविधानसभाभित्र प्रक्रिया अघि बढ्नु पर्ने अडान राख्दै आएको छ । संविधानसभाभित्र सहमति कि प्रक्रिया भन्ने विवादका कारण विगत डेढ महिनादेखि संविधानसभा बैठक बस्न सकेको छैन । डेढ महिनासम्म संविधानसभा निश्क्रिय भएपछि संविधानसभा अध्यष सुवास नेम्वाङले दलहरुलाई छिटो सहमति गर्न आग्रह गरेका छन् । उनले सहमतिका नाममा समयमात्रै खेर फाल्न नहुने बताउदै संविधानसभा सुचारु गर्ने पनि बताउदै आएका छन् ।

1 326 327 328 329 330 347