Author Archives: डिजिटल दैनिक

साडे चार बर्षपछि भारतमा राजदुत नियुक्ति

FacebookTwitterGoogle+PrintEmailShare

deepkumar_upadhya_Arjun_Karki_768653945

तत्कालिन प्रधानमन्त्री बाबुराम भट्राईले एमाओवादी नेता राम कार्कीलाई भारतको राजदुत नियुक्तिको सिफारीस गरेका थिए । तर भारतले कार्कीको नाममा एग्रिमो स्विकृत नगरेपछि उनको नियुक्ति हुन सकेको थिएन् 

काठमाडौं : सरकारले लामो समयदेखि रिक्त दुई ठूला देश भारत र अमेरिकाको राजदुत नियुक्तिका लागि सिफारीस गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले भारतका लागि नेपाली राजदुतमा कांग्रेस केन्द्रीय सदस्य दिपकुमार उपाध्यायलाई सिफारीस गर्ने निर्णय गरेको छ । त्यस्तै अमेरिकाका लागि नेपाली राजदुतमा डा.अर्जुन कार्कीलाई नियुक्त गर्ने सिफारीस गरेको छ ।

उपाध्याय कांग्रेस नेता हुन् भने कार्की एमाले निटक हुन् । उपाध्याय यसअघिको संविधानसभामा कपिलवस्तु–१ बाट सभासद् निर्वार्चित भएका थिए । गत मंसिरमा भएको दोस्रो संविधानसभा निर्वाचनमा भने उनी कपिलवस्तु–१ एमाले उम्मेदवार बालराजम अधिकारीसँग पराजित भएका हुन् । कांग्रेसको आर्थिक विभागका संयोजक समेत रहेका उपाध्याय कांग्रेसभित्र कुटनीतिक मामिलाका जानकार मानिन्छन् । अमेरिकाका लागि सिफारीस भएका कार्कीले गरिवी र राजनीतिक विषयमा विद्यावारिधी गरेका छन् । उनी नेपाल ग्रामिण पुर्ननिर्माण संस्थाका अध्यक्ष हुन् । कार्की गैर सरकारी संस्था महासंघका समेत पूर्व अध्यक्ष हुन् ।
छिमेकी मुलुक भारतमा विगत साडे चार बर्षदेखि राजदुत नियुक्ति हुन सकेको थिएन । २०६७ साउनमा तत्कालिन राजदुत रुक्मशम्शेर राणा फिर्ता भएपछि नयाँ राजदुत नियुक्त हुन नसकेको हो । तत्कालिन प्रधानमन्त्री बाबुराम भट्राईले एमाओवादी नेता राम कार्कीलाई भारतको राजदुत नियुक्तिको सिफारीस गरेका थिए । तर भारतले कार्कीको नाममा एग्रिमो स्विकृत नगरेपछि उनको नियुक्ति हुन सकेको थिएन् । त्यसपछि बनेको तत्कालिन सर्वोच्च अदालतका प्रधानन्यायधीश खिलराज रेग्मी नेतृत्वको सरकारले पनि राजदुत नियुक्त गर्न सकेको थिएन् ।

अमेरिकामा पनि तत्कालिन राजदुत शंकर शर्माको पदावधि सकिएपछि विगत डेढ बर्षदेखि राजदुत नियुक्त हुन सकेको थिएन । भारतका लागि सिफारीस गरिएका उपाध्यायलाई भुटान र अमेरिकाको लागि सिफारीस गरिएका कार्कीलाई कोलम्वीको समेत गैरआवसीय रुपमा राजदुतको काम गर्ने जिम्मेवारी तोएिको छ ।

शुक्रबार दुई रादुतको नियुक्तिपछि पनि अझै ६ मुलुकमा राजदुत रिक्त छन् । वेलायत, जर्मनी, इजिप्ट, ब्राजिल, श्रीलंका र कतारमा अझै राजदुत नियुक्ति हुन सकेको छैन । सरकारले बहराईन र ओमानमा भएको दुतावासलाई समेत अपग्रट गरेर राजदुत नियुक्ति गर्ने तयारी गरेको छ

। यसअघि सरकारले ‘करियर’ बाट छ जना राजदुत नियुक्ति गरेको थियो ।
मन्त्रिपरिषद निर्णयपछि व्यवस्थापिका संसदको संसदीय सुनुवाई विषेश समितिले राजदुतहरुको सुनुवाई गर्नेछ । सुनुवाईपछि सम्वन्धित मुलुकमा एग्रिमोका लागि पठाउने प्रचलन छ । सिफारीस गरिएका राजदुतहरुको एग्रिमो स्विकृत भएर आएपछि मात्रै नियुक्ति हुनेछ ।

यसैगरी मन्त्रिपरिषद बैठकले युवालाई आधुनिक कृषितर्फ आकर्षित गराउन सहुलियत कर्जा उपलव्ध गराउने पनि निर्णय गरेको छ । ‘युवालाई व्यवशायीक कृषितर्फ आकर्षित गर्न ६ प्रतिशत व्याजदरमा सहुलियत ऋण उपलव्ध गराउने निर्णय भएको छ’ सूचना तथा संचार मन्त्री मिनेन्द्र रिजालले भने ।

त्यस्तै औद्योगिक विकास निगमको अध्यक्षमा गौतममान श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको छ । त्यस्तै हेटौडा सिमेन्ट उद्योग लिमिटेडको महाप्रवन्धकमा प्रमेशंकर सिहलाई नियुक्त गरेको छ । अन्तराष्ट्रिय विकास संस्थाले सौर्य उर्जाका लागि दिएको एक सय ३० मिलियन अमेरिकी डलर वरावरको सहयोग लिनै निर्णय पनि मन्त्रिपरिषदले गरेको छ ।

बस दुर्घटनामा एकको मृत्यु

सप्तरी : सप्तरीको बक्धुवा गाउं विकास समिति वडा नम्बर–८ मा यात्रुबहाक बस दुर्घटना हुदां एक जनाको मृत्यु भएको छ । काठमाडौंबाट झापा जांदै गरेको ना ४ ख ६९७६ नम्बरको यात्रुबाहक मरकुटुवामा दुर्घटना हुंदा एक जनाको मृत्यु घटनास्थलमै भएको हो । मृत्यु हुनेमा सुनसरीस्थित दुहवी–५ का मोहम्मद आसिम मियां रहेका छन् । दुर्घटनामा अन्य २७ जना घाईते भएका छन्,जसमा चार जनाको अबस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइतेहरुको बिराटनगरमा उपचार भईरहेको छ । पूर्व पश्चिम राजमार्गस्थित खोला माथी रहेको पुलको रेलिङग भत्काएर बस तल खसेको प्रहरीले जनाएको छ । अत्याधिक गतिमा रहेको बस अनियन्त्रित भएर दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान छ ।

1 345 346 347