Author Archives: डिजिटल दैनिक

‘भ्यालेन्टाईन डेमा प्रेम प्रस्ताव अस्विकार गरेपछि तेजाव प्रहार’

Acid-attack-Kathmandu2
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं, फागुन १० : एक साताअघिको भ्यालेन्टाईन डेमा प्रेम प्रस्ताव अस्विकार गरेकाले काठमाडौंका दुई किशोरीमाथि तेजाव प्रहार भएको खुलाशा भएको छ ।

आईतबार काठमाडौँको वसन्तपुर झोछेस्थित ए प्लस ट्युसन सेन्टरमा बसिरहेको अवस्थामा रौतहटकी १५ वर्षीया सीमा बस्नेतमाथि एसिड प्रहार भएको हो । बस्नेतलाई लक्षित गरी छ्यापिएको एसिड लागेर रामेछाप खनियापानी ८ घर भई बसन्तपुर बस्ने १६ वर्षकी संगिता मगर पनि घाइते भएकी थिईन् ।
‘सीमालाई भ्यालेन्टाइन डेका दिन कसैले प्रेम प्रस्ताव राखेको थियो । तर उनले अस्वीकार गरेकी थिइन्’ अनुसन्धानमा सक्रिय एक प्रहरी जवानले भने, ‘त्यसैको बदला लिन उनीमाथि एसिड प्रहार भएको हुन सक्ने परिवारको अनुमान छ ।’

सीमाको अनुहारमा एसिड परेको छ । उनलाई केएमसी अस्पताल सिनामंगल रिफर गरिएको छ । एसिड प्रहारबाट गम्भीर घाइते संगिताको भने वीर अस्पतालमा उपचार भइरहेको छ । संगिताको छाती र खुट्टामा गम्भीर चोट लागेको छ । प्रहरीले घटनामा संलग्नको खोजी कार्य तीव्र पारिएको बताएको छ ।

कलैयामा साम्य हुन नपाउदै सिमरामा सल्कियो आन्दोलन

simara movment

बारा, फागुन १० : कलैयामा भएको सेवाकेन्द्र विस्तार गर्न नहुनेभन्दा जारी आन्दोलन साम्य नहुदै सिमरामा फेरि सेवा केन्द्र राख्ने सरकारले फिर्ता लिएको निर्णय सच्चाउन माग गदै आन्दोलन सुरु भएको छ । यसअघि कलैयामा रहेको मालपोत र नापी कार्यालयको सेवा केन्द्र सिमरामा पनि विस्तार गर्ने सरकारको निर्णयको विरुद्धमा चर्को आन्दोलन भएपछि निर्णय फिर्ता भएको थियो ।

कलैयाको मालपोत र नापी कार्यालयको सेवा केन्द्र सार्ने निर्णय फिर्ता गरेर आन्दोलन सामसुम समेत हुन नपाउदै सरकारको निर्णय विरुद्ध फेरि सिमरामा आन्दोलन तातेको हो ।

सिमरामा मालपोत र नापी कार्यलयको सेवा केन्द्र स्थापना गर्ने निर्णय कार्यान्वय गर्न माग गर्दै आन्दोलनरत स्थानीय र प्रहरीबीच आईतबार दिनभर झडप भएको छ । सेवा केन्द्र स्थापना गर्न माग राख्दै आन्दोलित स्थानीय र प्रहरीबीचको झडपले सिमरा चोक तनावग्रस्त भएको थियो ।

झडपका कारण सिमरा बिहानैदेखि तनावग्रस्त बनेको छ । सिमरा बजार पूर्णरुपमा बन्द छ भने यातायात आवागमन पुरै ठप्प छ । झडपमा २४ जना भन्दाबढी बन्दकर्ता घाईते भएको स्थानीय प्रहरीलाई उदृत गर्दै डिजिटल दैनिका बारा संवाददाताले जनाएका छन् । घाइते हुनेमा नसिम हुसेन, ईश्वर थपलिया, शिला खनाल र उद्धव गौतमलगायत छन् । घाईतेमध्ये गम्भीर हुसेनलाई उपचारका लागि वीरगन्ज लगिएको छ ।

बन्दकर्ताले प्रहार गरेको ढुंगा लागेर ईलाका प्रहरी कार्यलयका प्रहरी निरीक्षक कुमारबिक्रम थापासहित पाँच प्रहरी घाइते भएको बाराका प्रहरी उपरीक्षक लोकेन्द्रबहादुर मल्लले जानकारी दिए ।

८३ जना इन्सपेक्टरको बढुवा (बढुवा हुनेको नामावली सहित)

nepal police

काठमाडौं, फागुन १०: नेपाल प्रहरीले ८३ जना प्रहरी नायव निरिक्षकहरुलाई प्रहरी निरिक्षकमा बढुवाको लागि सिफारीस गरेको छ ।
बढुवा सिफारीस समितिको आईतबार दिउसो बसेको बैठकले रिक्त ८३ जना प्रहरी निरिक्षकका लागि कार्यसम्पादन मुल्यांकन, जेष्ठता र कार्यदक्षताका आधारमा बढुवा गर्न सिफारीस गरेको हो ।

बढुवा हुनेको नामावली लागि यहाँ क्लिक गर्नुहोस्

काठमाडौंमा सात महिने छोरी सहित पति पत्नि मृत भेटिए

काठमाडौं, फागुन १०ः काठमाडौंको काँडाघारीमा डेरागरी बस्ने एक परिवारका पति–पत्नी र एक छोरी मृत अवस्थामा फेला परेका छन् ।

सरकारले हालै घोषणा गरेको कागेश्वरी मनहरा नगरपालिका–३ विरेन्द्रचोकमा बस्दै आएका रामेछाप बाम्ती भण्डार गाविसका राजन बस्नेत र उनकी पत्नी पबिता ७ महिने छोरी सहित मृत फेला परेका हुन् । स्थानीय शंकर खतिवडाको घरमा डेरा गरी बसेका उनीहरु आईतबार विहान कोठाभित्र मृत भेटिएका हुन् । विहान अवेरसम्म उनीहरु बस्दै आएको कोठा नखुलेपछि शंका लागेर घरबेटी खतिवडाले बाहिरबाट बोलाउदा कुनै जवाफ नआएपछि स्थानीय प्रहरीलाई जानकारी गराएका थिए । त्यस लगत्तै प्रहरीले स्थानीयबासीको रोहवरमा ढोका खोल्दा सपरिवार मृत भेटिएका हुन ।

‘सुतिरहेको अवस्थामा सबै जना मृत भेटिएको छ’ स्थानीय प्रहरी निरिक्षक दिपक ढुंगेलले भने, ‘कोठामा अक्सिजनको कमि भएर मृत्यु भएको प्ररम्भीक अनसन्धानले देखाएको छ ।’

प्रहरीले ढोका फोडेर भित्र पस्दा कोठाको एउटा कुनोमा ब्रिकेट बालिएको भेटिएको जनाएको छ । ‘ढोका फोडेर भित्र पस्दा कोठाको एउटा छेउँमा घर ढलान गर्दा प्रयोग हुने सिमेन्ट बोक्ने कराईमा ब्रिकेट बालिएको थियो’ ढुंगेलले भने, ‘झ्यालहरु पनि सबै बन्द थिए । अक्सीजनको कमिले निसास्सिएर मृत्यु भएको अनुमान गर्न सकिन्छ ।’

मृतकहरुको शव पोष्मार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ । पोष्टमार्टम रिपोर्टपछि मात्रै मृत्युको कारण पत्ता लाग्ने प्रहरीले जनाएको छ ।

राजधानीमा दुई जनामा स्वाइन फ्लु देखियो

swin flu

काठमाडौं, फागुन १० : छिमेकी मुलुक भारतमा झण्डै हजार जनाको ज्यान लिईसकेको स्वाइन फ्लु नेपालमा पनि दुई जनामा भेटिएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको परिक्षणमा शनिवार दुई जनामा उक्त भाईरस भेटिएको हो । ‘प्रयोगशालामा परिक्षण भएका दुई जनामा स्वाइन फ्लु (पिडिएम०१–एचएन१) देखिएको छ’ स्वास्थ्य मन्त्रालय उच्च स्रोतले डिजिटल दैनिकसँग भन्यो, ‘उनीहरुलाई विषेश निगरानीमा राखिएको छ र अन्य सतर्कता पनि अपनाउन सबै स्वास्थ्य केन्द्र र अस्पतालमा निर्देशन दिएको छ ।’

स्वाइन फ्लु भेटिएका दिल्लीबाट आएका ति दुई जनाको नाम र ठेगाना भने सार्वजनिक गरिएको छैन ।
सरकारले शुक्रबारमात्रै स्वास प्रश्वासमा समस्या देखिए तुरुन्त नजिकको अस्पताल वा स्वास्थ्य केन्द्रमा गएर परिक्षण गर्न सर्वसाधरणलाई अपिल गरेको थियो । भारतका विभिन्न शहरमा अहिलेसम्म ८ सय ५१ जनाको स्वाइन फ्लुका कारण मृत्यु भैसकेको छ । नेपाल र भारतबीच खुला सिमा भएकाले तुरुन्तै संक्रमण बढ्न सक्ने भन्दै सरकारले सचेत रहन आग्रह गरेको हो।

आईतबारदेखिनै भारतबाट नेपाल प्रवेश गर्ने विभिन्न नाकामा समेत निगरानी राखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सम्वन्धित समाचारहरु

भारतमा स्वाइन फ्लूको महामारी, ७ सय भन्दा वढीको मूत्यु

कांग्रेसले अन्तरघातको कारवाहीमा परेका सुजाता सहित सयलाई माफि दिने

nepali-congress-flag

काठमाडौं, फागुन १० : कांग्रेसले दोस्रो संविधानसभा निर्वाचनमा पार्टीका उम्मेदबारलाई चुनाव हराउन अन्तरघात गरेको पुष्टि गर्दै अनुशासनको कारबाहीमा परेका सयभन्दा बढि नेता तथा कार्यकर्ताको कारबाही फिर्ता लिने भएको छ ।

आज दिउसो १ वजे प्रधानमन्त्री निवास बालुवाटारमा डाकिएको केन्द्रीय समिति बैठकको एक नम्वरकै एजेण्डामा अनुशासनको कारबाही फिर्ताको विषय पेश गरिएको छ । प्रधानमन्त्री एवं पार्टी सभापति सुशील कोइरालाले मोरङ क्षेत्र नम्वर एकको निर्वाचनमा कांग्रेस उम्मेदबार अमोदप्रसाद उपाध्यायलाई हराएको भन्दै कारबाहीमा परेकी आफ्नी भतिजि सुजाताको कारवाही फिर्ता गर्नुपर्ने भएपछि अरु पनि सबैले माफि पाउने भएका हुन ।

छ महिनाअघि केन्द्रीय सदस्य आमोदप्रसाद उपाध्यायको संयोजकत्वको केन्द्रीय अनुशासन समितिले सुजाता सहित १ सय ८३ जनाले संविधानसभा निर्वाचनमा पार्टीको उम्मेदबारलाई हराउन अन्र्तरघात गरेको भन्दै अनुशासनको कारवाही गरेको थियो । कारवाहीमा विभिन्न नेता तथा कार्यकर्तालाई छ महिनादेखि ५ बर्षसम्म पार्टीको साधरण सदस्यबाट समेत निलम्वन गरिएको थियो । कारवाहीको त्यतिवेलै केन्द्रीय सदस्य सुजाताले कडा प्रतिवाद गरेकी थिईन ।

पार्टी उच्चस्रोतका अनुसार केन्द्रीय समिति बैठकले सुजाता लगायत सयको कारवाही फिर्ता गर्ने र निर्वाचनमा बागी उम्मेदबार बनेका र तिनका समर्थक र प्रस्तावकलाई मात्रै अनुशासन समितिको कारवाही कायमै राख्ने तयारी छ ।

केन्द्रीय सदस्य मनोनयन र कार्यविभाजनमा ओली र नेपाल पक्षबीच तिव्र मतभेद

uml

काठमाडौं, फागुन ८ : एमालेमा केन्द्रीय सदस्य मनोनयन र कार्य विभाजनमा तिव्र मतभेद बढेपछि स्थायी समितिको बैठक समेत बस्न सकेको छैन । अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीचको मतभेदका कारण बुधबार बस्ने भनिएको स्थायी समिति बैठक स्थगित गरिएको थियो ।

एमाले केन्द्रीय कमिटिमा १० पूर्ण र ५ वैकल्पिक गरी १५ सदस्य मनोनयन हुन बाँकी छ । मनोनयनको तयारी गर्दा नेतापिच्छे सदस्यहरुको लिष्ट फरक फरक आउन थालेपछि मनोयन गर्न हम्मे हम्मे परेको हो ।
अध्यक्ष ओलीले देवराज घिमिरे, घनेन्द्र बस्नेत, केदार न्यौपाने, कृष्णगोपाल श्रेष्ठ र सुमनराज प्याकुरेललाई केन्द्रीय सदस्य बनाउनु पर्ने भन्दै प्रस्ताव गरेका छन् । त्यस्तै वरिष्ठ नेता नेपालले कल्याणी खड्का, रामकुमार ज्ञवाली, कमल जगैबू, दिलु पन्त, रञ्जना सरकार, लक्ष्मण लम्साल, तारा जोशी, सुधीर साह, तारा लामा, धनकुमारी सुनार, टीकाराज खड्का, गोपाल बम, कोमल भट्राई लगायतलाई केन्द्रीय सदस्य बनाउन प्रस्ताव गरेका छन् । अर्का नेता झलनाथ खनालले प्रमेश हमाललाई सदस्य बनाउन प्रस्ताव गरेका छन् । उपाध्यक्ष बामदेव गौतमले राजेन्द्र राई र हरि पराजुलीलाई केन्द्रीय सदस्यका लागि अघि सारेका छन् । अर्की उपाध्यक्ष विद्या भण्डारीले रञ्जु ठाकूर, केशव स्थापित, शम्भु श्रेष्ठ र विदुर सापकोटालाई केन्द्रीय सदस्यका लागि प्रस्ताव गरेकी छन् ।

१० पूर्ण र ५ बैकल्पि केन्द्रीय सदस्यका लागि ५० भन्दा वढि नाम प्रस्ताव भएपछि एमालेले निर्णय गर्न नसकेको हो । बुधबार स्थगन भएको स्थायी समिति बैठक कहिले बस्ने अझै टुंगो लाग्न सकेको छैन् । त्यस्तै केन्द्रीय विभागहरुमा पनि सहमति जुट्न सकेको छैन । जसका कारण एमालेमा महाधिवेशन भएको झण्डै एक वर्ष पुग्न लाग्दा समेत नेताहरुको कार्यविभाजन हुन नसकेको हो ।

पशुपतिमा विभिन्न देशबाट आएका हजारौ तिर्थालुको घुईचो (फोटो फिचर र भिडिओ सहित)

DSC_0033

काठमाडौ, फागुन ५ : आज फागुन कृष्ण चतुर्दशी हिन्दु धर्मालम्बीहरुको महान पर्ब महाशिवरात्री । महाशिवरात्रीको अबसरमा पशुपतिनाथसहित देशभरका शिवालयमा विहानैदेखि दर्शनार्थीको घुईंचो लागेको छ । शिव उत्पत्ति भएको रातका नामबाट नामकरण गरिएको यस पर्व हरेक वर्षको फागुन कृष्ण चतुर्दशीका दिन मनाउने गरिन्छ ।DSC_0157
सर्वाेत्तम ब्रतका रुपमा लिइने यस दिन भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजाअर्चना गरी ब्रत बस्ने र शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र समेत चढाउने गर्छन् । शिबरात्री पर्बकै अबसरमा पशुपति मन्दिरमा आज विहान ३ बजेदेखि नै दर्शनका लागि दर्शनार्थीको घुईचो लागेको छ ।DSC_0174
पशुपति क्षेत्र विकास कोषका अनुसार वाग्मती नदीको पश्चिम करिडोर प्रयोग गरी तिलगंगा–पिङगलास्थान हुँदै वनकाली–चार शिवालय, पञ्चदेवल, दक्षिणढोका, वत्सलेश्वरी, आर्यघाट भएर पूर्व ढोकाबाट मन्दिर प्राङगण प्रवेश गर्ने व्यवस्था मिलाइएको छ । लाइनमा उभिएको करिब आधा घण्टाभित्रै दर्शन गर्न सकिने व्यवस्था मिलाइएको दावी पनि गरेको छ ।DSC_0161
अघिल्ला वर्षहरु जस्तै यसपटक पनि एक हजार रुपैंया तिरी लाइनमा नबसीकनै दर्शनको व्यवस्था समेत गरिएको छ । आवास, भोजन तथा स्वास्थ्य शिविरको पनि व्यवस्था मिलाइएको छ । दर्शनार्थी एवं तीर्थयात्रीको प्रभावकारी सुरक्षा व्यवस्था गर्न हजारौ सुरक्षाकर्मी परिचालन गरिएको छ ।

DSC_0192
पर्बकै अबसरमा देशभरका मन्दिरहरुमा भक्तजनको घुईचो लागेको छ। महाशिवरात्री पर्वकै अवसरमा सिन्धुलीको कुशेश्वर दुम्जामा रहेको कुशेश्वर महादेव मन्दिरमा, दोलखाको सुनखानीस्थित कालीनाग मन्दिरमा र स्याङ्जाको छाङ्छाङ्दी मन्दिरमा पनि शिवरात्रिका अवसरमा भक्तजनको घुईचो लागेको छ ।

मानव अंग प्रत्यारोपण मापदण्ड बन्दै

health ministry

काठमाडौं, फागुन ४ः सरकारले ‘ब्रोन हेम्ब्रेज’ भएर मृृत्यु भएकाहरुको अंग झिकेर अरुलाई प्रत्यारोपण गर्न सहज हुनेगरी कानुनी व्यवस्था गर्ने तयारी गरेको छ ।
पन्द्र वर्षअघि ल्याएको ‘मानव अंग प्रत्यारोपण नियमित र निषेध ऐन २०५५’ मा मस्तिस्क मुत्यु भएका व्यक्तिहरुको मृगौला निकाललेर प्रत्यारोपण गर्न पाईने भनिएपनि स्पष्ट मापदण्ड नबन्दा व्यवहारीक कठिनाई हुदै आएको छ ।
उक्त ऐन मस्तिस्क मृत्यु कसले घोषणा गर्ने ? ठूला दुर्घटनामा मृत्यु भएका मानिसको पोष्टमार्टम गर्ने कि नगर्ने ? लगायत स्पष्ट व्यवस्थाहरु छैन ।
दुर्घटनामा परी मस्तिस्कमा गम्भीर चोट लागेर हुने मृत्युलाई चिकित्सकीय भाषामा मस्तिस्क मृत्यु भनिन्छ । ‘कानुनी रुपमा स्पष्ट मापदण्ड बने परिवारका सदस्यहरको स्विकृत लिएर मस्तिष्क मृत्यु भएका व्यक्तिको अन्य अंगहरु भिक्न मिल्छ’ मानव ंग प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक पुकारचन्द्र श्रेष्ठले भने, ‘यस्तो व्यवस्था भए मृगौला प्रत्यारोपण गर्ने व्यक्तिले अभाव झेल्नु पर्ने थिएन ।’
मस्तिष्क मृत्यु सम्वन्धि मापदण्ड बनाउन एक बर्षअघि स्वास्थ्य मन्त्रालयका चिकित्सा सेवा महाशाखाका पूर्वप्रमुख तीर्थराज वुर्लाकोटीको संयोजकत्वमा विषेशज्ञ चिकित्सा टिम बनेको थियो । सो टिमले मस्तिष्क मत्युको मापदण्ड बनाएर पेश गरिसकेको छ । आजको कान्तिपुर दैनिकमा कल्पना घिमिरेले लेखेको खवर छ ।

कांग्रेसले जातीय राज्यका पक्षमा कहिँपनि हस्ताक्षर गरेको छैनः केसी

arjun KC

काठमाडौ, फागुन ३: काँग्रेसका नेता अर्जुननरसिंह केसीले जातीय राज्य स्विकारेर नेपाली काग्रेसले कहि पनि हस्ताक्षर नगरेको स्पष्ट पारेका छन ।
रिपोर्टर्स क्लब नेपालले आईतबार आयोजना गरेको साक्षात्कारमा नेता केसीले संघीयता बनाउन पहिचानका पाँच र सामथ्र्यका चार आधारहरु पहिला नै तय भईसकेको बताए ।
‘जातीय आधारमा संघीयता हुँदैन’ उनले भने, ‘अल्पमतले बहुमतमाथि शासन गर्ने खालको संघीयता बनाएर द्धन्दको विउ नरोपौँ ।’
केसीले वार्ताबाट निकास खोज्ने उद्देश्यले नै संविधानसभाको बैठक स्थगित गरेको र पछिल्लो समयमा तुलनात्मक रुपमा वार्ताको वातावरण बनेको भन्दै मुडभेडमा मुलुकलाई लैजान आन्दोलनका कुरा नगर्न आग्रह गरे ।
केसीले निरपेक्ष सहमति संसारमा कतैपनि हुन नसक्ने र असहमतिको विषयमा नोट अफ डिसेन्ट लेखेर संविधान जारी हुने गरेको विश्वको ईतिहास रहेको उल्लेख गर्दै पछिल्लो समयमा प्राप्त समयको सदुपयोग गर्न सबैलाई आग्रह गरे ।
उनले लोकतान्त्रिक विधि मान्छु भन्ने एमाओवादीले प्रक्रिया नमान्ने भन्न कुरा विरोधाभाषपूर्ण रहेको तर्क गर्दै सहमतिको लागि वार्ता सुरु गर्नु पर्नेबेला समानान्तर सरकार निर्माण जस्तो कुरा गर्नै नहुने बताए । केसीले भने–‘सहमतिको लागि उपयुक्त समय छ, एमाओवादीले जातीय राज्यको कुरा गर्नुहुँदैन र मधेशवादी दलले तराई मधेश अलग पार्ने चर्को कुरा गर्नुहुँदैन ।’
नेकपा एमालेका सचिव प्रदिप ज्ञावलीले माघ ५ गते सहमति भईसकेको अवस्थामा छलफल गरेर आउछु भनेका प्रचण्डले भोली हुँदैन भनेको , विजयकुमार गच्छदारको प्रस्तावमा छलफल गरांै भन्दा नमानेको उल्लेख गर्दै एमाओवादी अध्यक्ष प्रचण्डलाई बोली नफेर्न आग्रह गरे ।
उनले भने, ‘प्रचण्डजी दोधारे कुरा गर्नु हुन्छ, अब पहिला एमाओवादीले आफ्नो गन्तब्य पहिल्याउनु पर्छ । कहिले संयूक्त राष्ट्र संघ गुहार्छु भन्ने कहिले समानान्तर सरकार गठन गर्छु भन्ने जस्तो गैर जिम्मेवार कुरा गर्नुहुँदैन । यसले यदि कसैलाई घाटा गरेको छ भने स्वयम प्रचण्डलाई गरेको छ, साख गिराउने काम गर्नु हुन्न ।’
ज्ञावलीले विपक्षी मोर्चाको माग अनुसार नै संविधानसभाको बैठक स्थागित गरेको दावी गर्दै वार्ताकै लागि प्रधानमन्त्रीले पत्र लेखेर आब्हान गरेको र सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता खोजविन आयोग गठन गरेको दावी गरे ।
उनले प्रधानमन्त्री मुलुकको प्रमुख संस्था भएकोले पत्रलाई लिएर विवाद गरेर हल्का रुपमा नलिने आग्रह गर्दै प्रचण्डकै आग्रहमा प्रधानमन्त्रीले पत्र लेखेको स्पष्ट पारे । उनले भने–‘अब अर्को पत्र लेख्नुपर्छ अनि वार्तामा बस्छौं भनेर विपक्षी मोर्चाले केटाकेटी खेलेजस्तो कुरा गर्नुहुँदैन, प्रधानमन्त्रीले उहाँहरुसँग छलफल गरेर नै पत्र जारी गर्नुभएको हो, अब अर्को पत्र लेख्न कुनै जरुरी नै छैन ।’
ज्ञावलीले भने–‘द्धन्द नगरौ पत्रकै कुरा गरिरहने हो भने वार्ता र संविधानसभाको के आवश्यकता ? अहिले वार्ताको बातावरण बनेको छ, जातीय राज्य र एक मधेस प्रदेशको माग छाडेर सहमति जुटाआंै ।
उनले आफ्नो पार्टी १२ बुँदे अहिलेसम्म आईपुग्दा सहमतिकै पक्षमा दृढ प्रतिबद्ध रहेको भन्दै सहमतिको लागि लचिलो बन्दासमेत शर्तहरु तेर्साएर समय बर्वाद नबनाउन विपक्षी मोर्चालाई आग्रह गरे ।
राप्रपा नेपालका प्रमुख सचेतक दिननाथ गिरीले  संविधानसभामा कसैको पनि स्पष्ट बहुमत नभएको अवस्थामा सर्वसहमति हुन नसक्ने भएकोले प्रक्रियामा गएर संविधान जारी गरौ भन्दा नगरेपछि अबको सबैभन्दा उपयूक्त विधी जनमतसंग्रह भएको बताए ।
उनले अब सहमतिको नाटक गरेर संविधानसभालाई अनिर्णयको बन्दी नबनाउन आग्रह गर्दै विदेशीले रोकेको कारण जनमतसंग्रह हुन नसकिरहेको दावी गरे । उनले मुलुकलाई विखण्डनबाट बचाउन पनि जनमत संग्रहमा जानुको विकल्प नरहेको तर्क गरे ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयता नेपालीको एजेण्डा नभएकोले सहमति बन्न नसकेको दावी गर्दै जातीय संघीयतामा जाँदा यूगान्डा र लिवियाको हालत के भएको छ भनि प्रश्न गरे ।

भाषण नै गरेर एक वर्ष सकिएको भन्दै अब पनि सहमतिको नाममा समय खेर नफाल्न आग्रह गरे । उनले अब प्रक्रियाबाट संविधान जारी गर्ने विधिमा अघि बढ्न आग्रह गर्दै प्रक्रियामा काँग्रेस र एमाले अडिग हुनुपर्ने तर्क गरे । उनले भने–‘सहमतिको मुरली जनताले धेरै सुनिसके अब त्यो धुन उनीहरु सुन्नेवाला छैनन, अब सकेसम्म सहमति गर्ने नसके प्रक्रियाबाट संविधान जारी गर्नुपर्छ ।’
एमाओवादीले आफू बलियो हुँदा केही नगर्न नसकेको तर आफू कमजोर भएपछि मुलुकलाई द्धन्दमा लान खोजेको आरोप लगाउँदै केसीले देश टुक्राउने संघीयता नचाहिने बताए । केसीले एकथरीले जातीय संघीयताको वकालत गर्ने र अर्कोथरीले सिँगो समतल भूभागलाई एउटै प्रदेशमा राख्नुपर्ने जस्ता अतिवादी माग राख्दा सहमतिको सम्भावना नरहेको जिकिर गरे ।
केसीले राजनीतिक संक्रमण लम्बिँदै जाँदा मुलुकमा भ्रष्टाचार मौलाएको गुनासो पोखे । उनले भने–‘अहिले जनता ग्याँस नपाएर भात खान पाईरहेका छैनन, यसले भ्रष्टाचारीलाई त रामराज्य भएको छ तर जनता मारमा परेका छन् ।’

1 331 332 333 334 335 347