अर्थ​

सुनको मुल्य आठ महिनायताकै सबैभन्दा सस्तो

सुनको मुल्य आठ महिनायताकै सबैभन्दा सस्तो काठमाडौं, मंसिर १७ : पछिल्लो समय निरन्तर घट्दै गएको सुनको मुल्य ८ महिनायताकै सबैभन्दा सस्तो भएको छ। विहीबारका लागि तोकिएको छापावाला सुनको प्रतितोला ५४ हजार रुपैयाँ मूल्य छ । यो चैतयताको सबभन्दा कम मुल्य हो । मंसिरको पहिलो दिन प्रतितोला ५५ हजार ६ सय रुपैयाँ पुगेको छापावाल सुनको मूल्य त्यसपछि निरन्तर घटेर अहिले ५४ हजार रुपैयाँमा झरेको छ। यो मूल्य विगत ८ महिनायताकै कम भएको नेपाल सुनचाँदी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले …

सेयर बजार ओरालो लाग्यो

काठमाडौँ, मंसिर १६: धितोपत्र बजारमा नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । सेयर कारोबार हुने साताको आज अन्तिम दिन बजार ७.८४ बिन्दुले ओरालो लागेको हो । एक हजार ६०९ बिन्दुमा रहेको नेप्से परिसूचक घटेर एक हजार ६०० बिन्दुमा कायम भएको छ । ठूला कम्पनीको सेयर मापन गर्ने सेन्सेटिभ इन्डेक्स समेत १.८८ बिन्दुले परिवर्तन भएको छ ।विकास बैंक, उत्पादन समूह र अन्य समूहले मात्रै बजार धान्दा अन्य समूह ओरालो लागेका हुन् । लगातार घट्दै आएको बजार पछिल्लो दुई दिनमा भने उकालोको यात्रा तय गर्दा लगानीकर्तालाई केही राहत प्रदान गरेको थियो । कुल १३८ कम्पनीको १६ लाख ५० हजार ७२७ कित्ता …

सितापाईलाबाट नौविसेसम्म साडे दुई किलोमिटरको सुरुङ मार्ग बन्ने

सितापाईलाबाट नौविसेसम्म साडे दुई किलोमिटरको सुरुङ मार्ग बन्ने काठमाडौं, मंसिर १३ : सरकारले काठमाडौंबाट नौबिसे निस्कने सडकमार्ग छोटो पार्न सुरुङ मार्ग निर्माणका लागि जापान सरकारसँग १७ अर्बको ऋण लिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो। यो निर्णयसँगै काठमाडौंको सितापाइलाबाट नागढुंगा हुँदै सिस्नेखोलासम्म सुरुङ मार्ग निर्माण अघि बढ्ने भएको छ। जापानले सुरुङ मार्ग निर्माणका लागि १७ अर्ब रुपैयाँ ऋण सहायता गर्ने छ। यो प्रस्ताव अर्थ मन्त्रालयले मन्त्रिपरिषदमा लगेको थियो। मन्त्रिपरिषद बैठकले त्यसलाई स्वीकार्ने निर्णय गरेसँगै उक्त सहायता प्रस्ताव अगाडि बढ्ने भएको हो। सरकारका प्रवक्ता …

स्टकले लगायो सर्किट ब्रेक, ५६ अङ्कले घट्यो बजार

काठमाडौँ, मंसिर १२: धितोपत्र बजारमा नेप्से परिसूचक अस्वाभाविक रुपमा घटेपछि नेपाल स्टक एक्चेन्जले सर्किट ब्रेक लगाएको छ । कारोबार सुरु हुने बित्तिकै घट्न थालेको नेप्से परिसूचक एक हजार पाँच सय ३४ बाट ५६ अङ्कले घटेर एक हजार चार सय ७८ बिन्दुमा कायम रहेको छ । साताको पहिलो दिन कारोबार सुरु हुने बित्तिकै प्रत्येक मिनेटमा एक अङ्कभन्दा बढीको दरले नप्से घटेपछि सर्किट बे्रक लगाउनु परेको स्टकले जनाएको छ । नेप्सेले १५ मिनेट कारोबार रोकेर पुनः कारोबार सुरु गरेको छ । नेप्सेका सबै समूहको सेयर कारोबार घटेको हो । होटल समूह ७.०२ प्रतिशतले ओरालो लागेको छ भने अन्य समूह पनि दुई …

ठूला जहाज किन्दै निजि वायुसेवा कम्पनीहरु

ठूला जहाज किन्दै निजि वायुसेवा कम्पनीहरु काठमाडौं, मंसिर १२ : निजी क्षेत्रका आन्तरिक वायुसेवा कम्पनी क्षमता विस्तारका लागि साना जहाज विस्थापित गरेर ठूलो क्षमतामा जान थालेका छन्। आन्तरिकमा नियमित उडान गरिरहेका यती, बुद्ध, सिम्रिक, सीता, सौर्यलगायतका वायुसेवा कम्पनीहरुले क्षमता विस्तार गर्न ठूला जहाज भित्र्याउन थालेका हुन्। आन्तरिक उडानमा नेपालको स्थापित वायुसेवा कम्पनी यती एयरले २९ र ३० सिट क्षमताका जहाज विस्थापन गरेर एटिआर ७२ नामक ठूलो जहाज ल्याउने भएको छ। उसले ४ वटा जहाज ल्याउने अनुमति मागिसकेको छ। यस्तै बजारको आवश्यकता अनुसार चलेको बुद्ध एयरले अझै थप २ वटा एटिआर जहाज खरिद गर्ने भएको छ। अन्य …

रामदेवले नेपालमा एक खर्ब रुपैयाँ लगानी गर्ने, नेपाली व्यवसायीलाई रामदेवका टिप्स

रामदेवले नेपालमा एक खर्ब रुपैयाँ लगानी गर्ने, नेपाली व्यवसायीलाई रामदेवका टिप्स काठमाडौँ, मंसिर ८: पतञ्जली आयुर्वेद लिमिटेडले आगामी १० वर्षभित्र नेपालमा एक खर्ब रुपैयाँ लगानी गर्ने भएको छ । कम्पनीले विभिन्न किसिमका आयुर्वेदिक औषधि, दैनिक उपभोग्य तथा सौन्दर्यबद्र्धक वस्तुको उत्पादनमा उक्त लगानी गर्ने भएको हो । नेपालमा १० अर्ब रुपैयाँ लगानी गरी उद्योग स्थापना सुरु गरेको पतञ्जली आयुर्वेद लिमिटेडका संस्थापक योगगुरु रामदेवले काठमाडौंमा आयोजित एक कार्यक्रममा बताए । ‘लगानी विस्तार गर्दै एक खर्ब रुपैयाँ पुर्‍याउने योजना छ,’ उनले भने । पतञ्जलीले गैरआवासीय नेपाली संघ ९एनआरएन०का संस्थापक अध्यक्ष उपेन्द्र महतोसँगको साझेदारीमा वीरगन्जको …

जलविद्युत्मा नागरिक लगानीको ढोका खुल्यो, उत्पादन कम्पनी दर्ता

काठमाडौँ, मंसिर ६: सरकारले नेपाली नागरिकलाई जलविद्युत् आयोजनामा लगानी गर्न दिने व्यवस्थासहित विधिवत् रुपमा जलविद्युत् उत्पादन कम्पनी स्थापना गरेको छ । ‘नेपालको पानी जनताको लगानी’ भन्ने नाराका साथ ऊर्जा मन्त्री जनार्दन शर्माले सार्वजनिक गर्नुभएको ३७ बुँदे कार्ययोजनाका आधारमा ऊर्जा मन्त्रालयले आइतबार कम्पनी रजिष्टारको कार्यालयमा उक्त कम्पनी दर्ता गरेको हो । कम्पनी दर्ता भएसँगै नेपाली जनतालाई आफ्नो क्षमताअनुसार तोकिएका जलविद्युत् आयोजनामा लगानीका लागि मार्ग प्रशस्त भएको छ । ऊर्जा मन्त्रालयका सहायक प्रवक्ता गोकर्णराज पन्थले पनि जनतालाई सक्रिय रुपमा …

दैनिक दुई करोडको भारु कारोबार बन्द

दैनिक दुई करोडको भारु कारोबार बन्द गौशाला, मंसिर ६: भारतमा ५०० र १००० हजारका भारु नोट बन्द भएपछि महोत्तरी जिल्लामा हुने गरेको दैनिक दुई करोड भारतीय रुपैयाँको कारोबार बन्द भएको छ । महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिकालगायत जिल्लाको मटिहानी , सम्सी गाविस र जिल्लाको मूल भन्सार कार्यालय भिट्ठामोड अगाडि दैनिक हुने गरेको भारतीय रुपैयाँको कारोबार बन्द भएको हो । उल्लेखित चार वटै ठाउँमा दैनिक बिहानदेखि बेलुकासम्म दर्जनौँ व्यक्ति अवैधरुपमा बाटोमै उभेर सीमानाकामा आउजाउ गर्ने व्यक्तिलाई भारु रुपैयाँ बेचेर हजारौँ आम्दानी गर्ने गरेका थिए भने इजाजत प्राप्त सटही काउण्टर र राष्ट्रिय वाणिज्य बैंकले …

उपचार खर्चका नाममा नेताले सिध्याए ४ अर्ब,कसले कति पैसा लिए (सूचीसहित)

उपचार खर्चका नाममा नेताले सिध्याए ४ अर्ब,कसले कति पैसा लिए (सूचीसहित) काठमाडौं, मंसिर ४: दोस्रो जनआन्दोन २०६२/६३ पछि बनेका नौवटा लोकतान्त्रिक सरकारले करिब ४ अर्ब रुपैयाँ आर्थिक सहायता तथा औषधिउपचार खर्चका नाममा आफ्ना कार्यकर्तालाई वितरण गरेको पाइएको छ । सरकारबाट आर्थिक सहायता तथा औषधि उपचारका नाममा ठूलो रकम लिनेमा राजनीतिक दलका साधारण कार्यकर्तादेखि वरिष्ठ नेतासम्म छन् । दोस्रो जनआन्दोलनपछि बनेका गिरिजाप्रसाद कोइराला, पुष्पकमल दाहाल (दुईपटक), माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई, खिलराज रेग्मी, सुशील कोइराला र केपी ओली नेतृत्वका सरकार प्रत्येकले नियम मिचेर ठूलो रकम आफ्ना नेता तथा कार्यकर्तालाई आर्थिक सहायता र …

मूल्य वृद्धि घट्दो

मूल्य वृद्धि घट्दो काठमाडौँ, मंसिर ४: मुद्रास्फीति क्रमशः घट्दै गएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी त्रैमासिक प्रतिवेदनले मूल्य वृद्धिमा क्रमशः सुधार हुँदै गएको देखाएको हो । गत असारदेखि घट्दो क्रममा रहेको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति भदौमा ७.९ प्रतिशतमा रहेकामा असोजमा ६.७ प्रतिशतमा ओर्लेको हो । गत वर्षको तुलनामा समीक्षा अवधिमा खाद्य मुद्रास्फीतिमा सुधार आएकाले समग्र उपभोक्ता मुद्रास्फीति घट्न गएको बैंकले उल्लेख गरेको छ । सो अवधिमा खाद्य मुद्रास्फीति ५.७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खाद्य …

1 2 3 81