बिचार/ब्लग

नयाँ ट्रम्प मोडल

नयाँ ट्रम्प मोडल बर्लिन, मंसिर १: बर्लिनको पर्खाल ढलेको २७ औं बार्षिकोत्सवमा संयुक्त राज्य अमेरिकाले त्यो भन्दा पनि ठूलो पर्खाल मक्सिकोसितको सीमामा निर्माण गर्ने योजना बनाउने राष्ट्रपति नियुक्त गरेको छ । अब, राष्ट्रपतिमा निर्वाचित भएका डोनाल्ड ट्रम्पले आफ्नो विभाजनकारी एजेण्डालाई नै अघि बढाउने वा अमेरिकाको सर्वोत्तम हितलाई बढावा दिने भन्ने कुराको निर्णय गर्नुपर्ने छ । ट्रम्पको विजय र गत जुन महिनामा संयुक्त अधिराज्यको युरोपियन युनियन छोड्ने जनमतबीच धेरै समानताहरू रहेका छन् । निर्वाचनको परिणामपछि अन्तर्वार्ता लिइएका रिपब्लिकनहरू त्यतिनै स्तब्ध थिए जति बेलायतको …

कांग्रेस नेता गुरुङले भने, ‘नेता पिच्छेका गुटको कारखाना बन्द गर्नुहोस्’

कांग्रेस नेता गुरुङले भने, ‘नेता पिच्छेका गुटको कारखाना बन्द गर्नुहोस्’ पोखरा, कात्तिक २८ : कांग्रसे नेता एवं नेपाल तरुण दलका पूर्वसभापति महादेव गुरुङले युवाहरुलाई बैचारिक रुपमा परिपक्क नबनाएसम्म लोकतन्त्र वलियो हुन नसक्ने बताएका छन् । शनिबार पोखरामा भएको नेपाल तरुण दलको चौथो महाधिवेशन उद्घाटन सत्रमा बोल्दै उनले २०१० साल कात्तिक १० गते बीपी कोइरालाले पार्टीको संगठन विस्तार गर्ने उदेश्यका साथ तरुण दलको गठन गरेको तर अहिले तरुण दल आफ्नो उदेश्यबाट विचलित भएको भन्दै लोकतन्त्र बचाउन र संक्रमणकालको अन्त्य गर्न यो संस्थाले महत्वपूर्ण भुमिका खेल्नु पर्ने बताएका हुन् । ‘बीपीले त्यतिवेला राणाहरुले प्रजातन्त्रका बारेमा फैलाएका …

ट्रप्पको विजयले अमेरिकी प्रभुत्वमा सङ्कट

ट्रप्पको विजयले अमेरिकी प्रभुत्वमा सङ्कट नयाँदिल्ली, कार्तिक २७: अमेरिकी राष्ट्रपतीय निर्वाचनमा डोनाल्ड ट्रम्पको विजयले विश्वभर फैलिएको अमेरिकी दोस्रो वा नरम शक्ति (soft power)मा ठूलै सङ्कट उत्पन्न हुँदैछ । नसङ्कोच भन्न सकिन्छ, यसलाई उल्ट्याउन ट्रम्प सायदै सक्षम हुनेछन् । परम्परागतरुपमा, मुलुकहरुको विश्व राजनीतिक शक्तिलाई सैनिक शक्तिका आधारमा मूल्याँकन गरिन्थ्यो, अर्थात जोसँग शक्तिशाली सैन्यबल छ उही सर्वाधिक शक्तिसम्पन्न हो । तर त्यो तर्क यथार्थमा सदैब प्रतिबिम्बित हुन सकेन । अमेरिकाले भियतनाम युद्धमा हार व्यहोर्यो, सोभियत युनियन अफगानिस्तानमा पराजित भयो । इराकमा सुरुआती केही वर्षबाहेक फ्रेन्च …

संविधान संशोधन बहश : भाषा विवादको के हो बास्तविकता ?

संविधान संशोधन बहश : भाषा विवादको के हो बास्तविकता ? अहिले संविधान संशोधनका विषयमा विषेशगरी सत्तारुढ दलहरुबीच तिब्र गतिमा छलफल भैरहेको छ । सरकार गठनका बेला मधेसी मोर्चासँग भएको तीन बुदें सहमतिको एउटा र महत्वपूर्ण बुदानै संविधान संशोधने भएकाले पनि यस विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवा गम्भीर छन् । प्रधानमन्त्रीले आफ्ना दुई उपप्रधानमन्त्री विमलेन्द्र निधि र कृष्णबहादुर महरालाई संविधान संशोधनमा गृहकार्य गर्ने जिम्मा लगाएका छन् । तर पछिल्लो समय संविधान संशोधनको एउटा विषय ‘भाषा’लाई लिएर पत्रपत्रिका र सामाजिक सञ्जालहरुमा अनेक खालका टिका टिप्पणी हुन थालेका छन् । भाषाका …

संविधानको एक वर्षः सङ्घीयता कार्यान्वयनको गाँठो फुक्ने अपेक्षा

संविधानको एक वर्षः सङ्घीयता कार्यान्वयनको गाँठो फुक्ने अपेक्षा काठमाडौँ, असोज ३: संघीयतासहितको नयाँ संविधान आएको एक बर्ष पुरा भयो तर यो एक वर्षमा सङ्घीयता कार्यान्वयनका लागि विभिन्न प्रयास भएपनि यसका लागि अत्यावश्यक प्रदेशको सीमाङ्कन र सङ्ख्याको विषय भने विवादरहीत हुन सकेन । केन्द्रीकृत राज्य प्रणालीलाई विस्थापन गर्दै संविधानतः मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गर्ने सङ्कल्प गरेको नेपालको संविधान, २०७२ ले यस शासन प्रणालीका माध्यमबाट मुलुकको दीगो शान्ति, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्ने विषय प्रस्तावनामै समेटेको छ । संविधानको धारा ७४ मा भनिएको छ,‘बहुलवादमा आधारित बहुदलीय प्रतिस्पर्धात्मक सङ्घीय …

लघुकथा– मन्त्रीज्यूको साप्ताहिकी

लघुकथा– मन्त्रीज्यूको साप्ताहिकी आईतवार बिहानको कार्यक्रमस् शाकाहार र स्वस्थ जीवन बिषयक तीन दिने शिविरको उद्घाटन । अपरान्ह:मद्यपान विरुध्द सचेतर्ना यालीमा सरिक हुने । साँझको कार्यक्रम: पाँच तारे होटेलमा ककटेल डिनर । सोमवार बिहान ‘भौगोलिक जटिलता र सीमा सुरक्षा’ बिषयक अन्तरक्रिया कार्यक्रममा प्रवचन । अपरान्ह नेपाली भूभागमा विदेशी हस्तक्षपको विरोधमा सडक नाटकको उद्घाटन । रातको कार्यक्रम: छिमेकी राजदूताबासमा जलपानमा सरिक । मंगलवार बिहान भ्रष्टाचार विरुद्ध युवा कार्यक्रममा आतित्थ ग्रहण । मध्यान्न: निष्पक्ष न्याय संपादन र घुस-विहीन समाज नामक अन्तरक्रियामा सहभागी हुने। राती बिदेशी …

सन्दर्भ : संविधान दिवस– नयाँ संविधानका कति कार्यन्वयन भयो ?

सन्दर्भ : संविधान दिवस– नयाँ संविधानका कति कार्यन्वयन भयो ? काठमाडौँ, असोज १ : सङ्घीय गणतन्त्र नेपालको संविधान जारी भएको एक वर्ष पुग्दा न्यायपालिकामा संविधानको कार्यान्वयनले गति लिएको छ । संविधानको धारा १२७ मा नेपालमा सर्वोच्च अदालत, उच्च अदालत र जिल्ला अदालत गरी तीन अदालतको व्यवस्था गरिएको छ । संविधानानुसार सर्वोच्च अदालतमा प्रधानन्यायाधीशसहित २१ न्यायाधीश हुने व्यवस्था छ । सोअनुसार सर्वोच्च अदालतमा रिक्त रहेका ११ न्यायाधीश नियुक्त भई काम सञ्चालन भइसकेको छ । हाल सर्वोच्च अदालतमा एक न्यायाधीश रिक्त रहेको अवस्था छ । त्यस्तै एक वर्ष्भित्र सात प्रदेशमा उच्च अदालत गठन गर्ने संविधानमा व्यवस्था गरिएकाले सरकारले सात …

प्रचण्डको भारत–चीन नीतिको के हो बास्तविकता ?

प्रचण्डको भारत–चीन नीतिको के हो बास्तविकता ? काठमाडौं, भदौ ५ : भारतसँगको सम्वन्ध विगारेर ‘चर्को राष्ट्र’वादको भाषण गर्दै आएका तत्कालिन प्रधानमन्त्री केपी ओलीको छिमेकी दुई मुलुक चीन र भारतसँगको नीतिलाई सन्तुलित ढंगबाट अघि बढाउने प्रधानमन्त्री पुष्पकम दाहालको सुरुवात सन्तोषजनक देखिएको छ । आफु प्रधानमन्त्री भए लगत्तै भारत र चीनसँग एकै पटक दुई उपप्रधानमन्त्रीलाई ‘कटेसी’ भ्रमणमा पठाउने निर्णय गरेर दाहालले दुवै छिमेकी मुलुकसँग मित्रवत सम्वन्ध स्थापना गर्ने आफ्नो प्राथमिकता भएको सन्देश दिएका छन् । दाहालको विदेश नीति सन्तुलित हुनुपर्छ भन्ने यो मान्यतालाई दुवै देशसँग दुई उपप्रधानमन्त्री कृष्णबहादुर …

नेपालमा प्रत्यक्ष/अप्रत्यक्ष भारतको प्रभाव छ

नेपालमा प्रत्यक्ष/अप्रत्यक्ष भारतको प्रभाव छ एकछिन अघि सदनमा विवाद आयो र सभामुखले स्वाभाविक रुपमा शान्त गराउनुभयो। सदनमा मर्यादा पालन गराउने काम पनि भयो। इतिहासको बाटोमा यस्ता अत्याचार पनि देखिएको छ, एक मिनेटमा गरेको गल्तीमा हजारौ वर्ष सजाय पाउनु पर्नेछ। इतिहासमा गल्ती गरे हामीले शताब्दीसम्म सजाय पाउनु पर्नेछ। अहिले संविधानको कुरा आइरहेको छ। एक वकिल जो पूर्वसभामुख पनि हुनुहुन्छ जसको पालामा संविधान बन्यो उहाँले प्रधानमन्त्री चयनको जटिलताको कुरा गर्नुभयो।  उहाँलाई प्रचण्डको बोलीको राप र तापले बाटो देखाउने काम नगरी उहाँले वकिलको भूमिका निर्वाह गर्नुभयो जो पहिले आउँछ उसको पक्षमा वकालत गरेजस्तै …

इतिहास रच्दै पहिलो महिला प्रधानन्यायाधीश

इतिहास रच्दै पहिलो महिला प्रधानन्यायाधीश काठमाडौँ, असार २७: इतिहास रच्दै सर्वोच्च अदालतको पहिलो महिला प्रधानन्यायाधीश सुशीला कार्कीले सोमबारबाट औपचारिकरुपमा आफ्नो जिम्मेवारी प्रारम्भ गरेकी छिन्। प्रधानन्यायाधीशका रुपमा उनले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ ग्रहण गरेकी हुन्। सर्वोच्च अदालतको ६४ वर्षको इतिहासमा पहिलोपटक महिला प्रधानन्यायाधीश बन्न सफल सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश कार्कीलाई गत चैत २८ गतेको संवैधानिक परिषद्को बैठकले भावी प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो। व्यवस्थापिका–संसद्को संसदीय सुनुवाइ विशेष समितिले आइतबार सो सिफारिस सर्वसम्मत अनुमोदन गरेको …

1 2 3 6