अर्थ​

एनएसिको पहिलो उडान रद्द, शुक्रबारदेखि मात्रै दिल्ली उडान गर्ने

एनएसिको पहिलो उडान रद्द, शुक्रबारदेखि मात्रै दिल्ली उडान गर्ने काठमाडौं, फागुन १३ : नेपाल वायुसेवा निगमले भर्खरै खरिद गरेको एअर बस जहाजको पहिलो काठमाडौं–दिल्ली उडान फेरि स्थगित भएको छ । आजदेखि पहिलो उडानको रुपमा काठमाडौं–दिल्ली उडान गर्ने कार्यतालिका तयार गरिएको थियो । तर भारतसँग उडान स्विकृतिमा हस्ताक्ष हुन ढिला भएपछि उडान कार्यतालिका ‘रिस्याडुल’ गर्नुपर्ने भएको हो । निगमले पहिलो उडान अब शुक्रबारदेखि गर्ने तयारी गरेको छ । स्विकृतिका कारण उडान भर्न नसक्ने भएपछि निगमले टिकट काटिसकेका यात्रुहरुलाई अन्य विमानबाट आज दिल्ली पठाउने भएको छ । ‘टिकट लिएका यात्रुहरुलाई अन्य विमानबाट दिल्ली पठाउदै छौ’ निगमका प्रवक्ता रामहरि …

५ सय ६० तोला सुनसहित त्रिभुवन विमानस्थलबाट बंगलादेशी नागरिक पक्राउ

काठमाडौं, फाल्गुन ११: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले ५ सय ६० तोला सुनसहित सोमबार बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ । फ्लाई दुबाईबाट काठमाडौं आएका बंगलादेशी नागरिक मोहमद अली हैदरलाई लुकाएर ल्याएको १०–१० तोलाको ५ सय ६० तोला सुनसहित पक्राउ गरिएको हो । उनलाई थप अनुसन्धानका लागि महानगरीय परिसर हनुमानढोका राखिएको प्रहरीले जनाएको छ …

हुम्लामा सिता र तारा एयर ठोकियो

हुम्लामा सिता र तारा एयर ठोकियो काठमाडौं, फागुन ९ : हुम्लाको सिमिकोट विमानस्थलमा तारा र सिता एयर ठोक्किएर धन्न धन्न दुर्घटनाबाट बचेको छ । विहान नेपालगंजबाट सिमिकोट उडेको तारा एयर अवतरण गर्दा रोकिएको सिता एयरलाई ठक्कर दिएको थियो । सिमिकोट विमानस्थलमा उडान भर्दै गरेको सिता एयरको पंखामा ताराले ठक्कर दिएको हो । सिमिकोट विमानस्थलका कर्मचारीका अनुसार दुई एयर ठोक्कीएपनि कुनै मानविय क्षति भएको छन् । दुर्घटनापछि दुवै एयर अहिले सिमिकोटमा ग्राउण्डेड छन् । दुई विमानको मर्मतका लागि एरोनेटिकल इन्जिनियरहरु सिमिकोटतर्फ गएका छन् …

पोखरामा क्यान इन्फोटेक शुरु

पोखरामा क्यान इन्फोटेक शुरु पोखरा, फागुन ९ : पोखरामा शुक्रबार देखि बृहत सूचना तथा प्रबिधि मेला (क्यान इन्फोटेक) को छैंटौ संस्करण शुरु भएको छ। कम्प्युटर एशोसिएसन अफ नेपाल (क्यान) कास्कीको आयोजना भएको इन्फोटेक फागुन ११ गते सम्म सञ्चालन हुने छ। पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा निःशुल्क कम्प्युटर मर्मत सेवा, १ सय जना विद्यार्थीलाई ‘फ्री स्कलरसीपमा आफूले अध्ययन गर्न चाहेको कम्प्युटर कोर्ष, ४० जना विद्यार्थीलाई ४५ दिने निःशुल्क हार्डवेयर तालिम तथा रोजगारको अवसर समेत दिइने आयोजकले जनाएको छ। पीआइनेटले मुख्य प्रायोजन गरेको मेलामा डायमन्ड स्पोन्सरको रूपमा डिजिकम सागर इन्फोसिस र …

गभर्नर बन्न कांग्रेस निकट अर्थविद्हरु दौडधुपमा

गभर्नर बन्न कांग्रेस निकट अर्थविद्हरु दौडधुपमा काठमाडौं, फागुन ६ : राष्ट्र बैकका गभर्नर यूवराज खतिवडा चैत सात गतेदेखि अवकाश हुने भएपछि गभर्नर बन्नका लागि कांग्रेस निकट अर्थविद्हरु शक्तिकेन्द्र धाउन थालेका छन् । गभर्नर अवकाश हुनुभन्दा एक महिनाअघिनै सरकारले सिफारीस समिति गठन गरेर नियुक्ति प्रक्रिया अघि बढाउनु पर्ने हुन्छ । तर यस पटक खतिवडाको पदावधि एक महिनामात्रै बाँकी रहदा समेत अझसम्म सिफारीस समिति समेत गठन हुन सकेको छैन । सामान्यतया अर्थ मन्त्रीको संयोजकत्वमा हुने गभर्नर नियुक्ति सिफारीस समितिले तीन जनाको नाम मन्त्रिपरिषद बैठकमा पठाउने र सोही मध्य एकजनालाई सरकारले गभर्नरको म्याद सकिनुभन्दा एक …

स्वीस बैकको कालो धनबारे राष्ट्र बैक वेखवर

स्वीस बैकको कालो धनबारे राष्ट्र बैक वेखवर काठमाडौं, फागुन ३ : स्वीस बैकमा नेपालीले ‘कालो धन’ राखेको भन्ने विषयमा राष्ट्र बैकले अनभिज्ञता जनाउदै त्यस्तो धन फिर्ता ल्याउन नसकिने बताएको छ । जनेभामा रहेको एचएसविसि बैकमा आठ नेपालीको ५ करोड ४० लाख अमेरिकी डलर रुपैया जम्मा भएको एक अनुसन्धानबाट सार्वजिनक भएपछि आईतबार गभर्नर यूवराज खतिवडाले यस्तो धारणा राखेका हुन् । व्यवस्थापिका संसदको अर्थ समितिको बैठकमा बोल्दै खतिवडाले स्वीस बैंकमा नेपाली नागरिकले जम्मा गरेको भनिएको रकम कस्को हो भन्नेबारे कुनै जानकारी नभएको बताएका हुन् । उनले रोजगारीको सिलसिलामा विदेशमा रहेका नेपालीहरुले कोडको आधारमा रकम जम्मा गर्न …

अघिल्लो बर्षभन्दा विदेशी मुद्राको संचिति बढ्यो

अघिल्लो बर्षभन्दा विदेशी मुद्राको संचिति बढ्यो काठमाडौं फागुन ३ : विदेशी रुपैयाको संचितिमा  बृद्दी भएर पछिल्लो छ महिनामा मुलकको आर्थिक अवस्था सुधारउन्मुख देखिएको छ । अर्थ मन्त्रालयले हालै तयार पारेको प्रतिवेदनमा पछिल्लो छ महिनामा विदेशी मुद्दाको संचिति २.४ प्रतिशतले बृद्धि भएको छ । यो आर्थिक बर्षको पछिल्लो छ महिना विदेशी मुद्राको संचिति ६ सय ८१ अर्ब ३१ करोड पुगेको छ । अघिल्लो बर्ष सोही अवधिमा झण्डै साडे ५ सयको हाराहारीमा थियो । अर्थविद्हरुका अनुसार छ महिनामा २ प्रतिशतभन्दा बढि विदेशी मुद्राको संचितिमा बृद्धि हुनु अर्थतन्त्र सुधारका सकरात्मक संकेतहरु हुन् । अर्थ मन्त्रालयाक अनुसार पछिल्लो छ महिनाको …

भ्यालेन्टाइन्स डे को अबसरमा फुड फेस्टिबल

भ्यालेन्टाइन्स डे को अबसरमा फुड फेस्टिबल चितवन, फागुन २ : चितवनको सौराहामा प्रणय दिवस (भ्यालेन्टाइन्स डे) को अवसर पारेर शुक्रबारदेखि नवौं सौराहा फुड फेस्टिबल सुरु भएको छ । प्राकृतिक सौन्र्दयता सौराहाको विशेषता भन्ने नारासहित सुरु भएको फेस्टिबल फागुन ४ गतेसम्म चल्ने छ । फेस्टिवलमा बिभिन्न रितिरिवाज झल्कने ८० भन्दा बढी स्टलहरु राखिएको छ भने सौराहा नगरीलाई दुलहीझैं सिँगारिएको छ …

सुदूरपश्चिमाञ्चल व्यापार मेला सुरु

सुदूरपश्चिमाञ्चल व्यापार मेला सुरु कञ्चनपुर, फाल्गुन २ : सुदूरपश्चिमको औद्योगिक विकासका लागि शुक्रबारदेखि महेन्द्रनगरमा दोस्रो सुदूरपश्चिमाञ्चल व्यापार मेला सुरु भएको छ । नेपाल उद्योेग परिसंघ कञ्चनपुर-कैलाली च्याप्टरको आयोजनामा महेन्द्रनगरको खुल्लामञ्चमा सुरु भएको मेलाको उद्घाटन पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले गरे । मेलाको उद्घाटन गर्दै चन्दले मेलाले सुदूरपश्चिमको बिकासँगै लोक संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिए । मेलामा हस्तकला सामग्री, कृषि उत्पादन, वैकल्पिक उर्जा लगायतका करिब २ सय स्टल प्रदर्शनीमा राखिएको आयोजकले जनाएको छ …

लेखा अधिकृत २० हजार घुससहित पक्राउ

लेखा अधिकृत २० हजार घुससहित पक्राउ भक्तपुर, फाल्गुन १ : डिभिजन सडक कार्यालय भक्तपुरका लेखा अधिकृत तीर्थबहादुर बस्नेत अख्तियारको टोलीद्वारा २० हजार घूससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका शाखा अधिकृत लीलाधर अवस्थी नेतृत्वको बस्नेतलाई टोलीले २० हजार रुपैयाँ सहित पक्राउ गरेको अख्तियारले जनाएको छ …

1 98 99 100 101 102